बेनीमा आयात निर्यातको प्रकृया र पहुँच बिषयक अन्र्तक्रिया

  • १३ असार २०७५, बुधबार
  • 1852 पटक पढिएको

म्याग्दी, १३ असार । म्याग्दी सदरमुकाम बेनीमा बुधवार नेपालको आयात निर्यात प्रकृया, निर्यात प्रवद्र्धन र बजार पहुँच बिषयक अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । नेपाल सरकारको उद्योग बाणिज्य तथा आपुर्ति मन्त्रालय, नेपाल भारत क्षेत्रीय व्यापार तथा पारबहन आयोजना र म्याग्दीदी उद्योग बाणिज्य संघको आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले सरकारले निर्यात प्रवद्र्धनको लागि प्रोत्साहनको नीति ल्याएको बताउँदै गुणस्तरीय सामाग्री उत्पादनमा जोड दिनुपर्ने बताउनुभयो । उहाँले देशभित्रै पनि आन्तरिक व्यापार बढाउनुपर्नेमा जोड दिँदै स्थानीय सरकारहरुले उद्यमशिलता र व्यापारको विकासको क्षेत्रमा लगानी गर्नुपर्नेमा जोड दिनुभयो ।

????????????????????????????????????

कार्यक्रममा आयात निर्यात प्रकृयासम्बन्धि कानुनी व्यवस्था र बस्तु निर्यातको बिषयमा नेपाल भारत क्षेत्रीय व्यापार तथा पारबहन आयोजनाका व्यापार सहजीकरण सहजकर्ता हिमाल थापा र बस्तु विकास तथा बजार पहँुच बिषयमा अन्तराष्ट्रिय व्यापार विकास सल्लाहकार मुरारी प्रसाद गौतमले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । संघका अध्यक्ष उत्तम कर्माचार्यले स्वागत गर्नुभएको कार्यक्रममा आयोजनाका समन्वयकर्ता योगेन्द्र प्रसाद पाण्डेले कार्यक्रम माथि प्रकाश पानुभएको थियो भने संघका महासचिब लिलाराम गौतमको सञ्चालन र बरिष्ठ उपाध्यक्ष बेलबहादुर चोखालको समापनमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा सहभागीहरुले स्थानीय स्तरमा उत्पादन हुने निकासी योग्य बस्तुहरुको निर्यात प्रकृयागत झण्झटीलो रहेको र राज्यले निकासी प्रवद्र्धनमा सहयोग नगरेको गुनासो गरेका थिए ।