बलेवा विमानस्थलमा धावनमार्गको कालोपत्र
- १२ फाल्गुन २०७८, बिहीबार
- 944 पटक पढिएको
बागलुङ १२ फागुन । लामो समयदेखि कालोपत्रको पर्खाइमा रहेको बलेवा विमानस्थलको धावनमार्ग कालोपत्रले सार्थकता पाउन थालेको छ । धावन मार्ग कालोपत्रसँगै जहाज चल्नेमा यहाँका स्थानीयवासी आशावादी भएका छन् । अहिले विमानस्थल धावनमार्ग धमाधम कालोपत्र जारी छ । २०७७ फागुनमै कालोपत्र सम्पन्न गर्नुपर्ने काम पटक–पटक प्रभावित बन्दै आएको थियो । अहिलेसम्म ३० प्रतिशत काम सम्पन्न भइसकेको जनाइएको छ ।
