बागलुङकाे काठेखोलामा पहिरोले गोठ पुरिँदा एक जना बेपत्ता

  • ७ आश्विन २०७७, बुधबार
  • 1153 पटक पढिएको

नारायण रिजाल

बागलुङ, ७ असोज  । अविरल वर्षाका कारण आएको पहिरोले जिल्लाको काठेखोला गाउँपालिकामा एक जना बेपत्ता भएका छन । काठेखोला गाउँपालिका—२ भिमापोखरा, बास्कोटका टेकबहादुर खातीको दुई तले गोठ भत्किदा धनी खाती नै बेपत्ता भएको प्रहरी चौकी दोविल्लाका प्रहरी सहायक निरिक्षक विनय रेग्मीले जानकारी दिए ।

भुमियाखेतमा रहेको गोठ माथिबाट आएको पहिरोले ढुङ्गा माटोले बनेको टीनले छाएको उक्त गोठ भत्किए पछि अन्दाजी ६० बर्षिय खाती बेपत्ता छन भने दुई वटा भैसी मृत अवस्थामा रहेको प्रहरीले जनाएको छ ।

खातीको मोबाईल घटनास्थलमै भेटिए पनि उनि सम्पर्कमा आएका छंंैनन । बेपत्ताको खोजी कार्यका लागि प्रहरी निरिक्षक रेग्मीको टोली र स्थानिय सक्रिय उद्धार थालेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रवक्ता राजेन्द्र रेग्मीले बताए ।