मुलुक

लिड्स नेपालको कार्यक्षेत्र विस्तार

म्याग्दी र बागलुङमा कार्यक्षेत्र बनाउँदै आएको लिड्स नेपालले कार्यक्षेत्र विस्तार गरेको छ । मानसिक रोगका विरामीको संरक्षकहरुको आयआर्जन सुधारमा आयआर्जनमुलक कार्यक्रमहरु सञ्चालन गर्दै आएको लिड्सले म्याग्दी र बागलुङसंगै नवलपुरको बौदिकाली गाउँपालिकामा कार्यक्रम सञ्चालन गर्न लागेको हो । लिड्सले बौदिकाली गाउँपालिकामा मानसिक रोगका विरामी, उनका संरक्षक तथा महिला प्रजनन स्वास्थ्य क्षेत्रमा... पुरा पढ्नुहोस

सहकारीको बचत अपचलन गर्ने र ऋण लगेर नतिर्ने दुबैलाई कारवाही हुनुपर्छ :नेफस्कून ढकाल

 नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफस्कून)का अध्यक्ष चन्द्रप्रसाद ढकालले ब्यवस्थापक र सञ्चालकले नियम विपरित काम गरेका सहकारीमा मात्रै अहिले समस्या आएको बताएका छन् । केही सहकारीहरु कोभिडको समयलाई मौकाको रुपमा लिएर प्रक्रिया पूरा नगरी ठुलो तरलतालाई झिकेर अपचलन गरेको र प्रक्रिया पूरा नगरी कर्जा प्रवाह गरेका सहकारीहरूको कारण... पुरा पढ्नुहोस

जोमसोम-पोखरा हवाई सेवा तीन महिनापछि सञ्चालनमा

म्याग्दी- जोमसोम–पोखरा हवाई सेवा करिब तीन महिनापछि सञ्चालनमा आएको छ । पोखरादेखि पर्यटकीय जिल्ला मुस्ताङको जोमसोम विमानस्थलमा हुने हवाई यातायात सेवा प्रतिकूल मौसमका कारण गत मङ्सिर दोस्रो सातादेखि बन्द भएको थियो । गत मङ्सिर २० गतेदेखि उडान बन्द गरेको सुमित एयरलायन्सले शुक्रबारदेखि उडान भर्न थालेको जोमसोम विमानस्थलका प्रमुख हिरोण शाहले बताउनुभयो... पुरा पढ्नुहोस

१०औँ माघेसंक्रान्ति मेलाको आय व्याय सार्वजनिकः व्यवसायिक हितकोषमा १ लाख प्रदान

  म्याग्दी । महिला उद्यम विकास समिति म्याग्दीको आयोजनामा बेनीको खुल्ला मञ्चमा गत पुष २९ देखि माघ २ गतेसम्म सञ्चालन भएको १० औ माघे संक्रान्ति मेलाको आम्दानी खर्च पत्रकार सम्मेलन गरेर बुधबार सार्वजनिक गरिएको छ । म्याग्दी उद्योग बाणिज्य संघ अन्तरर्गत महिला उद्यम विकास समितिले आयोजना गरेको पत्रकार भेटघाटमा रु.... पुरा पढ्नुहोस

प्रेस रजिष्ट्रारको व्यवस्था गर्न पत्रकार संगठनहरुको माग

पोखरा, १४ फागुन ः प्रेसमैत्री आमसञ्चार विधेयक ल्याउनुपर्नेलगायत माग राखी गण्डकी प्रदेशमा क्रियाशील पत्रकार सम्बद्ध सङ्घसङ्गठनले आज गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेसमक्ष चारबुँदै ध्यानाकर्षणपत्र बुझाएका छन् । आइतबार कास्कीको धम्पुसमा बसेको प्रेस चौतारी नेपाल, नेपाल प्रेस युनियन, प्रेस सेन्टर नेपाल र समाजवादी प्रेस सङ्गठनको प्रदेश समितिका पदाधिकारीको बैठकमा भएका... पुरा पढ्नुहोस

