लुम्बिनीका मुख्यमन्त्रीले पाए विश्वासको मत, विपक्षमा शून्य, पक्षमा ४२

  • ७ भाद्र २०७८, सोमबार
  • 975 पटक पढिएको

बुटवल ७ भदाै । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले विश्वासको मत पाएका छन्। सोमबार प्रदेश सभाको नवौँ अधिवेशनको चौथो बैठकमा उनले विश्वासको मत पाएका हुन्।

प्रदेश सभामा जम्मा उपस्थित स‌ंख्या ४३ (सभामुखबाहेक) रहेकोमा मुख्यमन्त्री केसीले ४२ मत पाएका छन्। विपक्षमा शून्य मत परेको छ। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बैठक बहिष्कार गरेपछि पनि मुख्यमन्त्री केसीले विश्वासको मत लिएका थिए।  केसीलाई माओवादी केन्द्रसहित नेपाली कांग्रेस, राष्ट्रिय जनमोर्चा र जसपाका सांसदले मत दिए ।