ताजा अपडेट
सुर्केमेलामा बर्षौदेखि पहिरोको त्रासः सत्र घर पहिरोको जोखिममा
- wp_days_ago_v3(); ?>
- २३ श्रावण २०७५, बुधबार
म्याग्दी २३ साउन । बस्ती माथीको पहाडबाट पहिरो खस्न थालेपछि बेनी नगरपालिका ४सुर्केमेला गाउँ जोखिममा परेको छ । बेनी नगरपालीका ३ को पहाडबाट खसेको पहिरोले खोल्सामा बाढी आउन थालेपछि फेदीमा अवस्थित सुर्केमेला जोखिममा परेको हो । पहिरोले खोल्सा बनाएर छेउछाउको बस्तीतर्फ कटान गरेको छ । पहिरोका कारण १७ घर जोखिममा... पुरा पढ्नुहोस
गलेश्वर मन्दिरमा नौ लाख बढी भेटि संकलन
- wp_days_ago_v3(); ?>
- २२ श्रावण २०७५, मंगलवार
बेनी २२ साउन । बेनी नगरपालिका ९ स्थित गलेश्वर मन्दिरमा साउन महिनाको तेस्रो हप्तासम्म नौ लाख रुपैया भेटि संकलन भएको छ । यस वर्षको तिन वटा साउनको सोमबार मध्य पछिल्लो सोमबार सबैभन्दा बढी भक्तजन आएको र भेटि संकलन भएको गलेश्वर शिवालय क्षेत्र विकास कोषले मंगलबार जानकारी गराएको छ । तेस्रो... पुरा पढ्नुहोस
जेष्ठ नागरीकद्धारा पुल र बाटो मर्मत
- wp_days_ago_v3(); ?>
- २२ श्रावण २०७५, मंगलवार
बेनी २२ साउन । बेनीका एक जेष्ठ नागरीकले निजी लगानीमा पुल र बाटो मर्मत गर्नुभएको छ । बेनी नगरपालिका ७ ईन्द्रेणीटोल निवासी ७६ वर्षिय नैनकुमार श्रेष्ठले मंगलाघाट स्थित झोलुङ्गे पुल, पुल देखि सडकमा निस्कने र बेनी भगवती मन्दिर नजिकैको पुल देखि खबरातर्फ जाने बाटो मर्मत गर्नुभएको हो । जिर्ण अवस्थामा... पुरा पढ्नुहोस
तिजको गित सुनको सिक्री बजारमा (भिडियो सहित)
- wp_days_ago_v3(); ?>
- २२ श्रावण २०७५, मंगलवार
म्याग्दी, २२ असार । म्याग्दीका नवगायक कृष थापाको तिज गित ‘सुनको सिक्री’ बजारमा आएको छ । क्रियटिभ मिडिया प्रोडक्सनको प्रस्तुतीमा मंगला गाउँपालिका – ३ खर्कका नवगायक थापाले समसामयिक र पारिवारिक बिषयबस्तुलाई आधार बनाएर तयार बनाएको गितलाई म्युजिक भिडियो सहित बजारमा ल्याइएको हो । कलाकार थापा र गायीका लक्ष्मी परियारको स्वर... पुरा पढ्नुहोस
बेनीमा सेन्चुरी कमर्सियल बैकंको शाखा उद्घाटन
- wp_days_ago_v3(); ?>
- २२ श्रावण २०७५, मंगलवार
म्याग्दी २२साउन । म्याग्दीको सदरमुकाम बेनीमा सेन्चुृरी कमर्सियल बैकको १ सय १२ औँ शाखा स्थापना भएको छ । मंगलबार शाखाको उद्घाटन् बेनी नगरपालिका मेयर हरिकुमार श्रेष्ठ र बैकंका अध्यक्ष राजेशकुमार श्रेष्ठले सयुक्त रुपमा गरेका हुन् । ८बर्ष अगाडि स्थापना भएको बंैकले ५२ जिल्लामा सेवा विस्तार गरेको छ । बैकको... पुरा पढ्नुहोस
मुस्ताङको कागबेनी देखि तीरी जोड्ने पुल बगायो
- wp_days_ago_v3(); ?>
- २२ श्रावण २०७५, मंगलवार
