म्याग्दी समाचार

प्रकाश कार्कीद्धारा मुक्तिधाम माविमा अध्ययनरत विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग

म्याग्दी, ६ चैत । पुर्व विद्यार्थी एवम् युएईमा ब्यवसाय गर्दै आएका रघुगंगा गाउँपालिका- २ साझपानी प्रकाश कार्कीद्धारा मुक्तिधाम माविमा अध्ययनरत २० जना विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग गर्नुभएको छ। विद्यालयमा अध्ययनरत शैक्षिक सामाग्री जुटाउन मुश्किल हुने परिवारबाट अध्ययन गर्ने २० जना विद्यार्थीलाई छनोट शैक्षिक सामाग्री वितरण गरिएको हो । कार्कीबाट प्राप्त... पुरा पढ्नुहोस

राखु भगवतीमा निशुल्क आँखा शिविर सम्पन्न

म्याग्दी, ६ चैत । सामाजिक काममा क्रियाशिल म्याग्दीका लायन्सले ग्रामिण भेगका जनतालाई लक्षित गरेर स्थानीय तहमा निशुल्क आखाँ शिविर गरेका छन् । लायन्स क्वल अफ म्याग्दी दोभान र बेनी सिटीको सयुक्त आयोजनामा म्याग्दीको रघुगंगा गाउँपालिका- २ राखु भगवतीमा शुक्रबार निशुल्क आखाँ शिविर गरेका छन् । राखुमा आयोजना गरिएको एक दिने... पुरा पढ्नुहोस

बेनी–मालढुंगा सडक खण्ड स्तरोन्नति योजना अघि बढ्यो

म्याग्दी, चैत ६ गते । चिन र भारत जोड्ने कालिगण्डकी कोरिडोर अन्तर्गत पर्वतको मालढुङ्गा देखि म्याग्दीको बेनीसम्मको सडकलाई दुई लेनमा विस्तार गरी कालोपत्रे गर्ने योजना अगाडि बढाइएको छ । कालीगण्डकी कोरिडोर अन्तर्गत यस खण्डलाई बहुवर्षीय ठेक्कामार्फत सडक निर्माण गर्न लागिएको हो । म्याग्दीको सदरमुकाम बेनी जोड्ने छोटो दूरीको यो सडक... पुरा पढ्नुहोस

नयाँ वर्षका अवसरमा बेनीमा प्रथम लोक साँस्कृतिक उत्सव हुँदै

बेनी, ६ चैत । म्याग्दी सदरमुकाम बेनीमा नयाँ वर्ष २०७८ का अवसरमा प्रथम लोक साँस्कृतिक उत्सवको आयोजना गरिने भएको छ । ‘‘हाम्रो अभियान,लोक संस्कृतिको संरक्षण,स्रष्टाको सम्मान,नवप्रतिभाको प्रोत्साहन’’ भन्ने मुल नाराका साथ राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान म्याग्दीले उत्सवको आयोजना गर्न लागेको हो । शुक्रवार पत्रकार सम्मेलन गरि प्रतिष्ठानले बैशाख... पुरा पढ्नुहोस

म्याग्दीमा राष्ट्रिय जनगणना २०७८ को तयारी सुरु

म्याग्दी, ५ चैत । आसन्न राष्ट्रिय जनगणना २०७८ लाई लक्षित गरेर म्याग्दीमा जनगणनाको तयारी सुरु गरिएको छ । शिक्षा विकास तथा समन्वय इकाई कार्यालयको भवनमा चैत १ गतदेखि स्थापना भएको जिल्ला जनगणना कार्यालयले जनगणनाको तयारी बारे पत्रकार तथा संचारकर्मीहरु विच जानकारी गराएको हो । आगामी २०७८ जेठ २६ गतेदेखि असार... पुरा पढ्नुहोस

लिड्सद्धारा विपन्न परिवारका १० वटा घर निर्माण गरिँदै, ३३ परिवारलाई कुखुराका चल्ला वितरण

म्याग्दी ५ चैत । लिड्स नेपालले म्याग्दीका विपन्न परिवारका १० घरपरिवारको आवास पुननिर्माण गर्न थालेको छ । बेनी नगरपालिका र रघुगंगा गाउँपालिकामा बाढी, पहिरो र अन्य कारणले घर भत्कीएका विपन्न परिवारका १० परिवारको घर निर्माण सुरु गरिएको हो । बेनी नगरपालिका–४ डाँडाखेत, ५ फुर्केसल्ला, रघुगंगा गाउँपालिका–२ साझापानी र वडा नम्बर... पुरा पढ्नुहोस

बाढीले बगाएको कुइनेमंगलेको रितुङ्ग माध्यमिक विद्यालय पुननिर्माण

म्याग्दी ५ चैत । म्याग्दीको रघुगंगा गाउँपालिका–८ कुईनेमंगलेमा रघुगंगा नदीमा आएको बाढीले बगाएको रितुङ्ग माध्यमिक विद्यालय पुननिर्माण गरिएको छ । कुईनेमंगलेको दुलेखर्कमा रहेको यस विद्यालयको भवन २०७५ साल भदौ २७ गते आएको बाढीले बगाएर क्षति पु¥याएपछि सोही ठाउँ नजीकको घ्यासीखर्कमा सारेर रु २ करोड ३० लाख बढी लागतमा पुननिर्माण गरिएको... पुरा पढ्नुहोस

सेवाग्राही र नागरिकका गुनासा प्राथमिकतामा : प्रजिअ गणेशबहादुर अधिकारी (भिडियाे)

म्याग्दी ३ चैत । म्याग्दीमा नवआगन्तुक प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीले सेवाग्राही र नागरिकका गुनासा प्राथमिकताका साथ सुन्ने र उचित सम्बोधनको लागि प्रयासरत रहने प्रतिबद्धता जनाउनुभएको छ । सरुवा भएर म्याग्दीको प्रमुख जिल्ला अधिकारीको रुपमा हालै मात्रै आउनुभएका प्रजिअ अधिकारीले मंगलवार पत्रकारहरुसंग छलफल गर्दै समाजको शान्ति सुरक्षालाई बलियो बनाउन र... पुरा पढ्नुहोस

नेपाल आइडलबाट चम्किएका चर्चित गायक नेसन पुन मगर म्याग्दी आउँदै

म्याग्दी ३ चैत । नेपाल आइडलको सिजन ३ को उत्कृष्ट ५ भित्र पर्न सफल भएका चर्चित गायक नेसन पुन मगरले गृहजिल्ला म्याग्दीमा आफ्नो प्रस्तुती राख्नुहुने भएको छ । म्याग्दी घर भई पोखरा बसोबास गर्दै आउनुभएका गायक पुनले नेपाल आइडलमा राखेका उत्कृष्ट प्रस्तुतीहरु मार्फत उहाँको चर्चा फैलिएको थियो । जिल्लाका ठुला... पुरा पढ्नुहोस

दुर्गमका विद्यालयकाे सकस :‘दरबन्दी अभाब, आर्थिक संकट’

म्याग्दी, २ चैत । धवलागिरि गाउँपालिका–३ फलियागाउँमा रहेको धनजनता माध्यमिक विद्यालयमा भौतिक पूर्वाधारले विद्यालय चिटिक्क बनेर विद्यार्थीहरुको आकर्षण बढिरहँदा विद्यालय भने शिक्षक दरबन्दीको अभाबले आर्थिक चपेटामा परेको छ । राष्ट्रिय पुननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वय इकाई (शिक्षा)ले यस विद्यालयमा चार कोठे एक भवन निर्माण सम्पन्न भएको छ भने अर्को चार... पुरा पढ्नुहोस