गौथलीको भिरमा वैकल्पिक पदमार्ग निर्माण

  • २२ भाद्र २०७६, आईतवार
  • 2052 पटक पढिएको

 

बेनी, २२ भदौ । धवलागिरी गाउँपालिका, ७ ताकमका युवाहरुले पहिरो खसेर सडक अवरुद्ध भएको गौथलीको भिरमा वैकल्पिक पदमार्ग निर्माण गरेका छन् ।धवलागिरी जनयुवा क्लवमा आवद्ध १० जना युवाहरुले श्रमदान गरेर पहिरो गएको ठाउँ भन्दा माथि पुरानो घोरेटो बाटो जोडिने पदमार्ग निर्माण गरेका हुन् ।

पहिरोले सडक पुरेर मानिसहरु समेत हिडडुल गर्न कठिन र जोखिम भएपछि सहज आवत जावतका लागि वैकल्पिक पदमार्ग बनाएको क्लवका सदस्य आनन्द जैसीले बताउनुभयो । गौथलीको भिरमा पहिरो खसेपछि धारापानी–ताकम खण्डको मुख्य सडक अवरुद्ध भएको छ । निरन्तर पहिरो खसिरहने भएकाले तत्काल मर्मतको सम्भावना कम छ । पैदलयात्रीहरुलाई पुरानो घोडेटोबाटो र यातायातका साधनलाई धारापानी–कुटिचौर–ताकम बैकल्पिक सडकबाट आवत जावतको ब्यवस्था मिलाइएको छ ।