मुलुक

बागलुङमा ७५ प्रतिशत विकास बजेट खर्च

  बागलुङ, ५ साउन । बागलुङमा गत आर्थिक वर्षमा ७५.२५ प्रतिशत विकास बजेट खर्च भएको छ । बागलुङमा आर्थिक वर्ष २०७८/७९ मा सङ्घीय तथा प्रदेश कार्यालयबाट प्राप्त रु तीन अर्ब ६४ करोड १५ लाख १९ हजार ५०० बजेटमध्ये ७५.२५ प्रतिशत खर्च भएको छ भने रु ९० करोड १३ लाख ५४... पुरा पढ्नुहोस

बागलुङ कालिका मन्दिरको अम्दानी साढे दुई करोड

बलेवा, ४ साउन । बागलुङ कालिका भगवती गुठीले एक वर्षमा रु दुई करोड ५७ लाख आम्दानी गरेको छ । गत माघ महिनादेखि हालसम्म उक्त आम्दानी भएको हो ।माघसम्म तत्कालीन अध्यक्ष राजु खड्का नेतृत्वको र फागुनपछि कुमार खड्का अध्यक्ष रहेको समितिले काम गरेको थियो । अघिल्लो समितिको रकम अपनत्व लिएको गुठीले... पुरा पढ्नुहोस

कालीगण्डकी करिडोरको काम धमाधम

पर्वत, ४ साउन । उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरअन्तर्गत पर्वत खण्डको काम धमाधम भइरहेको छ । पर्वत र स्याङजा खण्डमा अहिले स्तरोेन्नतिको काम भइरहेको छ ।उत्तर–दक्षिण जोड्ने कालीगण्डकी करिडोरअन्तर्गत पर्वतको अर्मादीबाट स्याङ्जाको मिर्मीसम्मकोे ५४ किमी सडकखण्डको स्तरोन्नतिका साथै कालोपत्र गर्ने काम ६ निर्माण कम्पनीले गरिरहेका छन् । उक्त... पुरा पढ्नुहोस

आलेख सेवा : अनिकालको साथी ‘धर्म भकारी’

गलेश्वर, ३ साउन (रासस) : ‘परोपकाय पुण्याय पापाय परपीडनम्’ अर्थात् अरुको उपकार गर्नुभन्दा ठूलो अर्को कुनै धर्म हुँदैन र अरुलाई पीडा (दुःख) दिनुभन्दा तल्लोस्तरको अर्को कुनै पाप हुँदैन । त्यसमा पनि सामाजिक परोपकारलाई हिन्दू धर्मशास्त्र बेदलगायत विभिन्न धार्मिक ग्रन्थमा समेत उत्कृष्ट धार्मिक कार्य मानेको छ । समाजको हितका लागि आफ्नो... पुरा पढ्नुहोस

म्याग्दीमा ७१ प्रतिशत विकास बजेट खर्च

म्याग्दी, २ साउन । जिल्लामा गत आर्थिक वर्ष २०७८/७९ मा कूल ७१ दशमलव २३ प्रतिशत विकास बजेट खर्च भएको छ । संघीय सरकारको ६० दशमलव ७५ र प्रदेशको ७५ दशमलव ४५ प्रतिशत पुँजीगत बजेट खर्च भएको कोष तथा लेखा नियन्त्रकको कार्यालयले जनाएको छ । पुँजीगत शीर्षकमा दुईवटै सरकारका निकायको रु... पुरा पढ्नुहोस

साउने सोमबार : गलेश्वर शिवालय मन्दिरमा भक्तजनको भिड

बेनी, २ साउन । साउन महिनाको पहिलो सोमबार विहानदेखि गलेश्वरधाम शिवालय मन्दिरमा दर्शन गर्ने भक्तजनको भिड लागेको छ । बेनी नगरपालिका– ९ मा अवस्थित प्रसिद्ध गलेश्वर शिवालय मन्दिरमा म्याग्दी, बागलुङ, पर्वत लगायत क्षेत्रका भक्तजनहरुको भिड लागेको हो । साउने सोमबार बिहानै स्नान गरी शिवालयमा दर्शन गरेमा मनोकांक्षा पुरा हुने विश्वास... पुरा पढ्नुहोस

बागलुङ नगरले जारी ग¥यो श्वेतपत्र

बागलुङ ३१ असार । बागलुङ नगरपालिकाले नगरको समग्र स्थिति झल्काउने गरी श्वेतपत्र जारी गरेको छ । नगरपालिकाद्वारा आज आयोजित श्वेतपत्र सार्वजनिकीकरण समारोहमा नगरप्रमुख वसन्तकुमार श्रेष्ठले नगरपालिकाको आर्थिक, सामाजिक, भौतिक, प्रशासनिकलगायत क्षेत्रको यथार्थ अवस्थाको जानकारीका लागि श्वेतपत्र सार्वजनिक गरिएको बताउनुभयो । समृद्ध नगरको लक्ष्य हासिलका लागि वार्षिक, मध्यकालीन र दीर्घकालीन योजना... पुरा पढ्नुहोस

उपसभामुखमा पुष्पा भुसाल निर्वाचित

काठमाडौं, ३१ असार। प्रतिनिधि सभाको उपसभामुखमा पुष्पा भुसाल निर्वाचित भएकी छन् । शुक्रबार संसदमा भएको मतदानमा पाँचदलीय गठबन्धनकी साझा उम्मेदवार नेपाली कांग्रेसकी सांसद भुसालको पक्षमा १४८ मत परेको थियो । उनको प्रतिस्पर्धी उम्मेद्वार नेकपा एमालेकी विद्या भट्टराईले ९३ मत प्राप्त गरेकी थिईन । उपसभामुखमा भुसाल र नेकपा एमालेकी विद्या भट्टराई... पुरा पढ्नुहोस

बुधबारदेखि अनलाइनबाट मतदाता नामावली दर्ता गर्न सकिने

  निर्वाचन आयोगले बुधबारदेखि अनलाइनबाट मतदाता नामावली दर्ता गर्न सकिने व्यवस्था मिलाएको छ । आयोगले मंगलबार जारी गरेको विज्ञप्तिमा फोटो सहितको मतदाता नामावली संकलनको कार्यलाई सरलीकरण गर्न अनलाइनबाट नै फाराम भर्न सकिने व्यवस्था गरिएको जनाएको छ । आयोगले ‘वेबबेस्ट भोटर लिस्ट प्रि–रजिस्ट्रेसन सिस्टम’ तयार गरेर काठमाडौं उपत्यकाका ३ जिल्ला (काठमाडौं,... पुरा पढ्नुहोस

बागलुङमा डेङ्गु भेटियो

बागलुङ २८ असार । बागलुङमा डेङ्गुका बिरामी फेला पर्न थालेका छन् । गर्मी बढेसँगै जिल्लामा डेङ्गुको जोखिम देखिन थालेको हो । लामखुट्टेको टोकाइबाट सर्ने यो रोगको सङ्क्रमण जिल्लाका दुई जनामा भेटिएको हो । धवलागिरि अस्पतालमा उपचार गर्न आएकी एक महिला र एक पुरुषमा लक्षण देखिएपछि परीक्षण गर्दा डेङ्गु पुष्टि भएको... पुरा पढ्नुहोस