मुख्य समाचार

अन्नपूर्ण गाउँपालिकाको बजेट ६० करोड ७६ लाख पारित

म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले आगामी आर्थिक वर्षको वार्षिक नीति, कार्यक्रम र बजेट पारित गरेकाे छ । गाउँसभाको २१औं अधिवेशनबाट आउँदो आर्थिक वर्ष २०८२÷०८३ का लागि नीति, कार्यक्रमसहित बजेट सार्वजनिक गरिएको हो । गाउँसभामा गाउँपालिकाका उपाध्यक्ष दिवाकुमारी तिलिजा पुनले आउँदो वर्षमा नीति तथा कार्यक्रम कार्यान्वयन गर्नको लागि कुल ६० करोड ७६ लाख... पुरा पढ्नुहोस

बेनी नगरपालिकाको बजेट ७१ करोड ८० लाख बजेट पारित

म्याग्दीको बेनी नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि रु ७१ करोड ८० लाख २७ हजार बजेट पारित गरेको छ । मंगलबार सदरमुकाम बेनीमा सम्पन्न १७ औं नगरसभामा मेयर सुरत केसीले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रम र उपमेयर ज्योति लामिछानेले पेश गर्नुभएको बजेट छलफल सहित पारित भएको हो । सभामा... पुरा पढ्नुहोस

मंगलामा ४४ करोड ६१ लाख बराबरकाे बजेट पारित

म्याग्दीको मंगला गाउँपालिकाले  आगामी आर्थिक वर्ष २०८२\०८३ का लागि वार्षिक नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाको केन्द्र बाबियाचौरमा सम्पन्न २०औं गाउँ सभामार्फत आउँदो आवको नीति, कार्यक्रम र बजेट पारित गरिएकाे हाे । गाउँसभामा गाउँपालिकाका उपाध्यक्ष प्रेमकुमारी क्षत्रीले आउँदो वर्षका लागि ४४ करोड ६१ लाख ५६ हजार... पुरा पढ्नुहोस

मालिका गाउँपालिकामा ४६ करोड दुई लाख बजेट पारित

म्याग्दीको मालिका गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ को लागि ४६ करोड दुई लाख तीन हजार रुपैयाँको बजेट ल्याएको छ । गाउँपालिकाको केन्द्र वडा नम्बर ६ दरबाङ स्थित छ्यारछ्यारे सभाहलमा सोमबार आयोजित गाउँसभाको १७ औं अधिवेशनमा गाउँपालिका उपाध्यक्ष लक्ष्मीदेबी घर्ती मगर पुनले बजेट तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । उक्त बजेट... पुरा पढ्नुहोस

होटल सुविधाले अन्नपूर्ण प्रथम आधार शिविरमा जाने पर्यटक बढे

म्याग्दी  १० असार । म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविर क्षेत्रको भ्रमणमा जाने पर्यटकको सख्ंया बढेको छ । हिमाल आरोहणको इतिहासमा जेठो हिमालको नामले चिनिने अन्नपूर्ण प्रथम हिमालको आधार शिविर जाने पदमार्गमा होटल सुविधा र पदमार्गको व्यवस्थापनले पर्यटकीय चहलपहल बढाएको हो ।   नेपालको पर्वतारोहण... पुरा पढ्नुहोस

धवलागिरीमा रू ४६ करोड ५६ लाख बजेट पारित, गुर्जामा सडक पुर्याउने, युवालाई सहुलियत ऋण दिने

९ असार । म्याग्दीको धवलागिरी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि रु. ४६ करोड ५६ लाख छ हजार पाँच सय ६३ को बजेट पारित गरेको छ । गाउँपालिकाको केन्द्र मुनामा सोमबार सम्पन्न २४ औ सभामा उपाध्यक्ष रेशम पुनमगरले प्रस्तुत गर्नुभएको आगामी आर्थिक वर्षको बजेट छलफलपछि सर्वसहमतिमा पारित भएको हो... पुरा पढ्नुहोस

चिमखोला–मङ्गले–राहुघाट जलविद्युत् आयोजनाको परीक्षण उत्पादन सुरु

म्याग्दी । रघुगङ्गा गाउँपालिकामा निर्माण भएको ३७ दशमलव पाँच मेगावाट क्षमताको चिमखोला–मङ्गले–राहुघाट जलविद्युत् आयोजनाले परीक्षण उत्पादन थालेको छ । तुदी पावर कम्पनी लिमिटेड प्रवर्द्धक रहेको आयोजनाको बाँध, डिसेन्डर (पानी थिग्र्याउने पोखरी) र सुरुङलगायत भौतिक संरचनाको परीक्षण सकेर विद्युत् उत्पादन सुरु गरेको हो । तुदी पावरका प्रतिनिधि इन्द्र ढकालले परीक्षण सफल... पुरा पढ्नुहोस

बेनीको खेलमैदानलाई फराकिलो पारेर ‘प्यारापिट’ निर्माण

म्याग्दी, असार ८- जिल्ला सदरमुकाम बेनीस्थित खेलमैदानलाई फराकिलो पारेर ‘प्यारापिट’ बनाउन थालिएको छ । खेलमैदानको दायाँतर्फ रहेको कालीगण्डकी नदीको किनारबाट पर्खाल उठाएर फराकिलो पारिएको खेलमैदानको सतह भन्दा माथि दर्शक बसेर खेल अवलोकन गर्ने प्यारापिट बनाउन लागिएको हो । चार तहको २० मिटर लामो प्यारापिट बनाउन रु १९ लाख ९३ हजारमा... पुरा पढ्नुहोस

बेनीमा बजार अनुगमन, म्याद नाघेका सामाग्री भेटिए

म्याग्दी , ६ असार । म्याग्दी सदरमुकाम बेनीमा म्याद नाघेका सामाग्रीको विक्रि वितरण हुने गरेको भेटिएको छ । जिल्ला बजार अनुगमन टोलीले बालमन्दिरदेखि संगमचोक क्षेत्रमा रहेका खाद्यान्न तथा खाजा र स्कुल क्यान्टीनहरुमा गरेको अनुगमनको क्रममा म्याद नाघेका खाद्य सामाग्री विक्रि वितरण गरेको भेटिएको हो । अनुगमनको क्रममा पसलको टाँसी र... पुरा पढ्नुहोस

“झमझम पानी प¥र्यो गुर्जा बाटोमा”

सन्दिप खत्री प्राकृतिक छटाहरुले भरिएका हरिया भीर–पहरा अनि डाँडापाखाहरु, दन्त लहर झै मिलेका हिमश्रृङ्खलाहरु, चिरविर चिरविर चराचुरुङ्गीका आवाजहरु, हावाका झोक्काहरुको मन्द स्पर्श, छङछङ झरनाहरु अनि कलकल खोलाहरुको आवाज, खुल्ला आकाश, स्वच्छ अनि शान्त र मनोरम वातावरण । यी कुराहरुलाई महसुस गरिरहँदा तपाइको दिमाखमा कस्तो चित्राङ्कीत भयो ? के तपाईलाई यस्तै... पुरा पढ्नुहोस