मुलुक

धौलागिरी अस्पतालमा चिकित्सकको अभावमा आइसियु सेवा प्रभावित

बागलुङ ९ भदाै । बागलुङस्थित धौलागिरी अस्पतालमा जनशक्तिको चरम अभाव भएपछि सघन उपचार (आइसियु) सेवा प्रभावित भएको छ। गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयले तीन महिना अघि पाँच जना मेडिकल अधिकृतको सरुवा गरेको र त्यस पदमा अर्को चिकित्सक नपठाउँदा आइसियु सेवा बन्द गर्ने अवस्थामा पुगेको अस्पताल जनाएको छ। कोरोना भाइरस सङ्क्रमणको... पुरा पढ्नुहोस

माधव नेपाल पक्षका २९ सांसद र ५५ जना केन्द्रीयले गरे आयोगमा सनाखत

काठमाण्डाै ९ भदाै । माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) ले दल दर्ताको लागि बुधबार सांसद र केन्द्रीय सदस्यको हस्ताक्षर सनाखत गराएको छ । नेकपा एमालेबाट फुटेर नेपाल लगायतका नेताहरुले अलग दल नेकपा (एकीकृत समाजवादी) दर्ताका लागि निवेदन दिएका थिए । सो निवेदनपछि दल दर्ताको प्रमाणपत्र दिन आयोगले आज सनाखत... पुरा पढ्नुहोस

काँग्रेस केन्द्रीय कार्यालयमा जिल्ला सभापतिहरूको धर्ना

नेपाली काँग्रेसका केही जिल्ला सभापतिहरूले क्रियाशील सदस्यताको सम्पूर्ण सूची सार्वजनिक गर्नुपर्ने, पार्टी विधानअनुसार क्रियाशील सदस्यतालाई अन्तिम रुप दिनुपर्ने, सबै जिल्लाका सभापतिको निर्वाचन प्रक्रियामा एकरूपता आउने गरी निर्वाचन निर्देशिकालाई संशोधन गर्नुपर्ने लगायतका माग गरेका छन् । कांग्रेसको संस्थापन इतर पक्षका जिल्ला सभापतिले आज सो माग गर्दै केन्द्रीय कार्यालयमा धर्ना दिएको पार्टी... पुरा पढ्नुहोस

अष्टलक्ष्मी मेरै सल्लाहमा मुख्यमन्त्री बन्नुभएको हो: माधव नेपाल

प्रस्तावित नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य आफ्नै सल्लाहमा मुख्यमन्त्री बनेको बताएका छन्। चन्द्रागिरि रिसोर्टमा मंगलबार बसेको प्रस्तावित नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय समिति बैठकपछि पत्रकार सम्मेलन गर्दै नेता नेपालले शाक्य आफ्नै सल्लाहमा बागमतीकी मुख्यमन्त्री बनेको बताएका हुन्। ‘उहाँ (अष्टलक्ष्मी शाक्य) मेरै चाहना र सुझावअनुसार मुख्यमन्त्रीमा जानुभएको... पुरा पढ्नुहोस

सत्तामोहले अर्थतन्त्रको अवस्था नाजुक

  अच्युतप्रसाद पाैडेल । तीन दशक नाघेको छ, सत्ताको भागबन्डामा परेको देश ! दलहरूको लुछाचुँडी, कुर्सीमोह, पदको छिनाझप्टीले अर्थतन्त्र दिनपरदिन ओरालो लागेको छ । उद्योगधन्दा सुकेको छ, कालो व्यापार गर्नेलाई जुन बेला पनि उर्वर छ, मलिलो छ समय ! कोरोनाकालमा जनतालाई दशा भए पनि दाम कमाउनेहरूका लागि दशैं नै भयो... पुरा पढ्नुहोस

लुम्बिनीका मुख्यमन्त्रीले पाए विश्वासको मत, विपक्षमा शून्य, पक्षमा ४२

बुटवल ७ भदाै । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले विश्वासको मत पाएका छन्। सोमबार प्रदेश सभाको नवौँ अधिवेशनको चौथो बैठकमा उनले विश्वासको मत पाएका हुन्। प्रदेश सभामा जम्मा उपस्थित स‌ंख्या ४३ (सभामुखबाहेक) रहेकोमा मुख्यमन्त्री केसीले ४२ मत पाएका छन्। विपक्षमा शून्य मत परेको छ। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बैठक... पुरा पढ्नुहोस

बेरुजु सवा ४ खर्ब, तीनवटै तहमा व्यापक अनियमितता

म्याग्दी, ५ भदौ । सरकारको बेरुजु रकम सवा ४ खर्ब पुगेको छ। महालेखा परीक्षक कार्यालयले शुक्रबार सार्वजनिक गरेको ५८ औं वार्षिक प्रतिवेदनअनुसार गत आर्थिक वर्ष २०७६÷७७ सम्म बेरुजुतर्फ ४ खर्ब १८ अर्ब ८५ करोड रुपैयाँ पुगेको छ। महालेखा परीक्षक कार्यालयले शुक्रबार नै यो प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारीलाई हस्तान्तर गरेको हो।... पुरा पढ्नुहोस

कलाकार शम्भुराज थापाको निधन

काठमाडौं, ५ भदौ । वरिष्ठ हाँस्य कलाकार शम्भुराज थापा ‘बखते’को निधन भएको छ । शनिबार विहान ४ः४० बजे पाटन अस्पतालमा उनको निधन भएको हो । एक महिनाअघि कोरोना संक्रमित भएका थापालाई पाटन अस्पताल भर्ना गरिएको थियो । अस्पतालमा उपचारकै क्रममा ६४ वर्षकाे उमेरमा थापाको निधन भएको हो । थापाले टेलिफिल्म... पुरा पढ्नुहोस

माधव नेपालको पार्टीको नाम फेरियो, एमाले हट्यो

माधव नेपाल पक्षले निर्वाचन आयोगमा नयाँ पार्टी दर्ताका लागि दिएको नाम फेरेको छ । यसअघि नेकपा एमाले समाजवादी नाम राखिएको अब सो पार्टीको नाम ‘नेकपा एकीकृत समाजवादी’ रहने भएको छ । राजेन्द्र पाण्डेसहितको टोली निर्वाचन आयोग पुगेर नाम संशोधन गरेका हुन् । यसअघि नेपालले प्रस्ताव गरेको नेकपा एमाले (समाजवादी) नाम... पुरा पढ्नुहोस

पहिरोले आवतजावत अबरुद्ध भएपछि राहुघाटको बाँध निर्माण रोकियो

म्याग्दी ३ भदौ । पहुँचमार्गमा पहिरो खसेपछि नेपाल विद्युत् प्राधिकरणद्वारा सञ्चालित राहुघाट जलविद्युत् आयोजनाको बाँध निर्माण कार्य रोकिएको छ । रघुगङ्गा गाउँपालिका–४ बुग्लको पहिरोका कारण मजदूर र ढुवानीका साधन आवतजावत गर्न नसकेपछि ४० मेगावाट क्षमताको राहुघाटको बाँध र १ नम्बर अडिटबाट सुरुङ निर्माण रोकिएको हो । बुग्लमा करिब ३०० मिटर... पुरा पढ्नुहोस