मुलुक

ऊर्जामन्त्री भन्छन्–कुलमानको नियुक्तिबारे मन्त्रिपरिषद्‍मा प्रस्ताव लगिएको छैन

काठमाडौं । ऊर्जामन्त्री वर्षमान पुनले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई निरन्तरता दिनेबारे मन्त्रालयबाट हालसम्म कुनै प्रस्ताव लगिनसकेको बताएका छन् । विभिन्न सञ्चारमाध्यमसहित सामाजिक सञ्जालमा कुलमान फेरि विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त भएको हल्ला फैलिरहेकै बेला मन्त्री पुनले यसबारे मन्त्रिपरिषद्मा  मन्त्रालयबाट कुनै प्रस्ताव नगएको बताए । कुलमानलाई पुनः प्राधिकरणमा... पुरा पढ्नुहोस

थप ८५५ जनामा कोरोना संक्रमण पुष्टि

म्याग्दी, ९ भदौ । देशभर ८५५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। मंगलबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले थप ८५५ जना नयाँ बिरामी थपिएसँगै कुल संक्रमितको संख्या ३३ हजार ५३३ पुगेको जानकारी दिए । उनका अनुसार बितेको २४ घण्टामा ३१३ जना डिस्चार्ज भएका छन् भने हालसम्म... पुरा पढ्नुहोस

बेनी–जोमसोम सडक खुल्यो 

म्याग्दी, ८ भदौ । ४५ दिनदेखि अवरुद्ध बेनी–जोमसोम सडक मर्मतपछि खुलेको छ । कालीगण्डकी नदीको कटान र पहिरोले अवरुद्ध ७६ किलोमिटर दुरीको सडक मर्मतपछि खुलेको हो । काभ्रेभिरमा मर्मतको काम सकिएपछि सोमबार दिउँसोबाट सिधा सवारी सञ्चालन भएको बेनी–जोमसोम कोरला सडकका शुपरभाईजर इन्द्रसिङ शेरचनले जानकारी दिए । नयाँ मार्ग खोलेर सडक... पुरा पढ्नुहोस

ओली र प्रचण्डले बुझे प्रतिवेदन

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विवाद समाधान गर्न गठित ६ सदस्यीय कार्यदलले एक साता लगाएर तयार गरेको प्रतिवेदन शनिबार अध्यक्षद्वयलाई बुझाइएको छ । प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओेलीका प्रेस सल्लाहकार सूर्य थापाले कार्यदलले प्रतिवेदन बुझाएको बताए । शनिबार झण्डै आठ घण्टा बैठक बसेर अन्तिम रुप दिइएको प्रतिवेदन कार्यदलले... पुरा पढ्नुहोस

कोरोनाबाट मृत्यु हुनेको संख्या १३७ पुग्यो

काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोनाभाइरस संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ । मृतकमा मोरङ, पर्सा, बारा, सप्तरी, सर्लाही, काठमाडौं, ललितपुर, चितवन, मकवानपुर, दोलखा र प्युठानका १–१ जना गरी ११ जना रहेका छन् । जसमा १ महिला र १० पुरुष रहेका छन् । योसँगै शुक्रबारसम्म कोरोनाभाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या... पुरा पढ्नुहोस

स्वास्थ्यसम्बन्धी नियमको पालना गर्दै हरितालिका तीज मनाउन आग्रह

म्याग्दी, ५ भदौँ । भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका तीज पर्व आज देवादिदेव महादेवको पूजा आराधना गरी मनाइँदैछ । भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ । धार्मिक विश्वास अनुसार सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या... पुरा पढ्नुहोस

उपत्यकामा थप २०० जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । बितेको २४ घण्टामा काठमाडौं उपत्यकामा थप २०० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । जसमा काठमाडौंमा १७४ जना रहका छन् भने ललितपुरमा १८ र भक्तपुरमा ८ जना रहेका छन् । बिहीबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बितेको २४ घण्टामा देशभर भने  ७०७ जनामा संक्रमण पुष्टि... पुरा पढ्नुहोस

सिन्धुपाल्चोक पहिरो : बेपत्ता ३८ जनाको पहिचान खुल्यो

काठमाडौँ । सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदिमा पहिरोले पुरिएर हराइरहेका ३८ जनाको पहिचान खुलेको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डीएसपी माधव काफ्लेका अनुसार पहिरोमा परी अहिलेसम्म ५ जनाको शव भेटिएको छ । तर, उनीहरुको सनाखत भएको छैन । बेपत्ता हुनेहरुमा छविलाल दोङ, सोमरानी दोङ, धनलक्ष्मी, शिरमाया दोङ, विवरानी दोङ, साहिँली दोङ,... पुरा पढ्नुहोस

सिन्धुपाल्चोक पहिरो : ३८ जना बेपत्ता, ३७ घर पुरियो

काठमाडौँ । सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदिमा पहिरोमा पुरिएर बेपत्ता हुनेको संख्या ३८ पुगेको छ । ३७ घर पहिरोले पुरिएको र ३८ जना बेपत्ता भएको जुगल गाउँपालिकाकी उपाध्यक्ष सीर्जना तामाङले जानकारी दिइन् । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा नेपाली सेनाको हेलिकप्टमा लिदी पुगेका छन् । झिर्कु बेसक्याम्पबाट नेपाली सेनाको टोली उद्दारका लागि घटनास्थल... पुरा पढ्नुहोस

सिन्धुपाल्चोक पहिरो : जुगलमा १३ जना बेपत्ता

सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदीमा पहिरोमा परेर १३ जना सम्पर्कविहिन भएका छन् । पहिरोले पुरिएका १३ घरमध्ये पाँच परिवारका १३ जना सम्पर्कविहीन भएको जुगल गाउँपालिकाका योजना अधिकृत रामबावु नेपालले  जानकारी दिए ।   पहिरोले घरमा पुरिएका आफै निस्कन सक्ने स्थानिय निस्केर लप्सेचौरमा सुरक्षित ठाउँमा गएर बसेका छन् । पहिरोको कारण ३०... पुरा पढ्नुहोस