मुलुक

एक वर्षमा करिब ३९ हजार पर्यटकले मुस्ताङ घुमे

म्याग्दी, १८ साउन । एक वर्षमा करिब ३९ हजार पर्यटकले मुस्ताङ भ्रमण गरेका छन् । आर्थिक वर्ष २०७८/७९ मा ३८ हजार आठ सय ९६ जना विदेशी पर्यटकले मुस्ताङका पर्यटकीयस्थलको भ्रमण गरेका अन्नपूर्ण संरक्षण क्षेत्र (एकयाप)को जोमसोमस्थित इलाका संरक्षण कार्यालयले जनाएको छ । अड्चालिस जना देशका पर्यटक आएकामध्ये सबैभन्दा बढी ३३... पुरा पढ्नुहोस

मनोज–झपेन्द्र स्मृति दिवसमा ज्येष्ठनागरिकलाई खाद्यान्न सहयोग

म्याग्दी १५ साउन । नेपाल निजामति कर्मचारी सङ्गठन जिल्ला कार्यसमिति म्याग्दीको आयोजनामा आज (आइतवार) खाद्यान्न सामग्री वितरण कार्यक्रम सम्पन्न भएको छ । शहिद मनोज–झपेन्द्र स्मृति दिवस–२०७९ को अवसरमा गलेश्वर ज्येष्ठनागरिक आश्रमका ज्येष्ठनागरिकहरुलाई खाद्यान्न सहयोग गरिएको हो । ‘सम्पूर्ण निजामति कर्मचारीहरु एकजुट होऔं । सङ्घीयतामा सुशासनः सामाजिक सुरक्षा र श्रमको सम्मान,... पुरा पढ्नुहोस

अर्थमन्त्रीमा पुनःशर्मा नियुक्त

काठमान्डाै १५ साउन । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा जनार्दन शर्मालाई आज अर्थमन्त्री पदमा नियुक्त गर्नुभएको छ । उहाँले आजै शर्मालाई मन्त्रीमा नियुक्त गरी हाल प्रधानमन्त्रीले सम्हाली आउनुभएको अर्थ मन्त्रालयको कार्यभार सम्हाल्ने गरी कार्यभार तोक्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । प्रधानमन्त्री देउवाको नेतृत्वमा २०७८ साल असार २९ गते... पुरा पढ्नुहोस

मुस्ताङको कागबेनी र खिङगामा टेलिकमको फोरजी सेवा

थम्मन थापा बागलुङ साउन १२ ।  पछिल्लो समय हिमाल पारीको जिल्ला मुस्ताङ सञ्चार क्षेत्रमा सुगम बन्दै गईरहेको छ । नेपाल टेलिकमले जिल्लाका अधिकांश भु-भागमा मोवाईल सेवा पुराए सँगै जिल्लाले सञ्चारको क्षेत्रमा फडको मार्न सफल भएको हो । टेलिकमले आफनो सेवालाई त्यहाँ तिव्र रुपमा विस्तार गरिरहेको जनाएको छ । पर्यटकीय तथा धार्मिक... पुरा पढ्नुहोस

चौतर्फी दबाबपछि चर्को शुल्क असुल्ने निर्णयबाट पछि हट्यो गण्डकी सरकार

पोखरा, ११ साउन । चौतर्फी विरोधपछि गण्डकी प्रदेश सरकारले सवारी साधनको नवीकरण तथा जरिवानाबापत लिदैं आएको २ सय प्रतिशत शुल्क नलिने निर्णय गरेको छ । आज (बुधबार) बसेको मन्त्रीपरिषदको बैठकबाट उक्त कार्य नागरिकको हितविपरित रहेको भन्दै निर्णय फिर्ता गरेको हो ।पत्रकार सम्मेलनको आयोजना गर्दै भौतिक, पूर्वाधार शहरी विकास तथा यातायात... पुरा पढ्नुहोस

एसईईको नतिजा सार्वजनिक

काठमाडौं ११ साउन । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक गरेको  छ। परीक्षामा दुई हजार सात परीक्षा केन्द्रबाट ११ हजार ६१५ विद्यालयका दुई लाख ५७ हजार ९२४ छात्रा र दुई लाख ५७ हजार ५३ छात्र गरी पाँच लाख १४ हजार ९७७ परीक्षार्थी सहभागी भएका थिए।  कोरोना... पुरा पढ्नुहोस

एसइई परीक्षाको नतिजा आज सार्वजनिक गरिँदै

काठमान्डाै ११ साउन ।  राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा आज दिउँसो ३ बजे सार्वजनिक गर्ने भएको छ । एसइईको नतिजा सार्वजनिक गर्न सबै तयारी पूरा भएको परीक्षा नियन्त्रक अर्जुन रायमाझीले जानकारी दिनुभयो । “विगतमा नतिजा सार्वजनिक भएपछि विद्यार्थी जन्म मिति, अङ्कलगायत गल्ती भयो भन्दै सच्याउन... पुरा पढ्नुहोस

चौर देखि आफनै भवनसम्म कसरी पुग्यो गौमुखी सहकारी 

थम्मन थापा बागलुङ १० साउन  । कुनै समय चौरमा ३० जना सदस्य बसेर स्थापना गरेको गलकोटको एक सहकारीले उल्लेख्य प्रगति गरेको छ । गलकोट नगरपालिका वडा नं ३ हटियामा रहेको गौमुखी कृषि विकास सहकारी संस्था लिमिटेड एक दशकमा उल्लेख्य प्रगति गर्न सफल भएको हो । रु २५ सय सेयर पुँजीबाट... पुरा पढ्नुहोस

खुकुरी प्रहार गरेर श्रीमती मारे, तीन तला माथी बाट भाग्न खोज्दा खसेर श्रीमानको पनि मृत्यु

भरतपुर, ९ साउन ।  चितवनको भरतपुरमा श्रीमानले श्रीमतीलाई धारिलो हतियार (खुकुरी) प्रहार गरी हत्या गरेका छन् । भरतपुर महानगरपालिका–१० रमाइलो चोक बस्ने ४३ वर्षीय कृष्णप्रसाद आचार्यले घरायसी विवादका कारण आफ्नै श्रीमती ३५ वर्षीय रुष्मा आचार्य घिमिरेलाई आइतबार राती १०: २५ बजेको समयमा खुकुरी प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय... पुरा पढ्नुहोस

कृषिमा वित्तीय क्षेत्र अनुदार

[caption id="attachment_34593" align="alignnone" width="720"] फाइल तस्वीर[/caption] काठमाडौँ, ७ साउन  : कृषि उत्पादनका क्षेत्रमा वित्तीय संस्थाहरू अनुदार देखिएका छन् । आर्थिक वर्ष २०७९÷८० का लागि नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको मौद्रिक नीतिमा उक्त विषय उल्लेख छ । नेपाल राष्ट्र बैंकले वित्तीय संस्थाहरूलाई लगानीयोग्य रकमको १५ प्रतिशत कृषि क्षेत्रमा लगानी गर्न... पुरा पढ्नुहोस