ताजा अपडेट

म्याग्दीमा भेटिएको किङ्ग कोब्रा सर्प संरक्षणको लागि पहल

म्याग्दी, १३ माघ । म्याग्दीको बेनी नगरपालिका वडा नं ९ घतानको कोसेपानीको जंगलमा भेटिएको दुर्लभ ‘किङ्ग कोब्रा’ अर्थात् राज नागलाई संरक्षणको लागि पहल थालिएको छ । किङ कोब्रा देखिएपछि त्यस ठाउँमा हेर्न जानेहरुको सख्ंया बढेको र वासस्थान नजीकै आगो लगाएर भगाउन खोज्ने लगायतका गतिविधि बढेपछि डिभिजन वन कार्यालयले सर्प विशेषज्ञलाई... पुरा पढ्नुहोस

बेनी बोडीङ कपको उपाधि जनप्रियलाई

बेनी १२ माघ । बेनीमा शनिबार सम्पन्न आधारभुत विद्यालय स्तरीय आठौ बेनी बोडीङ कप फुटबल प्रतियोगिताको उपाधि जनप्रिय मावि दरवाङले जितेको छ । न्यु वेष्ट पोइन्ट आवासीय माविलाई पेनाल्टी सुटआउटमा आठका विरुद्ध नौ गोल गर्दै जनप्रियले उपाधि जितेको हो । निर्धारित समयमा दुवै तर्फबाट गोल हुन नसकेपछि खेल पेनाल्टी सुटआउटमा... पुरा पढ्नुहोस

शिक्षक संघ बेनी नगर कार्य समितिको भेला

म्याग्दी, १२ माघ। अनुभव र योग्य शिक्षकले नै शिक्षित समाजका लागी भूमिका खेल्ने शनिबार म्याग्दीको सदरमुकाम बेनीमा आयोजित कार्यक्रमका बक्ताले बताएका छन् । विद्यालयका आवश्यक माग पुरा गर्न नसक्दा शिक्षकले योग्यता अनुसार काम गर्ने वातावरण नभएको बताउँदै गुणस्तरीय शिक्षाका राहत,करार र बालशिक्षाका शिक्षकहरुले राख्दै आएको माग पुरा हुनुपर्नेमा जोड दिएका... पुरा पढ्नुहोस

रेडक्रस दरवाङ उपशाखाको साधारणसभा

बेनी, १२ माघ । नेपाल रेडक्रस सोसाइटी दरवाङ उपशाखाको १९ औ साधारणसभा शनिबार सम्पन्न भएको छ । उपशाखाका कार्यबाहक सभापति भिमप्रसाद गौतमको अध्यक्षता र सचिव हिरा पुनको सञ्चालनमा सम्पन्न साधारणसभामा प्रमुख अतिथि मालिका गाउँपालिकाका उपाध्यक्ष खरमाया बिटालुले विपद् व्यवस्थापन र मानविय सेवामा रेडक्रसको सहनीय भुमिका रहेको बताउनुभयो । साधारणसभामा सचिव... पुरा पढ्नुहोस

मल्कबाङ्गमा भारी हिमपात

म्याग्दीका उच्च पहाडी भूभागमा बाक्लो हिमपात परेकाले जनजीवन प्रभावित बनेको हो । शुक्रबार साँझदेखि जिल्लाको अधिकांश गाउँमा बाक्लो हिमपात भएको छ। हिउँ परेपछि किसान भने हर्षित भएका छन् । हिउँ पर्दा खेतीपाती राम्रो हुने भएपछि किसान खुसी भएका हुन् । यद्यपि,वृद्धवृद्धा, बालबालिकालाई भने हिउँले गर्दा अप्ठ्यारो बनाएको छ। हिउँ परेसँगै... पुरा पढ्नुहोस

म्याग्दीमा १२ बर्षपछि भारी हिमपात (फोटो फिचर)

बेनी १२ माघ । म्याग्दीमा भारी हिमपात भएको छ । १२ बर्षपछि यहाँ तल्लो पहाडी क्षेत्रसम्मै भारी हिमपात भएको हो । २०६३ साल फागुनमा जिल्ला सदरमुकाम बेनीमा समेत हिमपात भएको थियो । गयराती परेको बर्षासंगै सदरमुकाम बेनी आसपासका डाँडाहरु समेत हिमपातले सेताम्मे भएका छन् । हिमपातले अधिकाँश ग्रामीण सडकमा यातयात... पुरा पढ्नुहोस

आहा ! रत्नेचौरको पहेँलपुर तोरीफाँट (फोटो फिचर)

उर्मिला रेग्मी रत्नेचाैर, ११ माघ । म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरको फाँटमा पहेँलपुर बनेको तोरीको फाँट । यहाँको तोरी खेती स्थानीयको आयआर्जन र आन्तरिक पर्यटकहरुको लागि आकर्षण समेत बन्न थालेको छ । रत्नौचौरमा पहेलपुर तोरी फुलेको दृश्य मनमोहक छ । समथर भुगोल, चिटिक्क मिलेका घर, पृष्ठ भूमिमा देखिने धौलागिरि हिमाल रत्नेचौरका... पुरा पढ्नुहोस

विप्लब निकट अनेरास्ववियू (क्रान्तिकारी) को जिल्ला अध्यक्षमा खड्का चयन

म्याग्दी, ११ माघ । नेत्रविक्रम चन्द (बिप्लब) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियू –क्रान्तिकारी) म्याग्दीको अध्यक्षमा विनय खड्का निर्वाचित हुनुभएको छ । संगठनको शुक्रवार बेनीमा सम्पन्न १६ औँ जिल्ला सम्मेलन एवम अधिवेशनबाट खड्काको नेतृत्वमा २१ सदस्यीय जिल्ला कमिटी सर्वसम्मत रुपमा चयन गरिएको हो । सम्मेलनबाट उपाध्यक्षमा सुश्मा शेच्चुरी,... पुरा पढ्नुहोस

भकिम्लीका कृषकलाई किवीका बिरुवा वितरण

बेनी ११ माघ । बेनी नगरपालिका ३ भकिम्लीमा व्यवसायिक किबी खेती विस्तारका लागि कृषकहरुलाई निशूल्क बिरुवा वितरण गरिएको छ ।  केही वर्षअघि परिक्षणका लागि गरिएको किबी खेती सफल भएपछि बेनी नगरपालिकाको सहयोगमा वडा कार्यालयले कृषकहरुलाई निशूल्क किबीका बिरुवा वितरण गरेको हो । ४२ घरधुरी कृषकहरुलाई ८१५ वटा कलमी गरिएका किबीका... पुरा पढ्नुहोस

आगोलागीबाट एक घर जलेर नष्ट

बेनी ११ माघ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ६ घारमा शुक्रबार दिउँसो भएको आगोलागीबाट एक घर जलेर नष्ट भएको छ । घारको तोपेचौर स्थित भुपेन्द्रबहादुर खड्काको एक तले पाँच कोठे घरमा आगोलागी हुँदा जलेर पूर्णरुपमा क्षति भएको हो । अन्नपूर्ण चक्रीय पदमार्गको भुरुङ्ग तातोपानी–घोडेपानी खण्डमा पर्ने सो घरमा खड्काले एक्सीलेन्ट भ्यु... पुरा पढ्नुहोस