प्रतिबन्ध हटेपछि विप्लब नेतृत्वको नेकपाकाे पहिलो खुला कार्यक्रम बावियाचौरमा

  • ११ चैत्र २०७७, बुधबार
  • 1796 पटक पढिएको

म्याग्दी ११ चैत । नेत्रविक्रम चन्द विप्लब नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई सरकारले लगाएको प्रतिबन्ध हटेपछि पहिलो पटक म्याग्दीमा खुला कार्यक्रम मंगलवार सम्पन्न भएको छ । मंगला गाउँपालिकाको केन्द्र बावियाचौरमा नेपाल कम्युनिष्ट पार्टीको युवा संगठन युवा संगठन नेपालको जिल्ला भेला सम्पन्न गरिएको हो ।

भेलामा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य तथा धौलागिरी ब्यूरो ईन्चार्ज ध्रुव घिमिरे‘ बिप्लब’ले युवाहरुको काधमा देशको ब्यबस्था बदल्ने जिम्मेवारी रहेको भन्दै तयार रहन युवाहरुलाई आग्रह गर्नुभयो । उहाँले मुलुकमा दलाल र भष्ट्रचारीहरुले राज्यसंयन्त्र चलाउने गरेको भन्दै यस्ता विकृतिहरुलाई परास्त गर्न युवाहरु ईमानदार लगनशील, मेहनेती र अध्यनशिल बन्दै संघर्षमा अघि बढ्नुपर्ने आबश्यकता औँल्याउनुभयो ।

भेवाले नबिन बिश्वकर्माको अध्यक्षतामा १७ सदस्यीय युवा संगठन नेपाल म्याग्दीको जिल्ला कमिटि गठन गरेको छ । रमेश पुनको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य तथा धौलागिरी ब्यूरो ईन्चार्ज बिप्लब सहित म्याग्दी जिल्ला ईन्चार्ज दिपा , मुस्ताङ जिल्ला इन्चार्ज फिल्टर , ब्युरो कार्यालय सदस्य नवीन , अनेमसंघ क्रान्तिकारीकि केन्द्रिय सचीब उषा , युवा संगठन नेपालका धौलागिरी ब्यूरो ईन्चार्ज बिजय कुमार र अखिल क्रान्तिकारीका ब्यूरो संयोजक सुरेन्द्र बस्नेत एस.के लगाएतको उपस्थिति रहेको थियोे ।

नवीन बिस्वकर्माले संचालन गर्नुभएको कार्यक्रममा स्वागत मन्तव्य काजी बाले राख्नुभएको थियो ।