ताजा अपडेट

बिममा एकै घरका दुई जनाको हत्या, हत्या गरेको आरोपमा एक जना पक्राउ

बेनी, २१ पुस । म्याग्दीको मालिका गाउँपालिका–७ बिममा शनिबार दिउँसो एकै घरका दुई जनाको हत्या भएको छ । धारिलो ढुंगा (छपनी) प्रहार हुँदा गम्भिर घाइते भएकी मालिका–७ बिमकी ७० वर्षीया मनिषा र ७ बर्षिया प्रियंका गर्बुजाको मृत्यु भएको म्याग्दीका प्रहरी नायव उपरीक्षक मदन कुँवरले जानकारी दिनुभयो । ‘मनिषाको लुरवाङ स्थित... पुरा पढ्नुहोस

म्याग्दीका माओवादी नेताहरुको प्रधानमन्त्री र उर्जामन्त्रीसँग भेटघाट

बेनी, २० पुष । नेकपा (माओवादी केन्द्र) म्याग्दीको टोलीले शुक्रबार काठमाडौमा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) र उर्जा जलस्रोत तथा सिचाई मन्त्री शक्तिबहादुर बस्नेतसँग भेटघाट गर्नुभएको छ । माओवादी केन्द्र म्याग्दीका संयोजक समेत रहनुभएका गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशम बहादुर जुग्जाली, संविधानसभा सदस्य तथा माओवादीका केन्द्रिय सदस्य... पुरा पढ्नुहोस

नेकपा एमाले म्याग्दीको दशौँ अधिबेशन माघ १२ र १३ गते बेनीमा हुने

नेकपा एमाले जिल्ला कमिटि म्याग्दीको दशौँ जिल्ला अधिवेशन आगामी माघ १२ र १३ गते बेनीमा हुने भएको छ । जिल्ला कमिटिको नयाँ नेतृत्व चयनका लागि हुन लागेको अधिवेशनको तयारी सुरु भएको छ । पार्टी कार्यालय हाडेभिरमा आयोजित पत्रकार सम्मेलनमा एमाले म्याग्दीका अध्यक्ष देवेन्द्र बहादुर कटुवालले आसन्न अधिबेशनको बारेमा जानकारी गराउनुभयो... पुरा पढ्नुहोस

क्यान्सर पीडित पाईजालाई ओमकुमारी शान्ति कोषको सहयोग

म्याग्दी, २० पुस । बेनी नगरपालिका वडा न. १० पात्लेखेतकी क्यान्सर पिडित मनिषा पाईजा लाई ओमकुमारी शान्ति कोषले आर्थिक सहयोग गरेको छ । क्यान्सर पिडित पाईजाको मामा समिर रोका मगर लाई संस्थाका कोषाध्यक्ष सन्दिप खत्रीले पन्ध्र हजार रुपैयाँ हस्तान्तरण गर्नुभएको संस्थाका कार्यालय प्रमुख डक बहादुर रोका मगरले जानकारी दिनुभयो ।... पुरा पढ्नुहोस

बेनीमा नवौँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको सुरु(फोटो फिचर)

बेनी, २० पुस : म्याग्दी सदरमुकाम बेनीमा नवौँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ । जिल्ला खेलकुद विकास समिति म्याग्दीको आयोजनामा बेनी स्थित खुलामञ्चमा सञ्चालत भएको प्रतियोगितमा पालिकास्तरीय प्रतियोगिताहरुबाट छनौट भएर आएका खेलाहरुले सहभागीता जनाएका छन् । प्रतियोगिताको जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापाले उद्घाटन गर्नुभएको... पुरा पढ्नुहोस

बेनी नगरपालिकाको ग्रामीण क्षेत्रमा विद्यार्थी संख्या घट्दो, ११ विद्यालयको तह समायोजन

