ताजा अपडेट

मुनामा सहकारी व्यवस्थापन तालिम

  म्याग्दी, ४ साउन । धवलागिरी गाउँपालिकाको केन्द्र मुनामा मंगलबार सहकारी व्यवस्थापन तथा सुशासन सम्बन्धी तालिम सुरु भएको छ ।  गुड नेवर्स इन्टरनेशनल नेपालको आर्थिक तथा प्राबिधिक सहयोग र संगम म्याग्दीको आयोजनामा सुरु भएको तालिम चार दिन सम्म सञ्चालन हुनेछ् । गुर्जा, मुना, मुदी र लमसुङमा सञ्चालित ५ वटा सहकारीका... पुरा पढ्नुहोस

मोना बेल्जियमद्धारा संकलित रकम १३ लाख २२ हजार शान्ति कोषलाई हस्तान्तरण

  म्याग्दी, ३ भदौँ । विपन्न म्याग्देलीको उपचारमा सघाउन स्थापीत परोपकारी संस्था ओमकुमारी शान्ति कोषलाई मोना बेल्जियमद्धारा १३ लाख २२ हजार २०९ रुपैया आर्थिक सहयोग हस्तान्तरण गरेका छन् । रोजगारको शिलशिलामा बेल्जियममा रहेका मोनामा आवद्ध म्याग्देलीहरुको संगठित संस्था मोना बेल्जियमबाट संकलित रकम हस्तान्तरण गरिएको हो । म्याग्दी प्रवाशी संघ मोना... पुरा पढ्नुहोस

म्याग्दीका मनकारी जनप्रतिनिधि

म्याग्दी ३ भदौ । म्याग्दीका तीन स्थानीय तहका प्रमुखले आफ्नो पारिश्रमिक वापतको रकमलाई सामाजिक क्षेत्रमा खर्चिने गरेका छन्। रघुगंगा, अन्नपूर्ण र मंगला गाउँपालिकाका अध्यक्षत्रयले सरकारी तवरवाट प्राप्त हुने पारिश्रमिकलाई शिक्षा, स्वास्थ्य लगायतका सामाजिक सेवाको क्षेत्रमा खर्चिने गरेका हुन् । यहाँका गाउँपालिका अध्यक्षले मासिक पारिश्रमिक रु ३१ हजार पाउने गरेका छन्... पुरा पढ्नुहोस

खेतबारीको धान र कोदोलाई गोडमेल गर्दै कृषक

म्याग्दी, ३ भदौँ । खेतबारीमा लगाइएको बालीलाई गोडेमले गर्दै रघुगंगा गाउँपालिका – २ राखु भगवतीस्थितका कृषक । जेठ र असारमा खेत र बारीमा रोपिएको धान र कोदोलाई साउन र भदौँ महिनामा गोडमेलका लागि ब्यस्त कृषक । तस्विरः धिरन खत्री पुरा पढ्नुहोस

फुर्सदमा म्याग्दी घुम्ने प्रशस्त ठाउँ ( फाेटाेफिचर )

धिरन खत्री म्याग्दी, २ भदौँ । संसारको सातौ अग्लो धौलागिरि र निलगिरि हिमालको काखमा हिमाली जिल्ला म्याग्दी पर्छ । पर्यटकको आकर्षण केन्द्र पुनहिल, मोहरेडाडाँ, लामो पुल धौलागिरि र निलगिरि हिमाल रहेका छन् । स्थानीय तहको सक्रियतामा पर्यटकियस्थहरुलमा प्रचारप्रचार तथा पुर्वाधार निर्माणले आन्तरिक पर्यटकहरुको चहलपहल बढेको छ । दर्जनौँ हिमाल, मनोरम... पुरा पढ्नुहोस

जलजलाको वित्तिय प्रगति ९३ प्रतिशत

म्याग्दी, २ भँदौ । जलजला गाउँपालिका पर्वतले आर्थिक बर्ष २०७५/७६ मा ९३ प्रतिशत वित्तिय प्रगति गरेको छ । कुल ३८ करोड ४० लाख बजेटमा ३५ करोड ८२ लाख २६ हजार ३३६ रुपैया खर्च भएको प्रमुख प्रशासकिय अधिकृत अर्जुन शर्माले बताए । गाउँपालिकाले चालुतर्फ ४ करोड ७० लाख रुपैयामा ३ करोड... पुरा पढ्नुहोस

घोेडेपानीमा हुने मोनाको महाधिवेशनको तयारी सुरु

बेनी २ भदौ । रोजगार, पेशा व्यवसाय र शिक्षाको शिलशिलामा विश्वका विभिन्न देशमा पुगेका म्याग्देलीहरु आवद्ध प्रवासी नेपाली म्याग्देली संघ (मोना)को तेस्रो महाधिवेशनको तयारी सुरु भएको छ । असोजको १४ देखि १६ गतेसम्म अन्नपूर्ण गाउँपालिका–६ स्थित पर्यटकीय स्थल घोडेपानीमा हुने महाधिवेशनको तयारीका लागि विभिन्न देशका राष्ट्रिय समितिको साधारणसभा, अधिवेशन र... पुरा पढ्नुहोस

अमर माविमा छात्रवृत्ति वितरण

चिमखोला २ भदौ । रघुगंगा गाउँपालिका– ७ स्थित अमर माविमा आइतबार संगिता राम्जाली स्मृति कोषबाट विद्यार्थीहरुलाई छात्रवृति वितरण गरिएको छ । भूपु शिक्षक एवम् हाल बेनपा–८ निवासी लोक गायिका धनकुमारी थापाले २०७५ भदौ १ गतेका दिन आफ्नी स्वर्गीय छोरी संगिता बानिया राम्जालीको पुण्य स्मृतिमा जन्मगाउँको विद्यालयमा तीन लाख रुपैयाँको अक्षयकोष... पुरा पढ्नुहोस

पाखापानीमा समिक्षा सहित योजना कार्यान्वयनको तयारी

बेनी २ भदौ । रघुगंगा गाउँपालिका–६ पाखापानीमा आइतबार वडामा आर्थिक वर्ष २०७५÷७६ मा सञ्चालित योजना तथा कार्यक्रमहरुको समिक्षा गरिएको छ । गाउँपालिका, विषयगत कार्यालय, विद्यालय, युवा क्लव, आमा समूह लगायत विभिन्न संघ संस्थाले सञ्चालन गरेका योजना तथा कार्यक्रमको प्रगति विवरण प्रस्तुत र समिक्षा गरिएको थियो । गत वर्ष गाउँपालिकाले बिनियोजन... पुरा पढ्नुहोस

सहकारीको ब्याजदर सम्वन्धि अन्तरक्रिया

  म्याग्दी, १ भदौँ । सहकारीका संचालक र प्रवन्धकको उपस्थितमा बेनीमा सहकारीको ब्याजदर सम्वन्धि अन्तक्रिया गरिएको छ । पुर्व रजिष्ट्रार सुर्दशन ढकाल र राष्ट्रिय सहकारी बैँक संचालक रामबहादुर जिसिले सहकारी ब्याजदर सम्वन्धी जानकारी गराएका थिए । सहकारी संस्थाको ब्याजदरलाई ब्यवस्थित गर्न ऐनमा सहकारीले लिने र दिने ब्याजदर ६ प्रतिशतभन्दा बढी... पुरा पढ्नुहोस