मुख्य समाचार

म्याग्दीका मुख्य सडक अबरुद्ध

म्याग्दी २८ असार । म्याग्दीका मुख्य सडकखण्ड अबरुद्ध बनेका छन् । म्याग्दीको उत्तरी क्षेत्र र मुस्ताङलाई राष्ट्रिय राजमार्गमा जोड्ने बेनी–जोमसोम सडकखण्ड र बेनी–दरबाङ सडकखण्ड ठाउँ ठाउँमा खसेको पहिरो र नदी कटानले अबरुद्ध बनेका हुन् । अबिरल बर्षाको कारण गएको पहिरो र कटानले बेनी जोमसोम सडकको म्याग्दी खण्डमा विभिन्न सात ठाउँमा... पुरा पढ्नुहोस

म्याग्दीको ताकममा पहिरोमा घर पुरिँदा दुई जनाको मृत्यु

म्याग्दी २८ असार । म्याग्दी । म्याग्दीको धौलागिरि गाउँपालिका–७ ताकममा पहिरोमा घर पुरिँदा दुई जनाको मृत्यु भएको छ । घर पुरिँदा तुलप्रसाद र उनकी श्रीमती बालकुमारी न्यौपानेको मृत्यु भएको ताकम प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक रमेशप्रसाद अधिकारीले जानकारी दिए । उनका अनुसार जनप्रतिनिधि, प्रहरी र स्थानीयवासीले उद्धार गरेका थिए ।... पुरा पढ्नुहोस

म्याग्दीमा दूध उत्पादक कृषकका लागि आएको २२ लाख फिर्ता

असार २७ असार । म्याग्दीका दूध उत्पादन गर्ने कृषकहरूलाई प्रोत्साहन गर्न गण्डकी प्रदेश सरकारले पठाएको अनुदान फिर्ता भएको छ। भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र म्याग्दीले कृषकहरूलाई अनुदान वितरण नगरी बजेट फ्रिज गरेको हो।  दूध उत्पादन गर्ने कृषकहरूलाई सहकारी संस्था मार्फत प्रति लिटर २ रुपैयाँ ५० पैसाका दरले अनुदान... पुरा पढ्नुहोस

बर्षाको कारण जग भासिएपछि जनता माविको तीन कोठे विद्यालय भवन भत्कियो

म्याग्दी , २७ असार । म्याग्दीको रघुगंगा गाउँपालिका–४ दग्नाममा रहेका जनता माध्यमिक विद्यालयको तीन कोठे भवन भत्किएको छ । अबिरल बर्षाको कारण भवनको जग भासिएपछि विद्यालयको तीन कोठे कच्ची कक्षाकोठा रहेको भवन भत्किएको हो । विद्यालयको भवन भत्किएपछि विद्यालय नजिकै रहेको स्थानीय इन्द्रमान थजालीको एक तले घर समेत पुरिएको विद्यालयका... पुरा पढ्नुहोस

म्याग्दीमा पिउने पानीको मुहानमा दिसाका जीवाणु भेटियो

म्याग्दी, २७ असार । म्याग्दीका खानेपानीको मुहानमा दिसाका जिवाणु भेटिएका छन। स्वास्थ्य कार्यालय म्याग्दीले जिल्लाका विभिन्न ५९ स्थानमा गरेको खानेपानीको गुणस्तर परिक्षणमा २७ ठाउँको पानीमा खान अयोग्य जीवाणु भेटिएको थियो । झाडापखाला र आउँका विरामी धेरै भेटिएका क्षेत्रका स्वास्थ्य संस्था र समुदायको पानीको सुद्धताको अवस्था पहिचान गर्न नमुना संकलन गरेर... पुरा पढ्नुहोस

भाइले दाउरा प्रहार गर्दा दाइको हत्या, हत्यामा संलग्नलाई प्रहरीले लियो नियन्त्रणमा

म्याग्दी २६ असार । म्याग्दीको धवलागिरी गाउँपालिका– ५ मलम्पारमा भाईले दाउरा प्रहार गर्दा दाइको हत्या भएको छ । मलम्पारको रुटबाङटोलमा गयराती करिब साढे ११ बजे स्थानीय सोमबहादुर छन्त्यालले दाउरा प्रहार गरेर ४१ बर्षिय धनबहादुर छन्त्यालको हत्या गरेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी प्रहरी निरिक्षक राजन रायमाझीले जानकारी दिनुभयो ।दाइको... पुरा पढ्नुहोस

चिमखोलामा एक करोड ६७ लाखमा नयाँ स्वास्थ्य चौकी भवन

म्याग्दी । भौगोलिक रूपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ चिमखोलामा स्वास्थ्यचौकी भवन निर्माण भएको छ । रघुगङ्गा गाउँपालिकाले एक करोड ६७ लाख लागतमा स्वास्थ्य चौकीको भवन निर्माण गरेको हो । आर्थिक वर्ष २०७८र७९ मा सुरु भएको भवन निर्माण योजना चालु आवमा सम्पन्न भएको गाउँपालिकाको प्राविधिक शाखाका प्रमुख... पुरा पढ्नुहोस

प्रकाश माविमा कपाल काट्ने सीप सिक्दै विद्यार्थी (तस्बिर/भिडियाे)

म्याग्दी सदरमुकाम बेनी स्थित प्रकाश माध्यमिक विद्यालयका विद्यार्थीहरुले कपाल काट्ने सीप सिक्न थालेका छन् । बेनी नगरपालिकाले विद्यालय तहबाटै विद्यार्थीहरुलाई जीवन उपयोगी सीप सिकाउन सञ्चालन गरेको ‘विइ क्यान विइ डु’ (‘हामी सक्छौ, हामी गर्छौ’) कार्यक्रम अन्तर्गत प्रकाश माविले कपाल काट्ने तालिम सञ्चालन गरेको छ । विद्यालयका कक्षा ७ देखि १०... पुरा पढ्नुहोस

पाखापानीमा चन्दा सङ्कलन गरेर खेलमैदान निर्माण

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–६ पाखापानीमा चन्दा जुटाएर खेलमैदान निर्माण भएको छ । स्थानीयवासी, प्रवासीहरू र गाउँपालिकाको सहयोग जुटाएर स्टार स्पोर्टस् क्लबले खेलमैदान निर्माण गरेको हो । रु ४३ लाख ७७ हजार एक सय ५७ को लगानीमा निर्माण भएको खेलमैदानका लागि रु ३५ लाखभन्दा बढी प्रवासी र स्थानीयवासीले चन्दा सहयोग... पुरा पढ्नुहोस

स्थानीय उत्पादनको बजारीकरण गर्न कोसेली घर सञ्चालनमा (तस्बिर/भिडियो)

म्याग्दी , १७ असार । म्याग्दी सदरमुकाम बेनीमा स्थानीय उत्पादनका सामाग्रीको बजारीकरणका लागि कोसेली घर सञ्चालनमा आएको छ । बेनी स्थित कालीपुलमा रहेको पर्यटन सूचना केन्द्रको भवनमा म्याग्दी उद्योग बाणिज्य संघ र महिला उद्यम विकास समितिको संरक्षकत्वमा महिला उद्यमी दिलु घतातेले कोसेली घर सञ्चालनमा ल्याउनुभएको हो । म्याग्दी र मुस्ताङको... पुरा पढ्नुहोस