बेनी अस्पतालमा निशुल्क पाठेघर परिक्षण शिविर

  • २७ फाल्गुन २०७७, बिहीबार
  • 1563 पटक पढिएको

म्याग्दी, २७ फागुन । बेनी अस्पतालमा निशुल्क पाठेघर परिक्षण शिविर राखिएको छ। गण्डकी प्रदेश सरकारको समन्वय र नेपाल टे«ड यूनियन महासंघ(जिफन्ट) बेनी नगर कमिटिको आयोजनामा स्त्रीरोग सम्वन्धी विहिबार निशुल्क स्वास्थ्य शिविर राखेका हुन् ।

बेनी अस्पतालको ब्यवस्थापनमा आयोजित शिविरको उद्घाटन गर्दै गण्डकी प्रदेशकी सामाजिक विकास मन्त्री नरदेवी पुनले आमाहरु बचाउ अभियान अन्तरगत पाठेघर सम्वन्धी स्वास्थ्य शिविर राखिएको बताईन । उनले गरिव विपन्न परिवारका आमाहरुलाई पाठेघरमा क्यान्सर भएपछि उपचारमा ठुलो रकम खर्च हुने बताउदै विपन्न परिवार लगायतका आमाहरुको निशुल्क पाठेघर परिक्षण सेवाले जटिल अवस्थामा सिर्जना हुनबाट बचाउने बताईन ।

 


बेनी अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवालको अध्यक्षतामा भएको शिविरमा प्रमुख जिल्ला अधिकारी गणेश बहादुर अधिकारी र जिफन्टकी अध्यक्ष बलादेवी राईले शुभकामना मन्तव्य राखेका थिए ।


कार्यक्रममा प्रहरी नायव उपरिक्षक श्यामकुमारी राई, लायन्स क्लव अप बेनी पिस सिटिका संस्थापक अध्यक्ष राजेश शाक्य लगायत उपस्थित रहेको कार्यक्रममा मेडिकल सुपरिडेन्ट जितेन्द्र कँडेलको स्वागत मन्तव्य रहेका थियो ।

बेनीबजारबासी, पर्वत बेनीबासी लगायतका ग्रामिण बेगका आमा तथा दिदिबहिनीले पाठेघरसम्वन्धी निशुल्क लिने छन् । सोही कार्यक्रममको अवसरमा मन्त्री पुनले अक्सिज उत्पादन केन्द्रको समेत उद्घाटन गरेकी थिईन।