काँग्रेस म्याग्दीका पूर्व सभापति खड्काको निधन

  • २५ फाल्गुन २०७७, मंगलवार
  • 1050 पटक पढिएको

म्याग्दी २५ फागुन । नेपाली काँग्रेस म्याग्दीका पूर्व सभापति डा. भुपेन्द्रबहादुर खड्काको निधन भएको छ । स्वास्थ्यमा समस्या आएपछि हेलिकप्टर मार्फत काठमाण्डौ पु¥याइएको भएपनि उपचारकै क्रममा उहाँको निधन भएको म्याग्दी काँग्रेसले जनाएको छ ।

अधिवक्ता समेत रहनुभएका डाक्टर खड्काले राजनीति  र सामाजसेवा संगै जिल्लाको शिक्षा, स्वास्थ्य र न्यायको क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउनुभएको छ । उहाँको पार्थिब शरिरको काठमाण्डौ स्थित पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने जनाईएको छ ।