ताजा अपडेट

चसेर सहित पक्राउ

म्याग्दी ३१ जेठ । म्याग्दीको मालिका गाउँपालीका २ रुमबाट करिब एक किलो लागु औषध चरेश सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय दरवाङबाट खटिएको प्रहरी टोलीले ९२० ग्राम बराबरको कालो रङको चरेश सहित रुमका ३९ वर्षिय नोकबहादुर रोकालाई पक्राउ गरेको हो । सुराकीको आधारमा घर खानतलासी... पुरा पढ्नुहोस

समाचार प्रभाव : अबैध रुपमा उत्खनन् गरीएको नदीजन्य बस्तु लिलामीको प्रक्रियामा

म्याग्दी ३० बैशाख । बेनी नगरपालीका १ आनन्दबगरमा बस्ती संरक्षणको बाहनामा अबैध रुपमा उत्खनन् गरिएको नदीजन्य बस्तु जफत गरेर लिलामी प्रक्रियामा लगीएको छ । नगरपालीका र समन्वय समितिसंग अनुमतीनै नलिई सेभेनस्टार युवा कल्वका पदाधीकारीले बस्ती संरक्षणको बाहनामा उपकरणको प्रयोग गरेर बिक्री बितरण गर्ने उद्देश्यले कालीगण्डकी नदीबाट ढुङ्गा, गिट्टी र बालुवा... पुरा पढ्नुहोस

समाचार प्रभाव : घुस खाने शिक्षाका ईञ्जिनियर र प्राबिधिक बर्खास्त

म्याग्दी ३० जेठ । सेवाग्राहीबाट घुस लिएको उजुरीको आधारमा छानविनमा परेका शिक्षा विकास तथा समन्वय ईकाई म्याग्दीका दुई जना प्राबिधिक बर्खास्त भएका छन् । कक्षा कोठा भवन योजना छनौट, पेश्कि निकासा र फरफारकका क्रममा डरधम्की देखाई बाध्य बनाएर घुस लिएको आरोपमा ईञ्जिनियर श्रीकृष्ण खनाल र प्राबिधिक प्रमोद उप्रेती विरुद्ध उजुरी... पुरा पढ्नुहोस

डाडाँगाउँको वडा कार्यालयमा पूर्वाधार र जनशक्ति अभाव

डाँडागाउँ ३० जेठ । म्याग्दीको मालीका गाउँपालीका ३ डाडाँगाउँको वडा कार्यालयमा पूर्वाधार र दरबन्दि अनुसारका जनशक्तिको अभावमा सेवा प्रवाहमा कठिनाई भएको छ । स्थानीय तह कार्यान्वयन र जनप्रतिनिधि निर्वाचित भएको एक वर्ष बितेपनी वडाको कार्यालय व्यवस्थापन हुन सकेको छैन् । किटीनी स्थित बालविकास केन्द्रको भवनको एउटा कोठामा स्थापना भएको वडा... पुरा पढ्नुहोस

म्याग्दीका गाउँगाउँमा सञ्चालित एकीकृत घुम्ती शिविरले स्थानीयलाई राहत (फोटोफिचर)

म्याग्दी, जेठ ३० । जिल्लाको दुर्गम तथा विकट वस्तीका स्थानीयबासिन्दालाई लक्षित गरेर सञ्चालन भएको एकीकृत घुम्ती शिविरले स्थानीयलाई राहत मिलेको छ । सदरमुकामसम्म पुगेर सरकारी सेवासुविधा लिन नसक्ने स्थानीयलाई घरदैलोमै सेवा प्रवाह हुँदा उनीहरुलाई सहज भएको हो । जिल्ला प्रशासन कार्यालय म्याग्दीको अगुवाई र स्थानीय तहको समन्वयमा जिल्लाको विभिन्न स्थानमा... पुरा पढ्नुहोस

तातोपानीमा गुञ्जीयो बालश्रमका कविता

सन्दीप खत्री बेनी नगरपालिका ४ स्थित सिंगा तातोपानी मंगलबार बालश्रम सम्बन्धीका कविताले गुञ्जयमान भयो । बाल श्रम विरुद्धको अवसरमा म्याग्दी साहित्य सञ्चारको मूल आयोजनमा सरस्वती माबी सिंगा तातोपानी म्याग्दीमा धौलागिरी माबी सिंगा र सरस्वती माबीका विद्यार्थीहरु माझ भएको खुल्ला कविता प्रतियोगिताले तातोपानी गुञ्जयमान भएको हो । दुई विद्यालयका २० जना... पुरा पढ्नुहोस

बाँसखर्कमा निशूल्क स्वास्थ्य शिवीर सम्पन्न

बेनी २९ जेठ । पर्वतको जलजला गाउँपालीका १ बाँसखर्कमा मंगलबार जेष्ठ नागरीक तथा महिलाहरुको पाठेघर खस्ने समस्याको पहिचान तथा ब्यवस्थापन सम्बन्धि शिवीर सम्पन्न भएको छ । गाउँपालीकाको सहयोगमा वडा कार्यालयले आयोजना गरेको शिवीरमा १३० जना लाभान्वित भएका छन् । स्त्रीरोग बिशेषज्ञ हेमा छन्त्याल, जनस्वास्थ्य निरिक्षक भिमप्रसाद आचार्य, ल्याब टेक्नीसियन यामबहादुर... पुरा पढ्नुहोस

जान्छु अब धर्ती छाडेर म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित)

म्याग्दी, २९ जेठ । म्याग्दीका कलाकार बिपीन पौडेल को उत्कृष्ट लय र शब्द सिर्जना मा माया भन्डारी द्वारा निर्माण गरिएको ‘जान्छु अब धर्ती छाडेर’ बोलको गितलाई म्युजिक भिडियो सहित बजारमा ल्याइएको छ । जिवनमा आइपर्ने असफलताका कथा समेटीएको उक्त गितमा शान्ति श्री परियारको स्वर रहेको छ । साथिभाई डिजिटल म्युजिक... पुरा पढ्नुहोस

एकताको सन्देश लिएर ताकम पुगे नेकपाका नेताहरु

म्याग्दी २९ जेठ । धौलागिरी गाउँपालीका ७ ताकममा मंगलबार तत्कालीन एमाले र माओवादी केन्द्रको एकतापछि बनेको नेपाल कम्प्युनिष्ट पार्टीका अगुवा कार्यकर्ताहरुको भेला तथा प्रशिक्षण सम्पन्न भएको छ ।कार्यकर्तातह सम्म एकताको सन्देश, आवश्यकता र योजनाको बारेमा जानकारी गराउने, अन्तरघुलनको वातावरण बनाउने, स्थानीय तहको योजना, निती र विकास निर्माणको कामलाई प्रभावकारी बनाउन... पुरा पढ्नुहोस

५० सैयाको बेनी अस्पतालकाे निर्माण कार्य किन सुस्त

बेनी, २९ जेठ । जिल्लाको सुविधा सम्पन्न ५० सैया क्षमता रहेको बेनी अस्पतालको भवन निर्माण कार्य सुस्त भएको छ । भवन निर्माण कार्य सुरु भएको डेढ बर्ष वितिसक्दा पनि भवनको जग निर्माण कार्य पुर्ण रुपमा सम्पन्न भएको छैन् । २०७६ साल मंसिर २० गते भवन निर्माण कार्य सम्पन्न गर्ने गरि... पुरा पढ्नुहोस