ताजा अपडेट

शान्ति समितिका संयोजकहरुलाई सम्मान

बेनी ७ चैत । भुपु प्रधानमन्त्री स्वर्गीय गिरिजाप्रसाद कोइरालाको नवौ स्मृति दिवस पारेर बिहीबार बेनीमा स्थानीय शान्ति समितिका तत्कालिन संयोजकहरुलाई सम्मान गरिएको छ । जिपी फाउण्डेशन म्याग्दीको आयोजनामा नेपाली काँग्रेस म्याग्दीको पार्टी कार्यालयमा भएको कार्यक्रममा वि.स २०६६ देखि २०७४ सम्म स्थानीय शान्ति समितिको संयोजक भएका १३ जनालाई शान्ति प्रक्रियामा योगदान... पुरा पढ्नुहोस

मौवाफाँट र काउलेगौँडा जोड्ने अग्लो झोलुङ्गे पुल निर्माण, घुमाउरो यात्रा गर्नुपर्ने बाध्यता हट्यो (भिडियो सहित)

कमल खत्री बेनी, ७ चैत ।  म्याग्दीको रघुगंगा गाउँपालिका–३ मौवाफाँट र बेनी नगरपालिका–९ काउलेगौँडा जोड्ने गरि रघुगंगा नदीमा अग्लो झोलुङ्गे पुल निर्माण भएको छ । दुबै तर्फको थाकानको डिलमाथि निर्माण गरिएको १२१ मिटर लामो झोलुङ्गे यस पुल यस क्षेत्रकै अग्लो पुल भएको बताइएको छ । https://www.youtube.com/watch?v=mrlY3l8tHUs सस्पेन्सन ब्रिज डिभिजन ललितपुर... पुरा पढ्नुहोस

डडुवामा पशु स्वास्थ्य शिविर

सन्तोष गौतम बेनी ७ चैत । बेनी नगरपालिका ५ डडुवामा बिहीबार पशु स्वास्थ्य शिविर सम्पन्न भएको छ । बेनी नगरपालिकाको पशु सेवा शाखाको आयोजनामा शिविर सञ्चालन गरिएको हो । शिविरमा ११२ जना कृषकहरुको तीन हजार भन्दा बढी पशुपंक्षीको औषधी उपचार गरिएको शाखाका प्राबिधिक प्रदिप गौतमले बताउनुभयो । उहाँका अनुसार डडुवा,... पुरा पढ्नुहोस

बेनीमा निःशुल्क योग शिविर हुदै

म्याग्दी, ७ चैत । म्याग्दी सदरमुकाम बेनीमा निशुल्क योग शिविर हुने भएको छ । गण्डकी प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको आयोजनामा यहि चैत १३ गतेदेखि १५ गतेसम्म बृहत निःशुल्क योग शिविर आयोजना गरिएको मन्त्रालयबाट शिविरको समन्वयको लागि आउनुभएका डाक्टर कमलराज अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार, बेनी स्थित खुलामञ्चमा हुने... पुरा पढ्नुहोस

हावाहुरीले विद्यालय भवनको छानो उडायो

सन्तोष गौतम बेनी ७ चैत । म्याग्दीको धवलागिरी गाउँपालिका ६ मराङ स्थित राम्चे आधारभूत विद्यालयको भवनको छानो हावाहुरीले उडाएको छ । कक्षा ५ सम्म पढाइ हुने विद्यालयको कार्यालय, एक वटा कक्षा कोठा र शौचालयको छानो बुधबार रातीको हावाहुरीले उडाएको हो । हावाहुरीले जस्ता पाताले छाएको छानो उडाउदाँ प्रशानिक कामकाज प्रभावित... पुरा पढ्नुहोस

घारमा वडा कार्यालय निर्माण

बेनी ७ चैत । अन्नपूर्ण गाउँपालिका–६ घारमा वडा कार्यालय भवन निर्माण भएको छ । तत्कालीन शान्ति तथा पूनःनिर्माण मन्त्रालयले जिल्ला प्राबिधिक कार्यालय मार्फत आर्थिक वर्ष २०७३/७४ मा सुरु भएको भवन मन्त्रालय खारेज भएपछि बजेट अभावमा अलपत्र बनेको थियो । गाउँपालिकाबाट बजेट व्यवस्थापन गरेर भवन निर्माण कार्यलाई पूर्णता दिइएको वडा अध्यक्ष... पुरा पढ्नुहोस

घुम्टेको काख मल्ममा परम्परागत होली मेला सम्पन्न

बागलङ ७ चैत । गण्डकी प्रदेशका भौतिक तथा पूर्वाधार मन्त्री रामशरण बस्नेतले संघीयताले ल्याएको नँया चिज नै प्रदेश सरकार भएको बताएका छन् । बुधवार बागलुङको गलकोट नगरपालिका ७ मल्ममा रहेको घुम्टे युवा परिवारको ३४ औं वार्षिकोत्सव तथा परम्परागत होली मेलाको समापन गदै मन्त्री बस्नेत यस्तो बताए हुन । साथै मन्त्री... पुरा पढ्नुहोस

फापरखेतमा फागुपूर्णिमा मेला सुरु

धु्रबसागर शर्मा म्याग्दी, ७ चैत । बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठले जनप्रतिनिधिहरुले निर्वाचनमा जनताले दिएको मत (जनमत) को कदर गरी निश्पक्ष रुपमा आआफ्नो वडामा विकास निर्माणका कामहरु गर्नुपर्ने बताउनुभएको छ । बुधबार बेनी नगरपालिका वडा नं २ ज्यामरुककोटको फापरखेतमा प्रतिभा युवा क्लवले आयोजना गरेको फागुपूर्णिमा मेला तथा अमर स्मृति भलिबल... पुरा पढ्नुहोस

बेनीमा बालबालिका देखि पौढ सम्मले मनाए होली ( भिडियो सहित)

कमल खत्री म्याग्दी, ६ चैत । म्याग्दीमा फागुपूर्णिमा अर्थात होली पर्व एक आफसमा रङ दल्दै खुशियाली साटासाट गरेर मनाइएको छ । विजयको प्रतीकको रुपमा मनाइने परम्परा रहेको होली आज म्याग्दी लगायत हिमाली र पहाडी क्षेत्रमा धुमधामका साथ एक–अर्कामा रङ दलेर मनाइएको हो । https://www.youtube.com/watch?v=QWE1_I104Uo&feature=youtu.be विहानैदेखि सदरमुकाम बेनीमा बालबालिका तथा युवायुवतिहरु... पुरा पढ्नुहोस

‘मंका खलको मौलिक होली’ यस्तो देखियो ( फोटो फिचर)

म्याग्दी, ६ चैत ।म्याग्दीमा फागुपूर्णिमा अर्थात होली पर्व म्याग्दीका नेवार समुदायले मौलिक तरिकाले बनाएका छन् । नेपाल भाषा मंका खलको आयोजनामा बेनीमा नेवार समुदायले आफ्नो मौलिक संस्कृति सहित होली मनाएका हुन् । आफ्नै मौलिक गीत र बाजा बजाउँदै उनीहरुले नाचगान सहित बेनी बजार परिक्रमा गरेका थिए । बेनीमा हरेक बर्ष... पुरा पढ्नुहोस