ताजा अपडेट
पोर्तुगलमा जनसम्पर्क समितिको आायेजनामा बृहत कार्यक्रम सम्पन्न
- 6 बर्ष, 10 महिना अगाडि
- ११ चैत्र २०७५, सोमबार
निरोज कार्की पोर्तुगल ११ चैत । नेपाली काँग्रेसको भातृय संगठन नेपाली जनसम्पर्क समिति पोर्तुगलले फागु पूर्णिमा र आउँदै गरेको चैते दशैँ तथा नेपाली नयाँ बर्षको अवसरमा शुभकामना आदान प्रदान तथा बनभोज कार्यक्रम सम्पन्न गरेको छ । जनसम्पर्क समितिका कार्यबहाक सभापती ओकील के.सी. को अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन नेपाली काँग्रेसका आमन्त्रित... पुरा पढ्नुहोस
झिँ र पात्लेखेतको सिमा बिवाद समाधानका लागि पहल
- 6 बर्ष, 10 महिना अगाडि
- ११ चैत्र २०७५, सोमबार
सन्तोष गौतम बेनी ११ चैत । म्याग्दीको बेनी नगरपालिका १० पात्लेखेत र रघुगंगा गाउँपालिका ५ झिँका बासिन्दाबिच उत्पन्न सिमाना बिवाद समाधानका लागि पहल थालिएको छ । सिमा बिवाद समाधानका लागि सोमबार दुईवटै स्थानीय तह र वडाका जनप्रतिनिधि, सुरक्षा अधिकारी, नापीका कर्मचारीको टोलीले स्थलगत अध्ययन र स्थानीयबासीहरुको प्रतिक्रिया लिएको छ ।... पुरा पढ्नुहोस
वर्ड फ्लु भित्रन नदिन म्याग्दीमा उच्च सतर्कता
- 6 बर्ष, 10 महिना अगाडि
- ११ चैत्र २०७५, सोमबार
सन्तोष गौतम बेनी ११ चैत । हिमाली जिल्ला म्याग्दीमा पंक्षिजन्य रोग वर्ड फ्लु भित्रन नदिनका लागि उच्च सतर्कता अपनाइएको छ ।जिल्ला वर्ड फ्लु नियन्त्रण समितिका संयोजक समेत रहनुभएका प्रजिअ लीलाधर अधिकारीको अध्यक्षतामा सोमबार जिल्ला प्रशासन कार्यालयमा बसेको सरोकारवालाहरुको बैठकले देशका विभिन्न ठाउँमा देखिएको वर्ड फ्लू म्याग्दीमा भित्र्न नदिनका लागि आवश्यक... पुरा पढ्नुहोस
नदीजन्य उत्खनन र क्रसर उद्योगलाई मापदण्ड कार्यान्वयन गराउन नगरपालिकाको चासाे
- 6 बर्ष, 10 महिना अगाडि
- ११ चैत्र २०७५, सोमबार
बेनी, ११ चैत । बेनी नगरपालिकाले नदिजन्य पदार्थ उत्खनन कार्य र क्रसर उद्योगलाई मापदण्ड कार्यान्वन गराउन ताकेता गरेको छ । म्याग्दी नदीबाट ढुंगा बालुवा उत्खनन गर्दा मापदण्ड मिचेर अस्वभाविक तवरले नदी दोहन हुनेक्रम बढेपछि नगरपालिकाले नियमनको लागि स्थलगत अनुगमन गरेको छ । नगरपालिकाले गठन गरेको क्रसर उद्योग अनुगमन समितिका संयोजक... पुरा पढ्नुहोस
सेवा सहित व्यवसाय, अन्तराष्ट्रिय स्तरको हवाइ टिकट बुकिङ बेनीबाटै
- 6 बर्ष, 10 महिना अगाडि
- ११ चैत्र २०७५, सोमबार
म्याग्दी, ११ चैत । के तपाईलाई आन्तरिक तथा अन्तराष्ट्रिय हवाई यात्रा गर्दै हुनुहुन्छ ? यदि हुनुहुन्छ भने टिकट बुकिङको लागि काठमाण्डौ र पोखरा जानुपर्ने बाध्यता हटेको छ । यहाँका एक युवाले आन्तरिक तथा अन्र्तराष्ट्रिय हवाइ टिकट बुकिङ लगायत सेवा सहितको व्यवसाय सञ्चालन गरेका हुन् । रघुगंगा गाउँपालिका– ३ पिप्ले घर... पुरा पढ्नुहोस
मुस्ताङमा सुख्खा पहिरो, स्वास्थ्यचौकी र चर्पी बगे, ८ घर उच्च जोखिममा
