मुलुक

बिहुँकोट धार्मिक महोत्सव स्थगित

बागलुङ ३० पुस । काठेखोला गाउँपालिका–५ रामकोटधाममा शनिबारदेखि आयोजना गर्ने भनिएको बिहुँकोट धार्मिक महोत्सव स्थगन गरिएको छ । कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोन सङ्क्रमणलाई हेरेर सरकारले भीडभाडजन्य गतिविधिमा रोक लगाएपछि महोत्सव स्थगन गरिएको आयोजक बिहुँकोट अन्तर्राष्ट्रिय समाजका अध्यक्ष देवीलाल सुवेदीले जानकारी दिनुभयो । “अहिलेलाई महोत्सव स्थगन गर्ने निर्णय ग¥यौँ, स्थिति... पुरा पढ्नुहोस

शालिग्राम शिलामा माघे सङ्क्रान्ति मेला लगाउन रोक

पर्वत ३० पुस ।  विहादी गाउँपालिकास्थित सेतीवेणीमा रहेको विश्वकै ठूलो शालिग्राम शिलामा माघे सङ्क्रान्ति मेला लगाउन रोक लगाइएको छ । पवित्र कालीगण्डकी किनारमा रहेको शालिग्राम शिलामा वर्षेनी ठूलो मेला लाग्ने गर्दछ । बढ्दो कोभिड सङ्क्रमणका कारण मेला लगाउन रोक लगाइएको हो । पछिल्ला केही दिनयता कोरोना सङ्क्रमण बढ्दै गएको र... पुरा पढ्नुहोस

सुरु भयो खोले सागको व्यावसायिक खेती

बागलुङ, २८ पुस । गाउँघरका भान्छामा छिटपुट पाक्ने खोले साग हिजोआज बजारमा किनमेल हुनथालेको छ । खोला र पानीको मूलछेउछाउ पाइने सागलाई किसानले पछिल्लो सयम खेतमा नै उब्जाउन थालेका छन् । बागलुङ नगरपालिका–३ रातामाटाका छ किसान अहिले खोले सागका उत्पादनमा जुटेका छन् । झण्डै डेढ रोपनीमा साग लगाइएको बैकुण्ठ सापकोटाले... पुरा पढ्नुहोस

प्रेस चौतारी नेपाल म्याग्दीको अध्यक्षमा बानीयाँ

  म्याग्दी, २८ पुस । प्रेस चौतारी नेपाल जिल्ला शाखा म्याग्दीको अध्यक्ष प्रताप बानीयाँ हुनुभएको छ । बुधबार बेनीमा सम्पन्न प्रेस चौतारी म्याग्दीको पाँचौ जिल्ला अधिवेशनबाट बानीयाँ सर्वसम्मत रुपमा अध्यक्षमा चयन हुनुभएको हो । कार्य समितिको उपाध्यक्षमा समिर रोका, महिला उपाध्यक्षमा देवि जिसी, सचिवमा अमित बिश्वकर्मा, उपसचिवमा बामदेव रिजाल, मनु... पुरा पढ्नुहोस

दशौँ नगरसभाबाट थप ८० लाख बजेट विनियोजन

म्याग्दी, २८ पुस । बेनी नगरपालिकाले आयोजित दशौँ नगरसभाबाट थप ८० लाख बटेज विनियोजन गरेको छ। बुधबार जिसस सभाहलमा भएको नगरसभाबाट हरेक वडाबाट छनोट भएका नयाँ योजनालाई ८ लाख रुपैयाका दरले बजेट विनियोजन गर्दै पारित गरेको हो । नगरप्रमुख हरिकुमार श्रेष्ठको अध्यक्षतामा भएको नगरसभामा वडासमितिबाट छनोट भई सिफारिस भएका योजनालाई... पुरा पढ्नुहोस

नेपाल बैंक बेनी शाखामा कार्यरत ५ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि

म्याग्दी, २६ पुस । नेपाल बैंक बेनी शाखामा कार्यरत ५ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । बेनी अस्पतालबाट नेपाल बैंकमा कार्यरत ५ जना कर्मचारीको नमुना संकलन गरि पिसिआर परिक्षणको लागि पोखरा पठाएको रिपोटमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख एकनारायण लम्सालले जानकारी दिनुभयो । कार्यरत कर्मचारीमा... पुरा पढ्नुहोस

शिक्षा मन्त्रालयद्वारा माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय

काठमाण्डौ २६ पुस । शिक्षा मन्त्रालयले कोभिड– १९ संकट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसीसी)को सिफारिस कार्यान्वयनमा पठाउने निर्णय गरेको छ। सिसिएमसिसीको सिफारिसअनुसार माघ १५ गतेसम्मका लागि मन्त्रालयले देशभरका विद्यालय बन्द गराउने निर्णय गरेको छ। विद्यालय बन्द गराउने र मोडालिटी तयार पार्ने विषयमा मन्त्रालयमा सोमबार बैठक बसेको थियो। सिसिएमसिसीले गरेको सिफारिस कार्यान्वयनमा... पुरा पढ्नुहोस

दुर्गम बस्तीका कथा :‘लघुजलविद्युत बगाउँदा गाउँ अन्धकार,पहिरोले उठीबासको त्रास’ (तस्वीर र भिडियाे)

कमल खत्री बेनी, २६ पुस । धवलागिरि गाउँपालिका–२ लुलाङ । भौगोलिक रुपमा विकट । विकासका हिसाबले पिछडिएको छ भने प्राकृतिक प्रकोपले स्थानीयबासीलाइ आक्रान्त पारेको छ । सडकको सहज पहुँच पुग्न नसकेको यस वडाको लमसुङ र खोरियामा पहिरोको जोखिम बढेको छ । गाउँ नै पहिरोको जोखिममा छ भने गत भदौ २०... पुरा पढ्नुहोस

नेकपा एमाले बाग्लुङको अध्यक्षमा हिरा केसी

बाग्लुङ, २६ पुस । एमाले बाग्लुङको अध्यक्षमा हिराबहादुर केसी निर्वाचित भएका छन् । कार्यवाहक अध्यक्षसमेत रहेका प्रतिस्पर्धी कृष्ण पाठकलाई पराजित गर्दै केसी अध्यक्षमा निर्वाचित भएका हुन् । केसीले तीन सय २९ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी कृष्ण पाठकले दुई सय २८ मत पाएका छन । अर्का प्रतिस्पर्धी मेहरसिंह पाइजाले... पुरा पढ्नुहोस

रिठेडाँडालाई चिनाउन हातेमालो

बागलुङ, २६ पुस। एउटा समय थियो, जैमिनीको रिठेडाँडामा नागपञ्चमी, बडा दसैँ, चैत्राष्टमीलगायत पर्वका मौकामा मेला चल्थे । मानिस रिठेडाँडामा भेला हुन्थे, मेला भर्थे । त्यहाँको भवगती मन्दिरमा विशेष पूजाआजा हुन्थ्यो । समय सालमा आएर सुरक्षा जोखिमका कारण रिठेडाँडामा मेला लाग्न छाड्यो । रिठेडाँडाको रौनक पनि विस्तारै हराउँदै गयो । नयाँ... पुरा पढ्नुहोस