मुख्य समाचार

रघुगंगा गाउँपालिकामा ५० करोड ११ लाख बढीको बजेट पारित

म्याग्दीको रघुगंगा गाउँपालिकाले आगामी आर्थिक २०८२/०८३ का लागि रु ५० करोड ११ लाख बढीको बजेट पारित गरेको छ । बिहिबार गाउँपालिकाको केन्द्र मौवाफाँटमा सम्पन्न १९ औं गाउँ सभामा गाउँपालिका अध्यक्ष भबबहादुर भण्डारीले प्रस्तुत गर्नुभएको आगामी आर्थिक बर्षका लागि वार्षिक नीति, कार्यक्रम र उपाध्यक्ष प्रेमकुमारी पुनले पुस्तुत गर्नुभएको बजेट छलफल गरी... पुरा पढ्नुहोस

पर्यटकीय स्थल सोवाङ धुरीमा शौचालय र खानेपानीको पूर्वाधार निर्माण

बेनी, ४ असार : म्याग्दीको रघुगंगा गाउँपालिका–७ चिमखोलामा अवस्थित पर्यटकीय स्थल सोवाङ धुरीमा जाने पर्यटकहरुको सुविधाको लागि शौचालय र खानेपानीको पूर्वाधार बनाईएको छ । धौलागिरि आइसफल पदमार्ग अन्तरगत पर्ने पर्यटकीय स्थल सोवाङ धुरीको भ्रमणमा जाने पर्यटकको सुविधाको लागि धुरी नजिकै क्याम्पिङ गरी बस्ने ठाउँमा शौचालय बनाईएको हो । गाउँपालिकाबाट विनियोजन... पुरा पढ्नुहोस

म्याग्दीमा भिरमहको उत्पादन घट्यो

म्याग्दी । म्याग्दीमा यस वर्ष भिरमह उत्पादन घटेको छ । विगतको तुलनामा ७५ प्रतिशत कम मह उत्पादन भएको मह सिकारीहरूले बताएका छन् । अन्नपूर्ण गाउँपालिका–५ स्वाँतका मह सिकारी लोकबहादुर पाइजाले अघिल्लो वर्ष एक हजार लिटर मह निकालिएकोमा यसपाली २०० लिटर मात्र मह उत्पादन भएको बताए। पाइजाको टोलीले स्वाँत गाउँ नजिकै रहेको... पुरा पढ्नुहोस

नारच्याङको लेक गाउँमा ‘एक घर एक धारा’ खानेपानी विस्तार

https://www.youtube.com/watch?v=CXZ1HCBYF-w   म्याग्दी, २ असार । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको लेकगाउँमा एक घर एक धारा खानेपानी विस्तार भएको छ । लेकगाउँ खानेपानी तथा सरसफाई आयोजना मार्फत गाउँका ८६ घरधुरी, एक विद्यालय र दुई सामुदायिक भवनमा शुद्ध खानेपानीको पहुँच विस्तार गरिएको हो । लेक गाउँ खानेपानी आयोजना सम्पन्न भएसँगै सबै घरमा... पुरा पढ्नुहोस

लेखोला जलविद्युत आयोजनाको विद्युत् राष्ट्रिय प्रशारणमा जोडियो

म्याग्दी , १ असार । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको लेकगाउँमा निर्माण भएको छ मेगावाट क्षमताको रेलेखोला जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रशारणमा जोडिएको छ । ह्युम कन्सल्ट प्रा.ली. प्रवद्र्धक रहेको आयोजनाले निर्माण सकेर विद्युत उत्पादननका लागि आन्तरिक परिक्षण सफल भएपछि विद्युत उत्पादन सुरु गरेको हो । आयोजनाले विद्युत् गृहमा जडान... पुरा पढ्नुहोस

