अन्नपूर्ण र बाबियाचौरमा लायन्स क्लव

  • २२ भाद्र २०७६, आईतवार
  • 2019 पटक पढिएको

 

बेनी, २२ भदौ । अन्नपूर्ण गाउँपालिका र बाबियाचौरमा अन्तराष्ट्रिय सामाजिक संस्था लायन्स क्लव गठन भएको छ । लायन्स क्लव अफ अन्नपूर्ण र बाबियाचौरलाई शनिबार बेनीमा आयोजित म्याग्दी जिल्ला र पर्वतको जलजला गाउँपालिकाका लायन्स क्लवका नवनिर्वाचित पदाधिकारीहरुको पदस्थापना कार्यक्रममा घोषणा गरिएको हो ।

आत्म तुलाचनको अध्यक्षतामा लायन्स क्लव अफ अन्नपूर्ण र सिर्जना केसीको अध्यक्षतामा लायन्स क्लव अफ बाबियाचौर गठन भएको छ । सो कार्यक्रममा नयाँ दुई वटा सहित म्याग्दी र जलजला गाउँपालिकाका लायन्स क्लवका पदाधीकारीहरुको पदस्थापना गराइएको थियो ।सो अवसरमा विदैशिक रोजगारिका क्रममा इन्डोनेशिया पुगी त्यहाँ बिबिध संघर्ष गरि दलालको पञ्जाबाट मुक्त भएर हालै स्वदेश फर्कीएकी मुना खत्रीलाई साहसी र लामो समय शिक्षण पेशामा योगदान गर्नुभएकी तिर्थकुमारी श्रेष्ठलाई सम्मान गरिएको थियो ।

लायन्स क्लव ३२५ बि १ नेपालकी डिस्ट्रिक्ट गर्भनर इन्दु लम्सालको प्रमुख आतिथ्यता, लायन्स क्लव अफ बेनी म्याग्दीका अध्यक्ष किशोर श्रेष्ठको अध्यक्षता र लायन्स क्लव अफ बेनी पिस सिटीका सचिव बिरेन्द्र श्रेष्ठको सञ्चालनमा सम्पन्न कार्यक्रममा प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकाल लगायत सुरक्षा अधिकारीहरुको पनि उपस्थिति थियो ।

लायन्स क्लवहरुले म्याग्दीमा निशूल्क आँखा शिविर, वृक्षारोपण लगायत सामाजिक कार्यक्रम गर्दै आएका छन ।