ताजा अपडेट

सुशासन र सुरक्षालाई बलियो बनाउने प्रजिअ अधिकारीको प्रतिवद्धता

म्याग्दी,१६ बैशाख । म्याग्दीमा नवआगन्तुक प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले जिल्लामा सुशासन र सुरक्षालाइबलियो बनाउने प्रतिवद्धता गर्नुभएको छ । आईतबार जिल्लामा क्रियाशिल पत्रकारहरुको भेटघाट कार्यक्रममा प्रजिअ अधिकारीले सो प्रतिवद्धता जनाउनुभएको हो । उहाँले जिल्लामा रहेको विकास निर्माणका योजनाको अनगुमन, प्रशासनिक सेवालाई गुणस्तरिय बनाउन आफुले निरन्तर लागि पर्ने समेत बताउनुभयो ।... पुरा पढ्नुहोस

विद्यालयलाई कम्युटर सहयोग

म्याग्दी, १६ वैशाख । मंगला गाँउपलिका–३ खर्कमा रहेको जनप्रिय आधारभुत विद्यालयलाई भुतपुर्व वेलायती सैनिक गिरीबहादुर थापा द्वारा ७० हजार रुपौयाँ मुल्य बराबरको दुई थान कम्युटर सहयोग प्राप्त भएको छ । आईतबार विद्यालयमा एक औपचारीक कार्यक्रमगरी थापाकी श्रीमती कौशिला थापा र भाई राजु थापाले विद्यालयलाई कम्युटर सहयोग गरेको विद्यायलका शिक्षक केपी... पुरा पढ्नुहोस

कालिगण्डकी नदीमा ब्यवसायिक ¥याफ्टिङको सम्भावना बलियो

म्याग्दी, १६ बैशाख । कालिगण्डकी नदिमा टान पोखराको आयोजनामा शनिबार ¥याफ्टिङ गरिएको छ । कालिगण्डकी नदीमा ब्यवसायिक ¥याफ्टिङ यात्राको सम्भावना बलियो रहेको गाईडहरु बताउछन् ।¥याफ्टिङ ब्यवसायिक रुपमा विकास गर्न सकेमा आन्तरिक तथा बाह्य पर्यटकको आगमनले रोजगारीको रुपमा विकास गर्न सकिने देखिन्छ । तस्विरः धिरन खत्री पुरा पढ्नुहोस

मृगौला पिडित घर्तिको परिवारले दिए सहयोगदातालाई धन्यबाद

म्याग्दी, १६ वैशाख । म्याग्दीको मालिका गाउँपालिका– ५ देविस्थानकी मिर्गौला पिडित नरु घर्तिका घरपरिवारले सहयोगदाताहरुलाई धन्यबाद दिएका छन् । मिर्गौलाले काम नगरेपछि अस्पतालमा उपचाररत घर्तिलाई विभिन्न क्षेत्रबाट सहयोग जुटेको थियो । उनको उपचार गराउन गाउँ ,टोल,क्लब, देश तथा बिदेश देखी आर्थिक रूपमा सहयोग गर्नुहुने सहयोगदाताहरुलाई उनका श्रीमान रामप्रसाद घर्तिले धन्यबाद... पुरा पढ्नुहोस

एनसिसि बैंकको शाखा बेनीमा सुरु

म्याग्दी,१६ बैशाख । म्याग्दीको बेनीमा एनसिसि बैंक ८८औँ शाखाको रुपमा सुरु गरिएको छ । नेपाल क्रेडिट एण्ड कमर्स बंैक लिमिटेड (एनसिसि बंैक) संचालक समितिका अध्यक्ष उपेन्द्र केशरी न्यौपानेको उपस्थितमा आईतबार शाखालाई उद्घाट्न गरिएको हो । शाखालाई उद्घाटन गर्दै अध्यक्ष उपेन्द्रकेशरी न्यौपानेले बैंकको सेवा प्रवाह स्थानीय सरकारको समृद्धिको योजनालाई सफल बनाउने... पुरा पढ्नुहोस

