मोना यूएईबाट दुई पत्रकार सम्मानित

  • १२ चैत्र २०७७, बिहीबार
  • 1213 पटक पढिएको

म्याग्दी, १२ चैत । म्याग्दी प्रवासी संघ (मोना) युएईले म्याग्दीका दुई क्रियाशिल पत्रकार कमल खत्री र धिरन खत्रीलाई सम्मान गरेको छ। बेनीस्थित मोनाको मुख्य कार्यालयमा उपस्थित मोना युएईका अध्यक्ष सुवास राम्जाली मगरले पत्रकारद्धय खत्रीलाई जनही नगद पाँच हजार ५५५ रुपैयाँसहित सम्मानपत्रले सम्मान गरेका हुन् ।

सञ्चार माध्यममा रहेर विश्वमा रहेका नेपालीमाझँ जिल्लाको गतिविधि सम्पे्रषण गर्दै आएका पत्रकारद्धय खत्रीलाई सम्मान गरिएको मोना युएइका अध्यक्ष राम्जालीले बताउनुभयो । मोना युएईको कार्यसमितिको प्रथम बैठकबाट हरेक बर्ष जिल्लामा बसेर पत्रकारीता गर्ने दुईजना पत्रकारलाई सम्म्मान गर्ने निर्णय अनुसार पत्रकारद्धयलाई सम्मान गरिएको थियो ।


समृद्ध साप्ताहिक खवर पत्रिकाका र म्याग्दी अनलाईनका सम्पादक कमल खत्री रासस र नयाँपत्रिका सँवाददाता र म्याग्दी मिडिया सोसाईटीको अध्यक्ष्य समेत रहेका छन्, भने कोरलापोष्ट डटकमका प्रकाशक धिरन खत्री समृद्ध साप्ताहिक खवर पत्रिका, म्याग्दी अनलाईन र कारोबार दैनिक र एभिन्युज टेलिभिजनको संवाददाताको रुपमा काम गरिरहेका छन् ।


रोजगार र ब्यवसायको शिलशिलामा युएई पुगेका म्याग्देली युवाहरुले जिल्लामा हुने बाढी पहिरोबाट पीडित र विरामीहरुको उपचारमा आर्थिक सहयोग गर्दै आएका छन् ।