मुगुमा बस दुर्घटना हुँदा २८ जनाको मृत्यु

  • २६ आश्विन २०७८, मंगलवार
  • 1102 पटक पढिएको

मुगु २६ असोज । मुगुमा मंगलवार भएको बस दुर्घटना परी मृत्यू हुनेहरुको संख्या २८ पुगेको छ । प्रदेश प्रहरी कार्यालयका प्रहरी निरीक्षक जीवन लामिछानेका अनुसार २४ जनाको घटनास्थलमै र ४ जनाको उद्दारका क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका १६ जनाको उद्वार गरी समिट एअरमार्फत नेपालगन्ज लगिएको छ ।

नीहरुमध्ये तीन जनाको कोहलपुर मेडिकल कलेजमा र बाँकी १३ जनाको नेपालगन्जमा उपचार भैरहेको छ । घटनामा परी मृत्यु हुनेको सनाखत भइसकेको छैन । दशैँको चहलपहल बढेको समयमा भएको दुर्घटनाले देशभर शोकमग्न बनाएको छ ।