मंगलाघाटबाट लागुऔषध सहित एक युवा पक्राउ

  • १० चैत्र २०७७, मंगलवार
  • 2934 पटक पढिएको

म्याग्दी, १० चैत ।म्याग्दी सदरमुकाम बेनी स्थित मंगलाघाटबाट एक जना युवा लागुऔषध सहित पक्राउ परेका छन् । रघुगंगा गाउँपालिका–६ कोटगाउँ घर भई मंगलाघाटमा कोठा भाडामा लिएर बस्दै आएका २१ बर्षिय युवा साजन शेरपुञ्जालाई २९७ थान लागुऔषध सहित पक्राउ गरिएको प्रहरी नायब उपरिक्षक श्यामकुमार राईले जानकारी दिनुभयो ।

उहाँका अनुसार, शेरपुञ्जाले लागुऔषध ओसार पोसार र प्रयोग गर्ने गरेको सुराकीको आधारमा उनकै कोठाबाट उक्त परिमाणको आगुऔषध सहित एक थान ल्यापटप समेत बराबद गरिएको छ ।प्रहरीले शेरपुञ्जाको कोठाबाट ९९/९९ एम्पुल डाइजापाम, फेनरगन र नुरफिन बरामद गरेको जनाएको छ । शेरपुञ्जाको साथबाट बरामद भएको यो लागुऔषधको परिणाम जिल्लामा अहिलेसम्मकै ठुलो रहेको प्रहरीले जनाएको छ । प्रहरीले जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरि शेरपुञ्जा माथि अनुसंधान प्रकृया अघि बढाएको प्रनाउ राईले जानकारी दिनुभयो ।