पोखरामा थासाङ थकाली सेवा समाजको महाधिवेशन सम्पन्न

पोखरा— थासाङ थकाली सेवा समाजको केन्द्रिय अध्यक्षमा चन्द्रबहादुर थकाली निर्वाचित भएका छन् । गण्डकी प्रदेशको राजधानी पोखरा स्थित होटल लेगेसीमा आईतबार आयोजित समाजको दशौंं केन्द्रिय साधारण सभा तथा पाँचौं महाधिवेशनले थकालीलाई सर्वसम्वत अध्यक्ष पदमा निर्वाचित गरेको हो । थासाङ थकाली सेवा समाज अन्र्तगत घरपझोङ गाउँपालिका जोमसोम मुस्ताङ क्षेत्रद्धारा पोखरामा पाँचौं... पुरा पढ्नुहोस

घुम्तीगोठ भेडापालनमा चारपुस्ता

  म्याग्दी, १९ पुस। म्याग्दीमा पुर्खाले सुरु गरेका भेडाबाख्राका गोठहरु नयाँ पुस्ताले छोड्ने क्रम बढेको छ। बैदेशिक रोजगारी लगायत अन्य पेशाले गर्दा पुर्खाले जिविकोपार्जनका लागि सुरु गरेको परम्परागत शैलीको घुम्ती गोठलाई नयाँ पुस्ताले निरन्तरता दिनेक्रम कम हुदै गएको छ। पुर्खाले सुरु गरेको भेडाबाख्राको घुम्ती गोठलाई रघुगंगा गाउँपालिका– २ भगवतीका नन्दबहादुर... पुरा पढ्नुहोस

जलजलाका माओवादी कार्यकर्तालाई प्रशिक्षण

बेनी, १७ पुष । पर्वतको जलजला गाउँपालिकाका नेकपा (माओवादी केन्द्र)का कार्यकर्ताहरुलाई मंगलबार प्रशिक्षण दिइएको छ । जलजला गाउँपालिका–९ बनौमा अगुवा नेता कार्यकर्ताहरुलाई राजनैतिक, बैचारिक प्रशिक्षण सहित गत भदौ १६ गतेदेखि शुरु भएको जनतासँग माओवादी रुपान्तरण अभियानको समापन गरिएको हो । माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा पर्वत जिल्ला ईञ्चार्ज बलावती शर्मा,... पुरा पढ्नुहोस

युवालाई गाउँमै रोजगारी दिन ‘श्रम बैङ्क’

गण्डकी । विदेश पलायनलाई घटाई युवालाई गाउँमै रोजगारी दिन बागलुङको ताराखोला गाउँपालिकाले ‘सहिद विश्व श्रम रोजगार बैङ्क’ सञ्चालनमा ल्याएको छ । अर्गलस्थित गाउँपालिकाको सभाकक्षमा मङ्गलबार आयोजित समारोहमा उक्त श्रम रोजगार बैङ्कको कार्य शुभारम्भ गरिएको हो । सांसद देवेन्द्र पौडेलको उपस्थितिमा गाउँपालिकाका अध्यक्ष धनबहादुर विक ‘हिमाल’ले श्रम रोजगार बैङ्कमा आबद्ध ६७... पुरा पढ्नुहोस

सिंगामा सौन्दर्यकला सम्बन्धी आधारभूत तालिम शुरु

सिंगा, १६ पुष । म्याग्दीको बेनी नगरपालिका–४ सिंगामा सौन्दर्यकला सम्बन्धी आधारभूत तालिम शुरु भएको छ । शिवालय सामुदायिक सिकाई केन्द्रको आयोजनामा ४५ दिनसम्म सञ्चालन हुने तालिममा ६० जनाको सहभागिता रहेको छ । तालिम र केन्द्रको ११ औ वार्षिक साधारणसभाको सोमबार बेनी नगरपालिकाका उपप्रमुख ज्योती लामिछानेले उद्घाटन गर्नुभयो । तालिमको सौन्दर्यकला... पुरा पढ्नुहोस