प्रहरी सेवा प्रभावकारी बनाउन म्याग्दीमा ‘लङ रुट गस्ती’ सुरु

  • १२ फाल्गुन २०७५, आईतवार
  • धिरन खत्री
  • 2002 पटक पढिएको


म्याग्दी, १२ फागुन । म्याग्दीमा प्रहरीले नियमित ग्रामिण गस्ती सुरु गरेकाे छ। हालै रौतहटबाट सरुवा भएर आएका नवआगन्तुक प्रहरी नायव उपरिक्षक महेन्द्र प्रसाद मरासिनीले ग्रामिण भेगमा प्रहरीकाे उपस्थिती बढाउन र शान्ति सुरक्षालाइ  प्रभावकारी दिलाउन ‘लङ रुट गस्ती’ सुरु गरिएको जानकारी दिए । प्रनाउ मरासिनीले आईतबार जिल्लामा रहेका संचारकर्मीसंगको परिचायात्मक कार्यक्रममा बौल्दै जिल्लाको शान्ती सुरक्षालाई मजबुद बनाउन वडा–वडामा पुगेर जनतामाझँ प्रहरी सेवा प्रभावकारी बनाउन स्थानीय तहमा प्रहरी टोलीले गस्ती सुरु गरेको बताए ।

भौगोलिक रुपमा विकटता रहेको म्याग्दीमा शान्ति र सुरक्षलाई मजवुद बनाउन ६ वटा स्थानीय तहको वडा–वडामा ७ जना प्रहरीको टोलीले ५ दिनको नियमित योजनाबद्ध गस्ति संचालन गरिएको जानकारी दिए । समाजमा हुने अवराधिक गतिविधि नियन्त्रणका लागि प्रहरी र पत्रकारको सहकार्यले यथार्थ सूचना जनताले पाउने बताउदै संचारमाध्यम र प्रहरीविचको सूचना आदानप्रदान मित्रबद रहनुपर्ने बताए ।

प्रनाउ मरासिनीले संघिय संरचनाअनुसार स्थानीय तहको भुगोल अनुसार सुरक्षा ब्यवस्था प्रभावकारी बनाउनका नयाँ प्रहरी विटहरु स्थापना गर्नका लागि पहल गर्ने बताएका छन् । दुव्र्यसन र अपराधलाई न्युनिकरणकाे लागि जनचेतनामुलक कार्यक्तम अन्र्तगत विद्यार्थी एकदिन प्रहरीसंग कार्यक्रमलाई सुरुवात गर्ने उनले बताए । कार्यक्रममा उपस्थित पत्रकारले दुर्गम ग्रामिण भेगका जनतालाई लक्षित गरेर सेवा प्रवाहमा ध्यान दिन सुझाव दिएका थिए ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l