ताजा अपडेट

चट्याङ लागेर ओखरबोटको छापामा ६ जना घाईते

म्याग्दी, १२ असार ।  म्याग्दीको मालिका गाउँपालिका–४ ओखरबोटको छापामा चट्याङ लागेर ६ जना घाईते भएका छन् । गयराती बर्षासंगै परेको चट्याङ लागेर स्थानीय फुलसरा रसाईली, डालु घर्ति, पुर्खमायाँ घर्ति, नरमायाँ रेमी, मनसोभा छन्त्याल, सुन्तली छन्त्याल घाइते भएको र उनीहरुको अहिले प्राथमिक स्वास्थ्य केन्द्र दरबाङमा उपचार भैरहेको वडा सदस्य उदविर रसाइलीले... पुरा पढ्नुहोस

म्याग्दीमा लागूऔषध विरुद्धको अभियान सुरु

म्याग्दी १२ असार । म्याग्दीमा सप्ताहव्यापी रुपमा विविध कार्यक्रमको आयोजना गरी लागू औषध दुरुपयोग एवम् ओसारपसार विरुद्धको अन्तराष्ट्रिय दिवस मनाउन सुरु गरिएको छ । “स्वास्थ्य,सवल र समृद्ध नेपालको प्रतिवद्धता,लागू औषध अपराध विरुद्धको ऐक्यबद्धता” भन्ने नाराका साथ साताव्यापी रुपमा दिवस मनाउन लागिएको हो । दिवसका अवसरमा मंगलबार विहान बेनी बजारमा प्रभातफेरी... पुरा पढ्नुहोस

बेनी नगरपालिकाको भाइरल बनेको रसिदको रहस्य यस्ताे छ !

म्याग्दी, १२ असार । सामाजिक सञ्जाल फेसबुकमा अहिले बेनी नगरपालिकाको एउटा रसिद भाइरल बनेको छ । २०७५/०३/१० गतेका दिन नगरपालिकाले सेवाग्राही याम बहादुर खत्रीको नाममा जन्मदर्ता प्रमाणीत प्रयोजनको लागि रु १ हजार दस्तुर लिएको रसिद अहिले फेसबुकमा भाइरल बनेको हो। सो रसिदको तस्बिर सहित सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले अहिले नगरपालिकाले कर... पुरा पढ्नुहोस

कता जाँदै छ हाम्रो समाजको अर्थतन्त्र !

नेपाली अर्थतन्त्रमा कृषि र उद्योग क्षेत्रको प्रभाव घट्दो छ भने सेवा क्षेत्रको प्रभाव निरन्तर बढिरहेको छ । यसको अर्थ मानिसहरू कृषि पेशा निरन्तर रूपमा छोडिरहेका छन् भन्ने हो । तर, अहिले पनि नेपालको अर्थतन्त्रको प्रमुख आधार भने कृषिलाई नै मान्ने गरिन्छ । र, अब प्रश्न उठ्न थालेको छ, अर्थतन्त्रमा कृषि... पुरा पढ्नुहोस

बागलुङमा पहिरोकाे बितण्डाः बरेङमा एकै घरका तीनको मृत्यु, भाग्यले बाँचे २ छाेरी

बागलुङ । भिषण वर्षापछि गएराति गएको पहिरोले घर बगाउँदा एकै घरका तीनजनाको मृत्यु भएको छ । बरेङ गाउँपालिका–१, धुल्लुबाँस्कोटका ४० वर्षीय विष्णुबहादुर क्षेत्री, उहाँकी श्रीमती ३० वर्षीया विष्णुमाया क्षेत्री र छ महिने छोरी सोनिया क्षेत्रीको मृत्यु भएको प्रहरीले जनाएको छ । घरमै सुतिरहेको बेलामा एक्कासि खसेको ठूलो पहिरोमा परी उनीहरुको... पुरा पढ्नुहोस

एसईईमा उत्कृष्ट नतिजा आएपछि लिटल गार्डेनले मनायो खुसीयाली, अमिषा परियार बनिन जिल्लामै उत्कृष्ट

