८४ बर्षिय बृद्धा बलात्कृत, जर्वजस्ती करणीको आरोपीत गोरे पक्राउ
- १२ फाल्गुन २०७५, आईतवार
- 1968 पटक पढिएको
बेनी, १२ फागुन । म्याग्दीमा एक ८४ बर्षिय बृद्धामाथि जर्वजस्ती करणी भएको छ । रघुगंगा गाउँपालिका– ३ दुलेपानीका ३५ बर्षिय गोरे परियार राम्रोसंग बोल्न र हिँड्न समेत नसक्ने अबस्थामा रहेकी ति बृद्धालाई रातमा उनकै घरमा बलत्कार गरेको उजुरीको आधारमा पक्राउ परेका छन् ।रातमा कोहि पनि नभएको समयमा बृद्धालाई बलत्कार गरेको उजुरी परेपछि निजलाई पक्राउ गरि आबश्यक अनुसंधान अघि बढाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक महेन्द्र प्रसाद मरासिनीले जानकारी दिनुभयो ।
‘‘ गाउँले नातागोता पर्ने ति युवाले जर्वजस्ती करणीको प्रयास गरेपछि बृद्धा महिलाले प्रतिकार गरेको र हारगुहार गरेको बुझियो,पछि उनको नातीनि र छिमेकीले उद्धार गरेका रहेछन्, घटनाको सुचना पाय लगत्तै प्रहरी कार्यालयबाट खटिएको टोलिले पिडक परियारलाई नियन्त्रणमा लिएको छ’’–प्रनाउ मरासिनीले भन्नुभयो ।
असक्त उमेरकी बृद्धालाई आफन्तको सहयोगमा बेनी अस्पतालमा ल्याएर श्वास्थ्य परिक्षण गरिएको छ । बृद्धाको हातमा समेत सामान्य चोट लागेको प्रहरीले जनाएको छ । आरोपित परियार यस अघि पनि गौबध गरेको आरोपमा ५ बर्ष जेल सजाँए भुक्तानी गरी रिहा भएको भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।