ताजा अपडेट

लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण तालिम सुरु

म्याग्दी, १३ वैशाख । म्याग्दीको सदरमुकाम बेनीमा बिहीबारदेखि संस्थागत सुदृढीकरणका लागि लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणसम्बन्धी अभिमुखीकरण तालिम सुरु भएको छ । संस्थामा आबद्ध पदाधिकारीहरुलाई संस्थागत सुदृढीकरणका सम्बन्धमा विविध विषयहरुमा जानकारी गराउने उद्देश्यले तालिम सञ्चालन गरिएको हो । युएसआईडीको आर्थिक सहयोगमा सञ्चालित सुआहारा कार्यक्रममार्फत साझेदार संस्था मिलन म्याग्दीका पदाधिकारीहरुलाई लक्षित... पुरा पढ्नुहोस

पुनहीलदेखी करबाकेली जाेड्ने पदमार्ग सञ्चालनमा

सुरेन्द्र राना  म्याग्दी, १३ वैशाख ।  संसारमै प्रख्यात अन्नपूर्ण क्षेत्रमा पर्ने म्याग्दीको पुनहिलमा बर्सेनी हजारौं पर्यटक पुग्छन् । त्यसको बेस क्याम्प घोडेपानीमा राम्रो चहलपहल हुन्छ । तर त्यही पुनहिलको दक्षिणी बेस क्याम्प फूलबारीमा भने कमै पर्यटक पुग्छन् । त्यसैले फूलबारी सहित समग्र करबाकेली क्षेत्रको पर्यटन प्रवद्र्धनमा टेवा पुर्याउन भर्खरै नयाँ पदमार्ग... पुरा पढ्नुहोस

म्याग्दी सहित ३७ जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा

म्याग्दी, १३ वैशाख । गृह मन्त्रालयले म्याग्दी सहित ३७ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको सरुवा गरेको छ । बिहीबार प्राप्त सरुवा सूची अनुसार म्याग्दीका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद अधिकारीको कारागार व्यवस्थापन विभागको निर्देशक पदमा सरुवा गरिएको छ । ८ महिना अघि म्याग्दीमा आएका प्रअिज अधिकारीले आफ्नो म्याग्दी बसाईको क्रममा सेवा... पुरा पढ्नुहोस

संरक्षण र प्रचारप्रसारको पखाईमा कालीदह ताल

  म्याग्दी १३ वैशाख ।  प्रशस्त पर्यटकीय सम्भावना बोकेको  म्याग्दीकाे  अन्नपूर्ण गाउँपालिका–८ राम्चेमा पर्ने कालीदह ताल संरक्षण र प्रचारप्रसारको पखाईमा रहेको छ । अन्नपूर्ण धौलागिरी सामुदायिक पर्यावरणीय पदमार्गअन्तर्गतको प्रमुख पर्यटकीय गन्तब्य मोहरेडाँडा र पुनहिलको बीचमा रहेको कालीदह प्रचारप्रसार, पूर्वाधार निर्माण र संरक्षणको अभावमा ओझेलमा परेको हो । मोहरेडाँडामा पर्यटकको आगमन बढे... पुरा पढ्नुहोस

मल्कबाङ्गका खोल्साहरुमा कल्भर्ट पुल निर्माण सुरु

म्याग्दी, १३ वैशाख । म्याग्दीको धौलागिरी गाउँपालीका – ५ मल्कबाङ्ग गाउँभित्र रहेको खोल्साहरुमा वारपारको लागि कल्भर्ट पुल निर्माण गर्न थालिएको छ । गाउँपालिका मार्फत विनियोजन भएको रु १६ लाख ८० हजार बजेट मार्फत मल्कबाङ्ग गाउँभित्र रहेका खोल्साहरुमा ५ वटा कल्भर्ट पुल निर्माण गर्न सुरु गरिएको हो । दलमान छन्त्यालको अध्यक्षतामा... पुरा पढ्नुहोस

