एमसीसी टेबल गर्न सत्ता गठबन्धनमा सहमति

  • ८ फाल्गुन २०७८, आईतवार
  • 453 पटक पढिएको

काठमाण्डाै ८ फागुन । अन्तत् लामा रस्साकस्सीका बिच सत्ता गठबन्धनमा एमसीसी टेबल गर्न सहमति भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकमा एमसीसीबारे सहमति भएको हो ।

‘गठबन्धनमा सहमति भएको छ, अव एमसीसी टेबल हुन्छ’, बैठकपछि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बताए । गठबन्धनमा सहमति भएपछि आजै संसद बैठकमा एमसीसी टेबल गर्ने प्रधानमन्त्रीले तयारी गरेका छन् ।