तुलसीपुरमा आविष्कार केन्द्र खोल्न चाहन्छु : महावीर पुन

तुलसीपुर, वैशाख १६ । प्रसिद्ध म्यागासेसे पुरस्कार बिजेता राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले तुलसीपुरमा आविष्कार केन्द्र खोल्न इच्छुक रहेको वताएका छन् । तुलसीपुर उपमहानगरपालिकाले प्रविधिको विकासका लागि देखाएको चासोलाई सम्मान गरेर आविष्कार केन्द्र खोल्नका लागि आफु इच्छुक रहेको उनले वताए । उनले प्रविधिको विकास विना कुनै पनि ठाउँको विकास... पुरा पढ्नुहोस

६८ बर्षका पूर्वशिक्षकद्धारा १० बर्षिया बालिका बलात्कृत

म्याग्दी, १६ वैशाख । म्याग्दीको अन्नपूर्ण–७ हिस्तान औलमा पूर्वशिक्षकद्धारा दश बर्षीया बालिका बलात्कृत भएकी छन् । स्थानीय मण्डली आधारभूत विद्यालयका पूर्व शिक्षक ६८ बर्षीय धनबहादुर पुनले सोही विद्यालयमा अध्ययनरत विद्यार्थीलाई गत मंसिर देखि विभिन्न समयमा बलात्कार गर्दै आएको खुलेको हो । पीडित बालिकाको स्वास्थ्यमा अस्वभाविक समस्या देखिन थालेपछि उक्त घटना... पुरा पढ्नुहोस

निस्कोटको बराह ताल जाने पदमार्ग निर्माण शुरु

म्याग्दी, १६ वैशाख । मालिका गाउँपालिका–१ निस्कोटदेखि पर्यटकीय महत्वको बराह ताल जोड्ने पदमार्ग निर्माण कार्य शुरु भएको छ । गाउँपालिकाको सहयोगमा स्थानीयवासीले उपभोक्ता समितिमार्फत निस्कोटदेखि बराह ताल जाने बाटोमा व्यवस्थित पदमार्ग निर्माण शुरु गरेका हुन् । यस वर्ष गाउँपालिकाको रु पाँच लाख अनुदानमा निस्कोटदेखि सिद्ध मन्दिरको छेउसम्म ४३० मिटर पदमार्ग... पुरा पढ्नुहोस

विकास योजनाहरुको स्थलगत अनुगमन

म्याग्दी, १५ वैशाख । म्याग्दीको बेनी नगरपालिका–४ नम्बर वडा सिङ्गाको विभिन्न स्थानमा शनिबार विकासे योजनाहरुको स्थलगत अनुगमन कार्यक्रम सम्पन्न भएको छ । चालु आर्थिक वर्ष २०७४/७५ मा बेनी नगरपालिका र वडा कार्यालयबाट सञ्चालित योजनाहरुको अनुगमन तथा निरीक्षण गरिएको हो । अनुगमन टोलीले बेनपा–४ को डाँडाखेतमा निर्माणाधीन बालमन्दिर आधारभूत विद्यालयको भवनको... पुरा पढ्नुहोस

म्याग्दी जेसीजद्धारा पर्यटकीय रुइसेमा भ्यु प्वाइन्ट स्थापना ( फोटो फिचर)

म्याग्दी, १५ वैशाख । म्याग्दीको रघुगंगा गाउँपालिकाको प्रमुख पर्यटकीय गन्तव्य रुईसे–भेडिओढारको प्रचार प्रसार र पर्यटन प्रवद्र्धनको लागि म्याग्दी जेसीजले भ्यु प्वाइन्ट स्थापना गरेको छ । म्याग्दी जेसीजको ‘एक स्थानीय तह एक कार्यक्रम’ अन्र्तगत पर्यटकीय रुईसेको ताराखसेमा भ्यु प्वाइन्ट स्थापना गरिएको हो । शनिवार म्याग्दी जेसीजको आयोजनामा रुईसेमा भएको पर्यटन प्रवद्र्धन... पुरा पढ्नुहोस