मुलुक

बागलुङका अग्रज पत्रकार खड्काको निधन

बागलुङ १९ माघ । यहाँका अग्रज पत्रकार विदुर खड्काको ८० वर्षको उमेरमा निधन भएको छ । मिर्गौला रोगबाट ग्रसित उहाँको काठमाडौँमा उपचारका क्रममा आज बिहान निधन भएको पुँवार खड्का समाज बागलुङका उपाध्यक्ष लीलादेवी खड्काले जानकारी दिनुभयो । दिवङ्गत खड्काको बिहीबार गृहजिल्लामै अन्त्येष्टि गरिने भएको छ । उहाँको पहलमा विसं २०२८... पुरा पढ्नुहोस

बेगखोलामा पक्की पुल निर्माण सुरु

म्याग्दी, १८ माघ । कालीगण्डकी कोरिडोर बेनी–जोमसोम–कोरला सडक योजना अन्तरगत म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगखोलामा पक्की पुल निर्माण सुरु भएको छ । सडक विभागको पुल महाशाखाले ७० मिटर लामो डवल स्पाम भएको पुल निर्माण सुरु भएको हो । पुल निर्माणका लागि बीओकेआई÷ हिमालयन जेभीले भ्याटसहित ८ करोड ३० लाख ६८ लाख... पुरा पढ्नुहोस

स्थानीय तहको निर्वाचन मिति तोक्न सरकारलाई निर्वाचन आयोगको दबाव

निर्वाचन आयोगले तत्काल स्थानीय तहको निर्वाचन मिति तोक्न सरकारलाई आग्रह गरेको छ । मंगलबार आयोगले एक विज्ञप्तिमार्फत तत्काल चुनावको मिति तोक्न सरकारलाई आग्रह गरेको हो । निर्वाचनको मिति तोक्न जति विलम्ब हुँदै जान्छ निर्वाचन व्यवस्थापनको काम त्यति नै जटिल बन्दै जाने भन्दै आयोगले छिटो निर्वाचनको मिति तोक्न आग्रह गरेको हो... पुरा पढ्नुहोस

बासखर्क गाउँनै सुन्तला खेतीबाट आत्मनिर्भर : यस बर्ष ४ करोड आम्दानीे (फोटोफिचर)

म्याग्दी, १० माघ । सुन्तला गाउँको रुपमा परिचित पर्वतको जलजला गाउँपालिका– १ बासखर्क गाउँमा यस बर्ष सुन्तला विक्रिबाट ४ करोड रुपैया बढी आम्दानी गर्ने भएका छन् । गाउँभरीनै सुन्तला लगाएका कृषकले ब्यापारीहरु उचित मूल्य दिएर बगैचामा आएपछि सो बराबरको आम्दानी हुने भएको हो । बाँसखर्कका ब्यावसायिक सुन्तला कृषक जगतबहादुर खत्रीले... पुरा पढ्नुहोस

बागलुङमा चार वर्षीय छोरासहित एक महिला बेपत्ता

बागलुङ ६ माघ । गत पुस २६ गते बिहान छोरासहित घरबाट निस्कनुभएकी बागलुङकाे गलकोट नगरपालिका–७ मल्मकी धनकुमारी बस्नेत विक अझै परिवारको सम्पर्कमा आउनुभएको छैन । पैतीस वर्षीया उहाँको साथमा चार वर्षीय छोरा सक्षम पनि रहेको श्रीमान राजेन्द्र विकले जानकारी दिनुभयो । सम्पर्कविहीन भएयता निरन्तर खोजी गरिए पनि अहिलेसम्म स्थिति पत्ता... पुरा पढ्नुहोस

बेनी अस्पतालमा आइसीयूसहितको बालबालिका उपचार कक्ष

म्याग्दी ५ माघ ।  म्याग्दी सदरमुकामस्थित बेनी अस्पतालमा आइसीयू (सघन उपचारकक्ष)सहितको बालबालिका उपचार कक्ष स्थापना गरिएको छ । गण्डकी प्रदेश सरकारको सहयोगमा पूर्वाधार र उपकरण जुटाएर मङ्गलबारदेखि उक्त कक्ष सञ्चालनमा ल्याइएको हो । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवालले आइसीयूसहित आठ शय्या क्षमताको उक्त उपचार कक्षमा सेवा सुरु भएको जानकारी... पुरा पढ्नुहोस

मन्त्री झाँक्रीको अनुभव : तीन तहका सरकारबीच समन्वय अभाव

सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले सरकारकै अंगहरुबीचको समन्वय अभावले सरकारी काम गर्न समस्या हुने गरेको अनुभव सँगालेको बताएकी छन् । सोमबार सय दिने कार्यकालका उपलब्धि सार्वजनिक गर्न मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा नेकपा एकीकृत समाजवादीका नेत्री समेत रहेकी मन्त्री झाँक्रीले आफुले मन्त्रालय सम्हालेपछि पनि यस्ता धेरै समस्या झेल्नुपर्दा सोचेजति काम गर्न... पुरा पढ्नुहोस

आजदेखि अनलाइनबाट पुनः श्रम स्वीकृति जारी

काठमाण्डाै, २ माघ । सरकारले सेवा प्रवाहलाई सूचनाप्रविधि मैत्री बनाउँदै लगेको छ । वैदेशिक रोजगार विभागअन्तर्गतको वैदेशिक रोजगार कार्यालय काठमाडौँले आजदेखि अनलाइन प्रणालीबाट पुनः श्रम स्वीकृति जारी गर्ने भएको छ । २०७७ पुसबाट भौतिक उपस्थिति र अनलाइन दुवै माध्यमबाट पुनः श्रम स्वीकृतिको काम हुँदै आएकामा आजदेखि अनलाइनबाट मात्र पुनः श्रम... पुरा पढ्नुहोस

रोकिएनन् चोरीका घटनाः सुरक्षा प्रबन्धमाथि चुनौती

बागलुङ, ३० पुुस । दुई साताअघि गलकोटको व्यापारिक केन्द्र हटिया बजारस्थित सिवाइसी बचत तथा ऋण सहकारीको सदस्य सेवा केन्द्रमा चोरी भयो । लुटेराले मध्यरातमा झ्याल फोडेर कार्यालयभित्र छिरी नगद रु छ लाख ५४ हजार लगे । सहकारीका सहसचिव सुवास आचार्यले चोरले ‘भल्ट’ नै तोडेर पैसा लुटेको बताउनुभयो । “सबैभन्दा सुरक्षित... पुरा पढ्नुहोस

राजनीतिक दललाई बोलाएर प्रमुख निर्वाचन आयुक्तले दिए वैशाखमा चुनाव गर्न दवाव

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले वैशाखमा स्थानीय तहको निर्वाचन गर्नैपर्ने बाध्यता रहेको राजनीतिक दलहरूलाई स्मरण गराएका छन् ।  राष्ट्रियसभा र स्थानीय निर्वाचनका सन्दर्भमा प्रमुख निर्वाचन आयुक्त थपलियाले शुक्रबार निर्वाचन आयोगको कार्यालयमै बोलाएर वैशाखमा कुनै पनि हालतमा स्थानीय तहको चुनाव हुनुपर्ने भन्दै त्यसका लागि वातावरण बनाउन दवाव दिएका हुन् । शुक्रबारको... पुरा पढ्नुहोस