मुलुक

अझै पनि रहस्यमय, ‘दरबार हत्या काण्ड’ २० बर्ष पुरा

नेपालमा दरबार हत्या काण्डको बुधबार २० बर्ष पुरा भएको छ । वि.सं २०५८ साल जेठ १९ गते शुक्रबार राती राजा विरेन्द्रको पुरै बंश नै सखाप हुनेगरी भएको त्यो हत्याकाण्ड अझै रहस्यमय छ । २० बर्ष अगाडी आजकै दिन राजा विरेन्द्रको वंश नास हुनेगरी भएको दरबार हत्याकाण्ड नेपालको ईतिहासकै एक कालो... पुरा पढ्नुहोस

विवेकशील साझा पार्टीका पूर्व संयोजक उज्वल थापाको निधन

कोरोना संक्रमणबाट गम्भीर बिरामी परेका विवेकशील साझा पार्टीका पूर्व संयोजक उज्वल थापाको निधन भएको छ । मेडिसिटी अस्पतालको भेन्टिलेटरमा उपचार गराइरहेका उनको मंगलबार अपरान्ह ४ बजेर २५ मिनेट जाँदा निधन भएको थापाको परिवार, साथी र शुभेच्छुकहरूको तर्फबाट जारी विज्ञप्तिमा जनाइएको छ । साथै नेपाल मेडिसिटी अस्पतालले पनि थापालाई ५ बजेर २९ मिनेटमा मृत घोषित... पुरा पढ्नुहोस

ठाकुरसहित चार नेता जसपाबाट निष्कासित

जनता समाजवादी पार्टी (जसपा) नेपालको उपेन्द्र यादव पक्षले अर्का अध्यक्ष महन्थ ठाकुरसहित चार नेतालाई पार्टीबाट निष्कासन गरेको छ । पार्टीको कार्यकारिणी समितिको बैठकको निर्णयअनुसार ठाकुरसहित वरिष्ठ नेता राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई निष्कासन गरेको हो । यादव पक्षले यसबारे निर्वाचन आयोगलाई पनि जानकारी गराइसकेको छ । पार्टीभित्र विवाद उत्कर्षमा... पुरा पढ्नुहोस

एसईई परीक्षा नहुने, आन्तरिक मूल्यांकनबाटै नतिजा सार्वजनिक गर्ने निर्णय

काठमाडौं १८ जेठ । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) नहुने भएको छ । मन्त्रिपरिषद्को सोमबार साँझ बसेको बैठकले आन्तरिक मूल्यांकनबाटै नतिजा सार्वजनिक गर्ने निर्णय गरेको कानुनीमन्त्री लीलानाथ श्रेष्ठले जानकारी दिए । विद्यालयहरुले गरेको आन्तरिक मूल्यांकनका विवरण सम्बन्धित जिल्ला शिक्षा विकास तथा समन्वय समितिमा पठाउने र शिक्षा विकास तथा समन्वय... पुरा पढ्नुहोस

यो लोकतन्त्रको जित हो

लुम्बिनी प्रदेशमा सोमबार भएको उपनिर्वाचनबाट विजयी भएका काँग्रेसका दृगनारायण पाण्डेले यो जित लोकतन्त्र  र प्रजातन्त्रको जित भएको बताएका छन् । एमाले उम्मेदवार चन्द्रबहादुर खड्कालाई पराजित गरेसँगै सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले आफूले राष्ट्रियसभामा गएर संघीयता, गणतन्त्र लगायतका मुद्दाहरूलाई सशक्त ढंगले उठाउने बताए । ‘यो प्रजातन्त्रको जित हो । लोकतन्त्रको जित हो... पुरा पढ्नुहोस

लुम्बिनीमा पनि एमालेलाई झड्का, उपनिर्वाचनमा काँग्रेसका पाण्डे विजयी

दाङ १७ जेठ । लुम्बिनी प्रदेशको रिक्त एक सिटका लागि भएको उपनिर्वाचनमा काँग्रेसका उम्मेदवार दृगनारायण पाण्डे विजयी भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार चन्द्रबहादुर खड्कालाई पराजित गरेका हुन् । जम्मा २९७ मत खसेकोमा पाण्डेले प्रदेश सभातर्फ ४२ र स्थानीय तहतर्फ ११८ मत प्राप्त गरेका छन् भने खड्काले... पुरा पढ्नुहोस

लुम्बिनी प्रदेशमा राष्ट्रिय सभा उपनिर्वाचन आज

लुम्बिनी प्रदेशमा रिक्त रहेको राष्ट्रियसभा सदस्य पदका लागि सोमबार  उपनिर्वाचन हुँदैछ । घोराही उपमहानगरपालिका–१५ स्थित कर्मचारी मिलन केन्द्रमा हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा भइसकेको प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ । र्मचारी मिलन केन्द्रको प्राङ्गणमा निर्वाचनका लागि तीनवटा मतदान केन्द्र तोकिएको प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी गेहेन्द्र कुवँरले बताए ।... पुरा पढ्नुहोस

आर्थिक वर्ष २०७८/०७९ को बजेट यस्तो छ (पूर्णपाठ)

म्याग्दी १५ जेठ । सरकारले आर्थिक वर्ष २०७८र७९ का लागि १६ खर्ब ४७ अर्ब ५७ करोडको बजेट घोषणा गरेको छ। चुनाव घोषणा गरेको सरकारले लोकप्रिय एवं वितरणमुखी बजेट ल्याएको छ । चालु आर्थिक वर्षको भन्दा १ खर्ब ७२ अर्ब ९३ करोड रुपैयाँ बढाएर ल्याइएको बजेटको स्रोत ५ खर्ब ५९ अर्ब... पुरा पढ्नुहोस

कोरोना रोकथाम, नियन्त्रण र उपचारको लागि ३७ अर्ब ५३ करोड रुपैयाँ

जेठ १५ । सरकारले कोभिड–१९ रोकथाम, नियन्त्रण र उपचारका लागि आगामी आर्थिक वर्षमा ३७ अर्ब ५३ करोड रुपैयाँ विनियोजन गरेको छ । यसमध्ये खोप व्यवस्थापनका लागि मात्र २६ अर्ब ७५ करोड रुपैयाँ छुट्याइएको छ । कोभिड महामारीको रोकथाम, नियन्त्रण र उपचारको भरपर्दो व्यवस्था गरी सबै नेपालीको जीवन रक्षा गर्न सरकार... पुरा पढ्नुहोस

आज विभिन्न कार्यक्रम गरी गणतन्त्र दिवस मनाइँदै

म्याग्दी १५ जेठ । लाखौँ मानिस सडकमा उत्रिएर ल्याएको गणतन्त्रको दिवस विभिन्न कार्यक्रम आयोजना गरी आज देशभर मनाइँदैछ । नयाँ भेरियन्टसहितको कोरोना महामारीको दोस्रो लहरबाट बच्न जारी निषेधाज्ञाका कारण औपचारिक रुपमा गणतन्त्र दिवस मनाउन नसके पनि भर्चुअल र विभिन्न अनौपारिक माध्यमबाट यस अवसरमा विभिन्न संस्थाले कार्यक्रम आयोजना गरेका छन् ।... पुरा पढ्नुहोस