कलाकार शम्भुराज थापाको निधन

  • ५ भाद्र २०७८, शनिबार
  • 956 पटक पढिएको

काठमाडौं, ५ भदौ । वरिष्ठ हाँस्य कलाकार शम्भुराज थापा ‘बखते’को निधन भएको छ । शनिबार विहान ४ः४० बजे पाटन अस्पतालमा उनको निधन भएको हो ।

एक महिनाअघि कोरोना संक्रमित भएका थापालाई पाटन अस्पताल भर्ना गरिएको थियो । अस्पतालमा उपचारकै क्रममा ६४ वर्षकाे उमेरमा थापाको निधन भएको हो ।

थापाले टेलिफिल्म हल्का रमाइलो , गोलमाल, भद्रगोल, मेरीबास्सै लगायत अन्य चलचित्रहरू, विज्ञापनमा पनि अभिनय गरेका छन् ।

थापाका श्रीमती, एक छोरो र एक छोरी छन् ।