‘युवा खालि हात, ७४ बर्षका बुबालाई भ्याइनभ्याइ’ (भिडियो Story)

  • ११ श्रावण २०७६, शनिबार
  • 2815 पटक पढिएको

असारको दोस्रो साता धवलागिरी गाउँपालिका– २ खोरियामा बृद्ध बुबाले डोकोभरी ढुंगा बोकेर ओहोर दोहोर गरेको दृष्यले भाबुक बनायो । बस्तीलाई नै जोखिम बनाएको खोरिया गाउँको पहिरो नियन्त्रण योजनामा यसरी डोको भरी ढुंगा बोक्ने बृद्ध हुन, ७४ बर्षका मनबहादुर पुर्जा ।
उमेरले बुढ्यौली लागेपनि पुर्जाको दैनिकी र सक्रियतामा भने कुनै बुढ्यौली देखिएन् ।

बरु आराम गरेर बस्ने उमेरमा किन यस्तो कडा परिश्रम गर्नुहुन्छ बुबा ? भन्ने जिज्ञासमा उनले भने ‘जिउ जति हिड्यो त्यति नै तगडा हुन्छ, बस्यो भने कमजोर हुन्छ ।’ पुजाका घरपरिवारले उनलाई शहरी क्षेत्रमा आरामदायि जिवनयापनको लागि व्यवस्था मिलाएपनि आफु गाउँकै हावापानीमा खेल्न र जिवन विताउन चाहेर गाउँमै बस्ने गरेको उनले बताए ।

ग्रामीण भेगमा युवाहरु ढुंगा लगायतको काम गर्न नमानेर बेरोजगार बनेर बस्ने गरेको सन्दर्भमा गोरीयाका मनबहादुर पुर्जाले बृद्ध उमेरमा पनि आम्दानीसंगै आफ्नो शारिरीक स्वस्थताको लागि गरेको परिश्रम सम्मानयोग्य छ ।

पुर्जाको परिश्रमको पाठ आम युवाहरुको लागि एक शिक्षा बन्न सक्छ ।