विद्यार्थीलाई सिर्जनशिल बनाउन ‘बुक फ्रि फ्राइडे’ सञ्चालन

म्याग्दी, ३१ जेठ । म्याग्दीको बेनी नगरपालिका– १० वाखेतमा रहेको विद्योदय आधारभूत विद्यालयले विद्यार्थीलाई सिर्जनशिल बनाउनका लागि ‘बुक फ्रि फ्राइडे’ अभियान सञ्चालन गरेको छ । हरेक हप्ताको शुक्रबार विद्यार्थीहरुलाई किताब रहित तवरले व्यवहारिक सिकाईका लागि विद्यालयले उक्त अभियानको सुरुवात गरेको हो । विद्यार्थीहरूलाई परम्परागत पाठ्यपुस्तकको साँघुरो घेराबाट मुक्त गर्दै उनीहरूको... पुरा पढ्नुहोस

‘प्राकृतिक स्रोतको उचित परिचालन गरी आर्थिक परिवर्तन ल्याउन सकिन्छ’

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्राकृतिक स्रोतको उचित व्यवस्थापन र परिचालन गरेर मुलुकमा आर्थिक परिर्वतन ल्याउन सकिने धारणा राख्नुभएको छ । म्याग्दी हुँदै मुस्ताङ जाने क्रममा आज बिहान म्याग्दीको अन्नपूर्ण गाउँपालिकास्थित भुरुङ–तातोपानी, रुप्से झरना र अन्धगल्छीको अवलोकनपछि जनप्रतिनिधि र स्थानीयसँग अन्तरक्रिया गर्दै उहाँले प्राकृतिक... पुरा पढ्नुहोस

पूर्वप्रधानमन्त्री प्रचण्ड म्याग्दीमा

बेनी, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले कालीगण्डकी कोरिडोर अन्तर्गत बेनी–जोमसोम सडकका पहिरो नियन्त्रण र वैकल्पिक सडकको ब्यवस्था मिलाउन पहल गर्ने बताउनुभएको छ ।  । चिन र भारत जोड्ने राष्ट्रिय प्राथमिकताको कालीगण्डकी कोरिडोर अन्तर्गत पर्वतको मालढुङ्गा र म्याग्दी खण्डको स्थलगत निरिक्षण तथा सरोकारवालासँग मंगलबार म्याग्दीको रघुगङ्गा गाउँपालिका–२... पुरा पढ्नुहोस

अनेरास्ववियुको नेतृत्वको प्रतिस्पर्धामा म्याग्दीका प्रकाश पौडेल

म्याग्दी, २६ जेठ । नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुको नेतृत्वका लागि म्याग्दीका प्रकाश पौडेल प्रतिस्पर्धिको रुपमा आउनुभएको छ । आइतवारदेखि सुरु भएको अधिवेशनको सोमबारबाट नेतृत्व चयन प्रकृया सुरु हुँदै छ । ३२ वर्षे उमेर हदका कारण महासचिवसहित माथिका पदाधिकारी बाहिरिँदा अध्यक्ष पदमा निवर्तमान समितिका सचिब एवं प्रवक्ता समेत रहनुभएका पौडेल... पुरा पढ्नुहोस

माथिल्लो म्याग्दी–१ जलविद्युत् आयोजनाको आउटलेटबाट सुरुङ खन्न सुरु

म्याग्दी २४ जेठ । म्याग्दीको धवलागिरी र मालिका गाउँपालिकामा निर्माणधिन ५३ दशमलब ५ मेगावाट क्षमताको माथिल्लो म्याग्दी– १ जलविद्युत् आयोजनाको हेडरेस सुरुङ निर्माण सुरु भएको छ । आयोजनाको विद्युत्गृह रहने मालिका गाउँपालिका–७ भारबाङ स्थित आउटलेटतर्फबाट सुरुङ खन्ने कामको शनिवार सुभारम्भ गरिएको हो । सुरुङ खन्ने कामको सुभारम्भ गर्दै मालिका गाउँपालिका... पुरा पढ्नुहोस