म्याग्दी, ११ असार । माध्यामिक शिक्षा परीक्षा (एसईई)को नतिजामा उत्कृष्ट नतीजा ल्याउन सफल भएपछि बेनी बजारको गणेशटोलमा रहेको लिटल गार्डेन एकेडेमीले सोमबार खुसीयाली बनाएको छ । विद्यालयबाट एसईई परिक्षामा सहभागी छात्रा अमिषा परियारले ३.९५ जिपिए ल्याएर जिल्लामै उत्कृष्ट हुन सफल भएकी छिन् । परियार सहित एसईई परिक्षामा अन्य विद्यार्थीहरुले समेत... पुरा पढ्नुहोस

मुक्तिधाम माविका अनुपम ३.९० जिपीए सहित सामुदायिक तर्फ उत्कृष्ट बने

म्याग्दी, ११ असार । म्याग्दीको रघुगंगा गाउँपालिका–२ भगवतीमा रहेको मुक्तिधाम माध्यमिक विद्यालयबाट एसईई परिक्षामा सहभागी भएका अनुपम केसीले ३ दशमलब ९० जिपीए सहित सामुदायिक विद्यालयतर्फ जिल्लामै उत्कृष्ट नजीता ल्याउन सफल भएका छन् । शनिवार सार्वजनिक भएको माध्यामिक शिक्षा परीक्षा (एसईई)को नतिजामा म्याग्दीका सामुदायिक विद्यालयहरुमध्ये भगवती निवासी कटुवाल उत्कृष्ट जिपीए ल्याएर... पुरा पढ्नुहोस

अन्नपूर्णमा टेलिटिचिङका लागि साढे ५ लाख आर्थिक सहयोग प्राप्त

पोखरेवगर ( म्याग्दी) ११ असार । अन्नपुर्ण गाउँपालिकाभित्र रहेका माध्यमिक विद्यालयमा टेलिटिचिङ संचालनका लागि साढे ५ लाख आर्थिक सहयोग प्राप्त भएको छ । रोजगारको शिलशिलामा युकेमा रहेको अन्नपुर्ण गाउँपालिका ६ खिवाङका युवराज गर्वुजाको संयोजनमा ५ लाख, गाउँपालिका ३ दाना निवासी (हाल अमेरीका) रहेका श्याम तुलाचनले ५० हजार आर्थिक सहयोग गरेका... पुरा पढ्नुहोस

अन्नपूर्णले टेलिटिचिङका लागि विद्यालयलाई स्माट टिभि वितरण (फोटोफिचर )

  पोखरेबगर, ११ असार । म्याग्दीकाे उत्तरी क्षेत्रमा रहेको अन्नपुर्ण गाउँपालिकाले विद्यालयहरुलाई टेलिटिचिङ संचालनका लागि स्माट टिभि वितरण गरेको छ । गाउँपालिकाभित्र रहेका १० माध्यमिक विद्यालयलाई टेलिटिचिङका लागि स्माट टिभि गाउँपालिका अध्यक्ष डमबहादुर पुनले वडा अध्यक्ष तथा विद्यालयका प्रअलाई हस्तान्तरण गरेका हुन् । गाउँपालिकाको आयोजना, नेपाल शिक्षक संगठन अन्नपुर्ण गाउँपालिकाको... पुरा पढ्नुहोस

मंगलाको बजेट ३१ करोड ३० लाख, दर्जनबढी गौरवका आयोजना

म्याग्दी, ११ असार । म्याग्दीको मंगला गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७५/७६ का लागि बजेट, नीति तथा कार्यक्रमहरु सार्वजनिक गरेको छ । आइतबार गाउँ कार्यपालिकाको कार्यालयमा सम्पन्न तेस्रो गाउँसभामा गाउँपालिकाका उपाध्यक्ष सृजना केसीले कुल ३१ करोड ३० लाख ५३ हजार ४५२ रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेकी हुन् । उपाध्यक्ष केसीले प्रस्तुत... पुरा पढ्नुहोस