बेनी अस्पतालमा औषधी विक्रि कक्ष
- २७ फाल्गुन २०७७, बिहीबार
- 1916 पटक पढिएको
म्याग्दी, २७ फागुन । लायन्स क्लव अफ बेनी पिस सिटिले बेनी अस्पतालमा औषधी विक्रि कक्ष भवन निर्माण गरेको छ । अस्पतालमा विरामीहरुलाई सहज सुविधा उपलब्ध गराउनका लागि निर्माण गरिएको भवनको उद्घाटन गण्डकी प्रदेशकी सामाजिक विकास मन्त्री नरदेवी पुनले गरेकी थिईन ।


अस्पतालमा विरामीलाई सहज सेवा पु¥याउने उद्देश्यले बेनी पिस सिटिले ३ लाख ५१ हजार लागतमा औषधी विक्रि कक्ष भवन निर्माण गरिएको बेनी पिस सिटीका अध्यक्ष खम थापा मगरले बताए । सो उद्घाटन कार्यक्रमा प्रमुख जिल्ला अधिकारी गणेश बहादुर अधिकारी, प्रहरी नायव उपरिक्षक श्यामकुमार राई, संस्थापक अध्यक्ष राजेश शाक्य, बेनी अस्पताल विकास समितिका अध्यक्ष बेलबहादुर कटुवाल, पुर्व अध्यक्ष लोकेश पुनमगर, सचिव सन्दिप खत्री उपस्थितमा भवन अस्पताललाई हस्तान्तरण गरिएको थियो । भवनको शिलन्यास संस्थापक अध्यक्ष शाक्यले गरेका थिए ।