महाबिर पुनको ‘मेकर स्पेस’लाई वृज सिमेन्टको साथ

काठमाडौ १३ वैशाख । कीर्तिपुरमा निर्माणाधिन ‘मेकर स्पेस’लाई वृज सिमेन्टले सघाउने भएको छ । राष्ट्रिय आविष्कार केन्द्र र पुष्पतारा केडिया सेवा संस्था तथा वृज सिमेन्ट इण्डष्ट्रिज प्रालिका बीचमा बुधवार  संझौता भएको हो ।काठमाडौमा आयोजित कार्यक्रममा राष्ट्रिय आविष्कार केन्द्रका तर्फबाट महाविर पुन र कम्पनीका प्रबन्ध निर्देशक मनोज केडियाले संझौता पत्रमा हस्ताक्षर... पुरा पढ्नुहोस

ठाडखानी गाउँ चिनाउने म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित)

म्याग्दी, १२ वैशाख । म्याग्दीको रघुगंगा गाउँपालिका–६ ठाडखानी गाउँ चिनाउने लोकदोहोरी गित म्युजिक भिडियो सहित सार्वजनिक भएको छ ।‘कला र संस्कृति ठाडखानीको’ बोलको गितलाई क्रियटिभ मिडिया प्रोडक्सनले युट्युब मार्फत बजारमा ल्याएको हो। प्रविन छन्त्यालको शब्द तथा लय सिर्जना रहेको उक्त गितमा अर्जुन सुनाम र विन्दु परियारले स्वर भरेका छन् ।... पुरा पढ्नुहोस

मंगला गाउँपालिकाको दोस्रो गाउँसभाबाट एघार बिधेयक पारित

(मंगला)म्याग्दी १२ बैशाख । मंगला गाउँपालिकाको बुधबार बाबियाचौरमा सम्पन्न दोस्रो गाउँसभाले स्थानीय सरकार सञ्चालन सम्बन्धि विभिन्न ११ वटा बिधेयक पारित गरेको छ । अध्यक्ष सतप्रसाद रोकाले प्रस्तुत गरिएको बिधेयकहरु गाउँसभामा छलफलपछि सर्वसहमतीमा पारित भएको हो ।गाउँपालिकाको आर्थिक कार्यबिधी नियमित तथा व्यवस्थित गर्न बनेको ऐन २०७५, सहकारी ऐन, बजार अनुगमन निर्देशिका,... पुरा पढ्नुहोस

मुस्ताङकाे थासाङमा ६८ वर्षिय बृद्धबाट २८ महिने वालिका बलात्कृत

मुस्ताङ १२ वैशाख । एकै गाउँ । एकै ठाउँ। एक आपसमा पूर्णपरिचित नजिकैका छिमेकीले घृणित सोच लिएर वालिका माथि  बलत्कार जस्ताे जघन्य अपराध गर्छन् भन्ने जोकोहीलाई नलाग्न सक्छ । त्यसमाथि उमेर हदबन्दीले डाडा काट्दै गरेका बृद्ध व्यक्ति,जसले खराव दुस्कार्य बोकेर नावालिका माथि करणी गरे भन्ने सुन्दा अपत्यारिलो लाग्न सक्छ ।... पुरा पढ्नुहोस

धौलागिरीका अध्यक्ष र उपाध्यक्षद्धारा बालबालिकाको अभिभावकत्व ग्रहण

म्याग्दी १२ बैशाख । धौलागिरि गाउँपालिकाका अध्यक्ष थमसरा पुन र उपाध्यक्ष रेशम छन्त्यालले दुई जना बालबालिकाको अभिभावकत्व ग्रहण गर्नुभएको छ । अध्यक्ष पुनले धौलागिरी गाउँपालिका ४ खिवाङकी बिन्दीका बुढालाई स्थानीय चन्द्रज्योती माविको कक्षा ६ मा भर्ना गराउनुभएको हो । अभिभावकको कमजोर आर्थिक अवस्था भएकी बुढालाई अध्यक्ष पुनले वार्षिक पढाई खर्च... पुरा पढ्नुहोस