मोना युएईको आयोजनामा प्रथम खुल्ला ब्याडमिन्टन प्रतियोगिता हुने

  • ८ चैत्र २०७७, आईतवार
  • 1701 पटक पढिएको

म्याग्दी, ८ चैत । म्याग्दी प्रवासी नेपाली संघ (मोना) युएईले प्रथम ब्याडमिन्टन प्रतियोगिता आयोजना गरेको छ । आगामी अप्रिल १६ बाट उइनर स्पोर्टस क्लव अजमानमा हुने ब्याडमिन्टन प्रतियोगिताको प्रचारप्रसार तथा आन्तरिकतयारी तिव्र रहेको मोना युएईका महासचिव काजिमान बुढाथोकीले जानकारी दिए ।


उनका अनुसार,प्रतियोगितामा पुरुष सिंगल र पुरुष डवल गरि दुई क्याटेगोरीका खेलहरु समावेस गरिएको छ । प्रतियोगितामा प्रथम र द्वितिय हुने टिमहरुलाई प्रमाणपत्र सहित ट्रफि र नगद पुरस्कार प्रदान गरिने महासचिव बुढाथोकीले बताए ।

टिम दर्ताको लागि प्रति खेलाडी ५० युएई दिराम रहेको प्रतियोगितामा भाग लिने खेलाडीले अप्रिल ८ तारिकसम्म टिम दर्ता गराउन आयोजकले आग्रह गरेका छन् । करिब ४० टिमको सहभागिता रहने प्रतियोगिताको कार्यतालिक अप्रिल ९ मा सार्वजनिक गरिने छ ।

प्रतियोगिताको प्रथम पुरस्कारको प्रायोजन सफल ब्यबसायी एवम् मोना युएईका संरक्षक प्रकाश कार्की र दोश्रो पुरुस्कारको प्रायोजक संस्थाका वरिष्ठ उपाध्यक्ष रामचन्द्र शर्माले गरेका छन् । प्रतियोगितालाई सफल बनाउन रोजगारी तथा ब्यवसायको शिलशिलामा युएई आएका ब्यक्तिहरुबाट सहयोग आउने क्रम जारी रहेको सदस्य खत्रीले बताए ।