म्याग्दी (बेनी), पुस २० गते । चालु शैक्षिक सत्रको सुरुवातमै बेनी नगरपालिकाले ग्रामीण क्षेत्रमा सञ्चालित सामुदायिक विद्यालयमा विद्यार्थी सङ्ख्या कम भएका ११ विद्यालयको तह समायोजन (कक्षा घटुवा) गर्‍यो । कक्षा घटुवा गरेका ती सामुदायिक विद्यालयका अधिकांश कक्षामा विद्यार्थी शून्य थिए । बजार क्षेत्रमा रहेका सामुदायिक विद्यालयमा विद्यार्थी चाप भए पनि ग्रामीण क्षेत्रका... पुरा पढ्नुहोस

न्यू धौलागिरि सहकारी संस्थाले शेयर सदस्यले लिने सेवामा छुट उपलब्ध गराउन विभिन्न ब्यवसायीसंग गर्‍यो सम्झौता

  म्याग्दी, १९ पुस । म्याग्दीको सदरमुकाम बेनीमा रहेको न्यू धौलागिरि बचत तथा ऋण सहकारी संस्थाले शेयर सदस्यलाई विभिन्न सेवामा छुट उपलब्ध गराउन विभिन्न ६ ब्यावसायीक संस्थासंग सम्झौतामा गरेको छ। धौलागिरी सहकारीले शेयर सदस्यले लिने विभिन्न सेवामा चलनचल्तीको मूल्यमा थप छुट उपलब्ध गराउन स्वास्थ्यसंस्था, बससेवा, इन्टरनेट, इलेट्रोनिक्स, पुस्तक तथा स्टेशनरी,... पुरा पढ्नुहोस

जलजला अध्ययन प्रतिष्ठानको प्रथम अधिवेशन सम्पन्न

पुस १९ गते । पर्वतको जलजला गाउँपालिकामा गठन भएको जलजला अध्ययन प्रतिष्ठानको प्रथम अधिवेशन विहिवार पर्वत बेनीमा सम्पन्न भएको छ । अधिवेशनले  पुनः नरबहादुर कार्कीलाई सर्वसम्मत रुपमा कार्यसमितिको अध्यक्षमा चयन गरेको छ । यसैगरी प्रतिष्ठानको उपाध्यक्षमा हिराबहादुर जिसी,सचिव दुर्गा दर्जी,सहसचिव जिवन मल्ल,कोषाध्यक्ष सुनिता बरुवाल जिसी,सदस्यहरुमा क्रमशः बेदनाथ आचार्य,माधव आचार्य,अम्बिका परियार... पुरा पढ्नुहोस

जिल्लास्तरीय नवौँ राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिताको तयारी पुरा

  म्याग्दी, १९ पुस। पुस २० र २१ गते सदरमुकाम बेनीस्थित खुल्लामञ्चमा हुने जिल्लास्तरीय नवौँ राष्ट्रपति राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिताको तयारी पुरा भएको छ । जिल्ला खेलकुद विकास समिति म्याग्दीको आयोजनामा शुक्रबार र शनिबार संचालन हुने पालिकास्तरीय नवौँ राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिताको तयारी पुरा भएको अध्यक्ष दिनेश केसीले पत्रकार सम्मेलनमार्फत जानकारी दिनुभएको... पुरा पढ्नुहोस

जापानमा छन्त्याल संघ गठन, अध्यक्षमा गंग बहादुर तथब्जा छन्त्याल निर्वाचित

जापान । अध्ययन र रोजगारको सिलसिलामा जापानमा रहेका छन्त्यालहरु एकजुट भएका छन् । डिसेम्बर ३१ का दिन टोकियोमा आयोजित एक भेला मार्फत गंग बहादुर तथब्जा छन्त्यालको अध्यक्षतामा जापान छन्त्याल संघ गठन गर्दै एकजुट भएका हुन् । आगामी तीनबर्षे कार्यकालका लागि सर्वसम्मत रुपमा गठन गरिएको संघको वरिष्ठ उपाध्यक्षमा देबिन्द्र घ्याप्चन छन्त्याल,... पुरा पढ्नुहोस