सडक आयोजनासंग भएको सहमति कार्यान्वयन नहुदाँ सदरमुकाम बेनीमा खानेपानी हाहाकार

  • १३ श्रावण २०७६, सोमबार
  • 1841 पटक पढिएको

म्याग्दी, १३ साउन । सदरमुकाम बेनीमा खानेपानी हाहाकार छ । तिन दिन देखि बेनीबजारबासीलाई खानेपानी समस्या भएको हो । बेनी जोमसोम सडक आयोजना अन्तर्गत गलेश्वरमा पानीको पाईप फुटेपछि एकहजार ५० घरधुरीलाई खानेपानी समस्या भएको हो ।


घुमाउनेताल, चमेरा र राउमारे अन्तर्गत सडक स्तोरन्नती गर्ने क्रममा ठेकेदारको लापरबाही तथा पहिरोले बेनीमा खोनपानीको समस्या भएको हो । खानेपानी नआउदाँ बजारमा होटल ब्यवसायी, विद्यार्थी, कर्मचारी लगायतलाई पिउने पानी समस्या परेको छ । गर्मिमा सरसफाईका लागि बढी पानी चाहिन्छ । पानीको जोह गर्न बोत्तल बोकेर अन्यत्र मुहानको पानी खोजेर ल्याउन बाध्य घर भाडामा बस्नेलाई भएको छ ।
सडक निर्माण क्रममा जथाभावी पाइपलाई तोडफोड गरेको कारण सहमति अनुसार सडक आयोजनाले काम नगर्दा बेनीमा खानेपानी समस्या भएको खानेपानी उपभोक्ता समितिका अध्यक्ष सुवासकुमार श्रेष्ठले जानकारी दिए । विभिन्न ठाउँमा मर्मत गरेपनि अर्को ठाउँमा तत्काल फुट्ने समस्याले बजारमा खानेपानी समस्या भएको उनले बताए ।


बेनीमा खानेपानी सहज बनाउन कालीपुल न्युरोड लगायतका क्षेत्रमा दमकलबाट पानी वितरण गर्ने अध्यक्ष श्रेष्ठले जानकारी दिए । मर्मतपछि पाईपमा आधा पानी आएको छ । सो पानीलाई समय तालिकामा वितरण गरिने बताए । निर्माण ब्यवसायीले सडक निर्माणको क्रममा पाईप टुटफुट भएर खानेपानी आपुर्ति अवरोध भएको दुईघण्टाभित्र मर्मत गरि सुचारु गर्ने, त्यस्तै सडक निर्माण खण्डमा खानेपानी स्थायी जि. आइ. पाईप लाईन ब्यवस्थापनको लागि बेनी जोमसोम कोरला सडक योजनालाई अनुरोध गर्ने सहमति जिल्ला प्रशासन कार्यलयमा भएपनि कार्यान्वयन ठेकेदारले गरेको छैन् ।

एकमहिनादेखि बेनीमा खानेपानी सहज आपुर्ति नहुदाँ खानेपानी संस्थाले सदरमुकाममा समयतालिका अनुसार खोनपानी वितरण गर्दै आएको थियो । सडकको लापरबाहीले भएको विभिन्न शुल्क उठाउने नगरपालिका नगरबासीलाई खानेपानी समस्याप्रति साचो नदेखाउनुमा जनप्रतिनिधिप्रति बजारबासीको गुनासो बढेको छ। खानेपानी समस्या संस्थाले मात्र गर्न नसक्ने बताउदै सरोकारवाला र जिल्लाका राजनीतिक दलले यसमा साचो देखाउन आवश्यक देखिन्छ ।