ठिनी (मुस्ताङ) । हिमाली जिल्ला मुस्ताङमा लगातारको वर्षात पछि कालिगण्डकी नदीको पानीको सतह अत्यधिक रुपमा बृद्धि भएपछि नदीको कटानका कारण वारागुङ मुक्तिक्षेत्र गाउँपालिका वडा न ४ तिरीमीन्दिमा पर्ने कागबेनी देखि तीरी जोड्ने काठेपुल हिजो साँझ ५ः०० बजे कालीगण्डकी नदिले बगाएको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका अध्यक्ष फेन्चोक छेप्तेन गुरुङ (धारा)ले जानकारी दिनुभयो... पुरा पढ्नुहोस
म्याग्देली गायक कार्कीको ‘गलेश्वरको दर्शन’ बोलको भजन गीत सार्वजनिक (भिडियो सहित)
- wp_days_ago_v3(); ?>
- २१ श्रावण २०७५, सोमबार
म्याग्दी, २१ साउन। म्याग्दीका चर्चित लोकगायक रवि कार्कीको ‘गलेश्वरको दर्शन’ बोलको गीत सार्वजनिक भएको छ । गलेश्वर शिवालय क्षेत्र विकास कोषको प्रस्तुतीमा गलेश्वर मन्दिरको प्रचारप्रसार र प्रवद्र्धन गर्ने उद्देश्यसहित निर्माण गरिएको सो गीत म्युजिक भिडियो सहित बजारमा ल्याइएको हो । साउने सोमबारको अवसर पारेर गलेश्वर मन्दिरमा एक कार्यक्रमकाबीच गीतको विमोचन... पुरा पढ्नुहोस
साउनको तेस्रो सोमबार गलेश्वर मन्दिरमा भक्तजनको भिड
- wp_days_ago_v3(); ?>
- २१ श्रावण २०७५, सोमबार
म्याग्दी, २१ साउन । म्याग्दीको प्रशिद्ध प्रमुख धार्मिक स्थल गलेश्वरधाममा साउन महिनाको तेस्रो सोमबार भक्तजनको भिड लागेको छ । रघुगंगा र कालिगण्डकी नदीको पवित्र संगमस्थदमा ९ रोपनीमा भैलिएको चक्रशिलामा माथि रहेको धार्मिक स्थल गलेश्वरधाममा साउन महिनाको विशेष पुजाले भक्तजनको भिड लाग्ने गरेको हो । सोमबारको दिन भगवान शिवको पवित्र पर्व... पुरा पढ्नुहोस
पर्वत बेतेनीमा यात्रुबाहक बस दुर्घटनाः १९ जना घाईते, ६ को अवस्था गम्भिर
- wp_days_ago_v3(); ?>
- २१ श्रावण २०७५, सोमबार
पर्वत, २१ साउन । जोमसोमका लागि छुटेको यात्रुबहाक बस पर्वतको बेतेनीमा दुर्घटना भएको छ । दुर्घटनामा १९ यात्रु घाइते भएका छन् । घाइते मध्ये ६ को अवस्था गम्भिर छ । सोमबार विहान ७ बजे पोखराबाट जोमसोमका लागि छुटेको ग१ख ५५९८ नम्बरको यात्रुबहाक बस बिहान ९ः ३० बजेको समयमा दुर्घटना भएको... पुरा पढ्नुहोस
बषौदेखिको गुठी समस्या कहिले हुन्छ समाधान !
- wp_days_ago_v3(); ?>
- २१ श्रावण २०७५, सोमबार
धिरन खत्री म्याग्दी, २१ साउन । रघुगंगा गाउँपालिका–२ भगवतीका झलक खत्रीलाई आफ्नो पुस्तौदेखि भोगचलन गर्दै आएको खेतबारी अंशबण्डा गर्दा समस्या आएको छ । मुक्तिनाथ सदावर्त गुठीको कानुनी अडचनले गर्दा उनीहरुको जग्गा पुस्ता हस्तान्तरणमा समस्या भएको हो । खत्रीले मात्रै होइन् म्याग्दीको रघुगंगा गाउँपालिका–२ भगवती, ३ पिप्ले र अन्नपूर्ण गाउँपालिका– दोबाका... पुरा पढ्नुहोस