- 6 बर्ष, 10 महिना अगाडि
- ११ चैत्र २०७५, सोमबार
सुशीलबाबु थकाली मुस्ताङ, ११ मुस्ताङ । मुस्ताङको घरपझोङ गाउँपालिका– १ छैरोको तिब्बतियन क्याम्पनजिकै गएराति २ बजेबाट गएको ठुलो पहिरोले धनजनको क्षति र्पुयाएको छ । तिब्बतीयन क्याम्पमा अहिले ६३ घरधुरी रहेको बताइएको छ । अहिल्य ५० घरधुरीमा मात्रै मानिसहरू बसोबास गर्ने भए पनि बाँकी सामुदायिक भवन, स्वास्थ्य चौकी, तारा खेल्नको लागि... पुरा पढ्नुहोस
म्याग्दीमा १० लाखको बहुउदेश्यीय अक्षयकोषको लागि कतारमा साँस्कृतिक कार्यक्रम हुँदै
- 6 बर्ष, 10 महिना अगाडि
- ११ चैत्र २०७५, सोमबार
म्याग्दी, ११ चैत । कतारमा रहेका म्याग्देलीहरुको साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ (मोना) कतारले म्याग्दीमा रु १० लाखको अक्षयकोष स्थापना गर्ने भएको छ । म्याग्दीमा बहुउदेश्यीय अक्षयकोष स्थापनाको लागि नयाँ बर्ष २०७६ को अवसरमा कतारमा साँस्कृतिक कार्यक्रम आयोजना गर्न लागिएको मोना कतारका अध्यक्ष तिलु शर्मा पौडेलले बताउनुभयो । अप्रिल... पुरा पढ्नुहोस
बालविकास केन्द्रलाई शैक्षिक सामग्री वितरण
- 6 बर्ष, 10 महिना अगाडि
- ११ चैत्र २०७५, सोमबार
पोखरेवगर १० चैत । अन्नपूर्ण गाउँपालिकाले बालविकास केन्द्रलाई शैक्षिक सामग्री वितरण गरेको छ । नेपाल एजेकेशन फाउण्डेशनको संयोजनमा आइतबार गाउँपालिकाको केन्द्र पोखरेबगरमा भएको अनुशिक्षण कार्यक्रममा शैक्षिक सामग्री वितरण गरिएको हो । गाउँपालिकामा सञ्चालित ४१ व्टा बालविकास केन्द्रलाई आवश्यक खेलौना, खेलकुद र शैक्षिक सामग्रीहरु वितरण गरिएको कार्यपालिकाको सामाजिक विकास समितिका... पुरा पढ्नुहोस
क्यान्सरपिडितको उपचारका लागि बगरफाँटमा घरदैलो
- 6 बर्ष, 10 महिना अगाडि
- १० चैत्र २०७५, आईतवार
बेनी १० चैत । जलजला गाउँपालिका २ बगरफाँटकी क्यान्सर पिडित कमला विश्वकर्माको उपचारका लागि सहयोग जुटाउन बगरफाँटमा शनिबार घरदैलो गरिएको छ ।४० वर्षीय विकको परिवारको कमजोर आर्थिक अवस्थाका कारण उपचारमा समस्या देखिएपछि बगरफाँटका बासिन्दाहरुले घरदैलो गरेर करिब एक लाख रुपैयाँ सहयोग जुटाएका हुन् । जलजला–३ का वडा अध्यक्ष देवेन्द्र... पुरा पढ्नुहोस
निर्मला बलात्कार–हत्या: तत्कालीन एसपी विष्ट साढे १० लाख धरौटीमा रिहा
- 6 बर्ष, 10 महिना अगाडि
- १० चैत्र २०७५, आईतवार
काठमाडौं– कञ्चनपुरकी निर्मला पन्त बलात्कार–हत्या प्रकरणमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका तत्कालीन प्रहरी उपरीक्षक (एसपी) दिल्लीराज विष्ट साढे १० लाख धरौटीमा रिहा भएका छन् । निर्मला हत्या प्रकरणमा प्रमाण नष्ट गरिएको र शंकाष्पद अभियुक्त दिलिपसिंह विष्टलाई यातना दिएको अभियोगमा थुनछेक बहसपछि उनलाई न्यायाधीश डा.राजेन्द्रकुमार आचार्यले धरौटीमा रिहा गर्न आदेश गरेका हुन्... पुरा पढ्नुहोस