मुलुक

बाग्मती प्रदेशको मुख्यमन्त्रीमा अष्टलक्ष्मी शाक्य नियुक्त

हेटौंडा २ भदौं । बागमती प्रदेशको मुख्यमन्त्रीमा अष्टलक्ष्मी शाक्य नियुक्त भएकी छन् । उनले बुधबार नै पद तथा गोपनीयताको शपथ लिएकी छन् । एमालेभित्र माधवकुमार नेपाल समूहमा रहेकी उनी नेता नेपालले नयाँ पार्टी दर्ता गरेकै दिन मुख्यमन्त्री नियुक्त भएकी हुन् । नयाँ पार्टी गठनमा नेता नेपाललाई साथ नदिएकी उनलाई एमालेको... पुरा पढ्नुहोस

महन्थ ठाकुरको नेतृत्वमा जसपा लोकतान्त्रिक गठन, राजेन्द्र महतो वरिष्ठ नेता

उपेन्द्र यादव नेतृत्वको जसपाबाट फुटेर महन्थ ठाकुरको नेतृत्वमा जसपा (लोकतान्त्रिक) पार्टी गठनका लागि निर्वाचन आयोगमा निवेदन दर्ता भएको छ ।  राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश जारी गरेपछि जसपाको ठाकुर पक्ष नयाँ पार्टी दर्ताको लागि बुधबार आयोग पुगेको हो । सो पार्टीको आयोगमा दर्ता नम्बर ४३४ रहेको छ ।... पुरा पढ्नुहोस

एमाले विभाजन , नेपालको नेतृत्वमा एमाले समाजवादी दर्ता

नेपाल कम्युनिस्ट पार्टी (एमाले) विभाजन भएकाे छ । एमाले वरिष्ठ नेता माधव कुमार नेपालले पार्टी विभाजन गर्दै आफ्नै नेतृत्वमा नयाँ दल निर्वाचन आयोगमा दर्ता गरेका छन् । फुटेर बनेको नयाँ पार्टीको नाम नेकपा एमाले (समाजवादी) राखिएको छ भने चुनाव चिन्ह खुल्ला किताब प्रस्ताव गरिएपछि अर्कै पार्टीसँग जुधेकाले हाललाई कुनै निर्णय भएको... पुरा पढ्नुहोस

स्थानीय तहका जनप्रतिनिधिले २१ दिनभित्र दल परिवर्तन गर्न सक्ने

काठमाडाैं- दल विभाजनसम्बन्धी अध्यादेशले प्रदेश तथा स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिले पनि दल परिवर्तन गर्न सक्ने व्यवस्था गरेको छ । दल विभाजन सम्बन्धि अध्यादेशको उपदफा २ अनुसार गठन भएको नयाँ दलमा उपदफा २ (क) अनुसार छुट्टै नयाँ दल गठन भएकोमा त्यस्तो दल गठन हुनुभन्दा तत्काल अघिको दलको तर्फबाट निर्वाचित प्रदेश सभा सदस्य... पुरा पढ्नुहोस

९५ केन्द्रीय कमिटी भएको एमाले समाजवादी दर्ता : नेपाल अध्यक्ष, खनाल वरिष्ठ नेता

निर्वाचन आयोगमा नेकपा एमाले समाजवादी दर्ता भएको छ । पार्टीमा माधव नेपाल अध्यक्ष, झलनाथ खनाल वरिष्ठ नेता सहित ९५ केन्द्रीय सदस्य बनाइएको छ ।  एमालेका ५८ केन्द्रीय सदस्यको हस्ताक्षर बुझाइएको छ भने दुबै सदनका ३१ सांसदले माधव नेपाललाई साथ दिएको नेता राजेन्द्र पाण्डेले जानकारी दिए । विवाद भएकोले चुनाव चिन्ह... पुरा पढ्नुहोस

ढुंगा निकाल्ने क्रममा कालीगण्डकीमा खस्यो डोजर (भिडियाे सहित)

जोमसोमस् । उत्तर-दक्षिण जोड्ने राष्ट्रिय गौरवको बेनी-जोमसोम सडकखण्डअन्तर्गत प्याकेज नं ४ को मुस्ताङ खण्डमा सडक निर्माणको काम गरिरहेको स्काभेटर बुधबार बिहान कालिगण्डकी नदीमा खसेको छ । कालिगण्डकी नदीमा खसेको डोजर बाहिर निकाल्ने प्रयास गरिएपनि नदीको बाहव उच्च रहेकाले निकाल्न सकिएको छैन। मुस्ताङको घरपझोङ—२ मार्फा सामग्री नजिकको सडकमा रिटेरिङ वालको लागि... पुरा पढ्नुहोस

राष्ट्रपतिबाट राजनीतिक दलसम्बन्धी अध्यादेश जारी (पत्रसहित)

काठमाडौं २ भदौ । राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी अध्यादेश जारी गर्नुभएको छ । मंगलवार बसेको मन्त्रिपरिषद् बैठकले सो अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो । नेपालको संविधानको धारा ११४ को उपधारा १ बमोजिम सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले अध्यादेश जारी गरेको गरेको राष्ट्रपति कार्यालयले जनाएको छ । राजनीतिक दलसम्बन्धी... पुरा पढ्नुहोस

एमालेका १४ सांसदलाई कारवाहीपछि अब के हुन्छ संसदीय प्रक्रिया ?

नेकपा एमालेले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालसहित १४ सांसदलाई कारवाही गर्दै संसद सचिवालयलाई पत्र पठाएको छ । एमालेले पठाएको यो पत्रको प्रक्रिया अब के हुन्छ ? पार्टीले गरेको कारवाही सदर हुन्छ कि हुँदैन ? यसबारेमा राजनीतिक वृत्तमा चासो बढेको छ । एमालेले साउन २५ गतेको केन्द्रीय कमिटी बैठकको निर्णय भन्दै... पुरा पढ्नुहोस

बाह्रौँ जनगणनाको सञ्चालनमा सकस

नेपालमा पहिलो पटक वि.सं. १९६८ मा राष्ट्रिय जनगणना गरिएको थियो । यसरी नै प्रत्येक दस-दस वर्षको अन्तरालमा जनगणना हुँदै आएको छ । मूलतः जनगणना भनेको जनसंख्याको लगत वा तथ्याङ्क लिने कार्य हो । कुनै ठाउँ वा देशमा भएका सबै केटाकेटी, युवायुवती तथा बूढाबूढीको कुल संख्यालाई जनसंख्याले शब्दले बुझाउँछ । देशभरको... पुरा पढ्नुहोस

२० प्रतिशतले पार्टी फुटाउन पाउने गरि आयो अध्यादेश

काठमाण्डौ १ भदौ । सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत संख्या पुर्याएर दल विभाजन गर्न सकिने गरी राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याएको हो । यसअघि राजनीतिक दलसम्बन्धी ऐनमा दल विभाजनका लागि केन्द्रीय समिति र संसदीय दलमा ४० प्रतिशत... पुरा पढ्नुहोस