राष्ट्रिय शिक्षा दिवसको अवसरमा उतकृष्ट विद्यार्थीलाई सम्मान
- २२ भाद्र २०७६, आईतवार
- 1937 पटक पढिएको
म्याग्दी, २२ भदौ । हामी सबैको प्रण– सार्वजनिक शिक्षा प्रणालीको सवलीकरण भन्ने मुल नाराका साथ ४० आँै राष्ट्रिय शिक्षा एवम ५३ औँ अन्तराष्ट्रिय साक्षरता दिवस विविध कार्यक्रम गरि बेनीमा मनाईएको छ । बेनी नगरपालिकाको आयोजना र शिक्षा विकास तथा समन्वय इकाईको सह–आयोजनामा जिल्लाबाट एसईइमा उतकृष्ट जिपिए ल्याउने विद्याथीहरु, स्थानीय तहका विद्यालय, विषयगत उतकृष्ट शिक्षकलाई सम्मान गर्दै दिवस मनाईएको हो ।
बेनी नगरपालिकाको मेयर हरिकुमार श्रेष्ठको अध्यक्षता एवम् जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसीको प्रमुख आथिथ्यतामा एसिइईमा सहभागि भई उतकृष्ट जिपिए ल्याउने सरकारी तथा निजि विद्यालयका विद्याथी, स्थानीयत तहमा उतकृष्ट जिपिए ल्याउने विद्यालयहरुलाई प्रमाणपत्र र नगदसहित सम्मान गरिएको थियो ।
सो कार्यक्रममा बौल्दै जिसस प्रमुख केसीले शिक्षा मानव जीवनको आधार भएको बताउदै शिक्षामा भईरहेको विभेदलाई अन्त्य गर्न सरकार लागि परेको बताए । सरकारको दिएको निशुल्क सेवामा विश्वास नगर्ने मानसिकतालाई परिवर्तन गराउने तर्फ ध्यान दिन शिक्षक र कर्मचारीलाई आग्रह गरेका थिए । शिक्षाको पाठ्यक्रम देशको भुगोलको स्रोतसाधनको आधारमा बैज्ञानिक र ब्यवहारिक बनाउन आवश्यक रहेको बताउदै यसको लागि राज्य गम्भिर बन्नुपर्ने बताए ।
त्यस्तै प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकाल नेपाली विद्यार्थीले विदेशमा गएर उतकृष्ट सिप तथा क्षमता प्रर्दशन गरेको बताउदै तिनिहरुको क्षमतालाई स्वदेशमा परिचालन गर्ने वातावरण निर्माण गर्न तिन तहको सरकारको ध्यान आवश्यक रहेको बताए । नेकपाका नेता हरिकृष्ण श्रेष्ठ, नेपाली काग्रेसका उपसभापति माधवप्रसाद रेग्मी लगायतले सरकारी शिक्षामा सुशासनको अभावले गुणस्तर खस्केको बताउदै जनप्रतिनिधि र शिक्षक जिम्मेवार बन्न आग्रह गरेका थिए ।
नगरपालिका प्रमुख प्रशासकिय अधिकृत हरीप्रसाद शर्माले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा डेगुं रोग सम्वन्धी स्वास्थ्थ कार्यालय म्याग्दीका प्रमुख प्रकाशराज शर्माले जानकारी गराएका थिए । त्यस्तै कार्यक्रममा माउण्ट एभरेष्ट माविका संचालक समितिका कार्यावाहक अध्यक्ष प्रमोद श्रेष्ठ, नेपाल शिक्षक संघ म्याग्दीका अध्यक्ष दुर्गाराम सुवेदी, एकीकृत नेपाल शिक्षक संगठनका उपाध्यक्ष देवराज सुवेदी गैसस म्याग्दीका अध्यक्ष हरी पौडेल लगायतले लगानी अनुसारका प्रतिफल सरकारी विद्यालयलले लिन नसकेको गुनासो राखेका थिए ।
शिक्षा विकास तथा समन्वय ईकाइका प्रमुख दल थापाको स्वागत, बेनी नगरपालिका अधिकृत युवराज थापाको संचालनमा भएको कार्यक्तममा विभिन्न विद्यालयका विद्यार्थीहरुले सास्कृतिक नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रम हुनुपुर्व जनप्रतिनिधि, शिक्षक, कर्मचारी, विद्यालयका विद्यार्थीहरुले शिक्षा सम्वन्धी सन्देशमूलक सूचना कार्डसहित ¥याली गरेका थिए।
समचार अपुरो भयको महसुस भयो. कुन बिधालय को पोजिसन के भन्ने कुरा जान सकीयन .