म्याग्दी जेसीजद्धारा कारागारमा खेलकुद सामाग्री हस्तान्तरण

  • ७ फाल्गुन २०८१, बुधबार
  • 117 पटक पढिएको

युवाहरुको ब्यक्तित्व र नेतृत्व बिकासमा क्रियाशिल म्याग्दी जेसीजद्वारा प्रजातन्त्र दिवसको अवशरमा जिल्ला कारागार म्याग्दीमा खेलकुद सामग्री हस्तान्तरण गरिएको छ। कारागारमा रहेका कैदीबन्दीहरुको स्वास्थ र तन्दुरुस्तका लागि खेलकुदका सामाग्री वितरण गरिएको हो । म्याग्दी जेसीजले कैदी बन्दिको स्वास्थ्य र तथा सकरात्मक सोच विकासको लागि हरेक बर्ष कारागारमा खेलकुद सामाग्री बितरण गर्दै आएको छ।
म्याग्दी जेसीज का शाखा अध्यक्ष बिनोद घर्तीको अध्यक्षता, नेपाल जेसीजका राष्ट्रिय उपाध्यक्ष सन्दिप खत्रीको प्रमुख आथित्यता , म्याग्दी जेसीजका पुर्व अध्यक्ष खम थापा मगरको बिशिष्ट आतिथ्यता , निवर्तमान अध्यक्ष दिनेश बानिया ,जिल्ला कारागार म्याग्दीका प्रहरी साहयक निरक्षक दिपक चौधरी लगायत म्याग्दी जेसीजका पधाधिकारीहरु र सदस्यहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न गरिएको कार्यक्रम संयोजक म्याग्दी जेसीजका साधरण सदस्य दिनेश खत्रीले जानकारी दिनुभयो । बुधवार प्रजातन्त्र दिवसको अवसरमा बेनीमा दिप प्रज्वलन समेत गरिएको छ ।