मुलुक

दोहोरी च्याम्पियनको फाईनलमा बागलुङका बालचन्द्र र म्याग्दीकी शोभा

म्याग्दी, ३१ असोज । दोहोरी च्याम्पियनको सिजन १ को महासंग्रामको फाईनलमा बागलुङका बालचन्द्र बराल र म्याग्दीकी शोभा कार्कीको टिम पुगेको छ । नेपाल टेलिभिजनबाट प्रस्तुत हुने कार्यक्रम दोहोरी च्याम्पियनमा ३७ टिमलाई पछि पार्दै बागलुलङका बराल र म्याग्दीको रघुगंगा गाउँपालिका- २ राखु भगवतीकी ( म्याग्देली चेली) शोभा कार्कीको टिम फाईनलमा पुगेको... पुरा पढ्नुहोस

आज विजयादशमी- विहान १०ः०२ बजे टीकाको उत्तम साईत

  काठमाडौं २९ असाेज । नेपालीहरूको महान् चाड बडादसैंको दसौं अर्थात् मुख्य दिन आज आफ्ना मान्यजनबाट टीका तथा जमरा लगाई हर्षोल्लासका साथ विजयादशमी पर्व मनाइँदैछ । विजयादशमीका दिन आज बिहान ८ः१९ बजे देवी विसर्जन र बिहान १०ः०२ बजे टीका लगाउनका लागि शुभ रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा श्रीकृष्ण... पुरा पढ्नुहोस

भगवती कोतमा ‘सरकारी राँगो’ को मार हानेपछिको सम्मान (फोटोफिचर)

म्याग्दी, २८ असोज । म्याग्दीको रघुगंगा गाउँपालिका-२ भगवतीस्थित भगवती कोतमन्दिरमा नवमीको दिनमा सरकारी रागोको मार हान्ने आर्यन खड्कालाई पुजा समिति र राखुबासीले भब्य सम्मान गरेका छन् । तीन लाख रुपैयाँ बोलकवोलमा सरकारी राँगो भगवती बयरी डिलका युवा आर्यन खड्काले सफल पुर्वक मार हानेका हुन् । हालसम्मकै बढी मूल्यको बोलकबोलमा कोतमन्दिरमा... पुरा पढ्नुहोस

मुगु बस दुर्घटना अपडेट : चालकसहित ३२ को मृत्यु

मुगु २६ असाेज ।  मुगुमा आज भएको बस दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या ३२ पुगेको छ । प्रदेश प्रहरी कार्यालय सुर्खेतका अनुसार २४ जनाको घटनास्थलमा, चार जनाको उद्धारका क्रममा ताल्चा विमानस्थल र बाँकी चार जनाको नेपालगञ्जमा उपचारको क्रममा मृत्यु भएको हो । मृत्यु हुनेमा २२ पुरुष र १० महिला छन्... पुरा पढ्नुहोस

मुगुमा बस दुर्घटना हुँदा २८ जनाको मृत्यु

मुगु २६ असोज । मुगुमा मंगलवार भएको बस दुर्घटना परी मृत्यू हुनेहरुको संख्या २८ पुगेको छ । प्रदेश प्रहरी कार्यालयका प्रहरी निरीक्षक जीवन लामिछानेका अनुसार २४ जनाको घटनास्थलमै र ४ जनाको उद्दारका क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका १६ जनाको उद्वार गरी समिट एअरमार्फत नेपालगन्ज लगिएको छ ।... पुरा पढ्नुहोस

बेनी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत दुव्र्यवहारप्रति सर्वत्र विरोध

म्याग्दी, २५ असोज । आईतबार बेनी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत छविलाल सुवेदीमाथि भएको दुव्र्यहारप्रति सर्वत्र विरोध भएको छ। अधिकृत सुबेदीमाथि दुव्र्यवहारमा संलग्नलाई कारबाहीको माग गर्दै जनप्रतिनिधि, प्रमुख प्रशासकिय अधिकृत, कर्मचारी र राजनीतिक दलका नेता लगायतले  विरोध गरेका हुन् । जिल्लाका सबै गाउँपालिकाका प्रमखु प्रशासकिय अधिृकतले नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुवेदीमाथि... पुरा पढ्नुहोस

आपूर्तिमन्त्री गजेन्द्रबहादुर हमालले मन्त्री बनेकाे तीन दिनमै बुझाए राजीनामा

काठमाडौँ २४ असोज । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गजेन्द्रबहादुर हमालले पदबाट राजीनामा दिएका छन् । विवादमा आएपछि मन्त्री पदको सपथ लिएको तीन दिनमै हमालले राजीनामा दिएका हुन् । वर्तमान सरकारबाट मन्त्रीबाट राजीनामा दिने हमाल पहिलो व्यक्ति समेत बनेका छन् । केहीबेर अघि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर हमालले राजीनामा पत्र... पुरा पढ्नुहोस

अष्टलक्ष्मी ५४ दिनकी मुख्यमन्त्री !

काठमाण्डौ २४ असोज । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आइतबार प्रदेश सभामा विश्वासको मत लिँदै छिन । तर, अल्पमतमा रहेकाले ५४ दिनमै उनको कार्यकाल सकिने लगभग तय छ । उनी २ भदौमा मुख्यमन्त्रीमा नियुक्त भएकी थिइन । गत २५ भदौमा एमाले विभाजनको आधिकारिक पत्र प्रदेश सभामा दर्ता भएसँगै अल्पमतमा परेकी शाक्यले एक महिना... पुरा पढ्नुहोस

मन्त्रिपरिषद् पुनर्गठन, कसले पाए कुन मन्त्रालय ? (नामावलीसहित)

काठमाण्डौ २२ असोज । शेरबहादुर देउवा नेतृत्वको सरकारले पूर्णता पाएको छ । सरकार गठनको लामो समय भैसक्दा समेत सरकारले पूर्णता नपाएको भन्दै आलोचना खेपेको सरकारले अन्तत शुक्रवार गठबन्धनका सबै दलहरुलाई समेटेर मन्त्रीपरिषद पुर्नगठन गरेको हो । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद् पुनर्गठन गरेकी छिन् । शुक्रबार सरकारको सिफारिसमा राष्ट्रपतिले संविधानको धारा... पुरा पढ्नुहोस

अखिल (क्रान्तिकारी) गण्डकी प्रदेशको अध्यक्षमा सुदिन पौडेल चयन

  म्याग्दी, २० असोज । नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) गण्डकी प्रदेशको अध्यक्षमा सुदिन पौडेल सर्वसम्मत चयन भएका छन् । असोज ९ गते भएको गण्डकी प्रदेशको सम्मेलनबाट पौडेल अध्यक्षमा सर्वसम्मत चयन भएका हुन्। अखिल क्रान्तिकारी गण्डकी प्रदेशको अध्यक्षका लागि नारायण बडालले आकांक्षा देखाएका थिए। तर, अन्तिममा पौडेलको नाममा... पुरा पढ्नुहोस