ताजा अपडेट

चौरासी पुजामा सिद्धार्थ माविलाई ६ लाख दश हजार सहयोग

म्याग्दी फागुन १४ गते । म्याग्दीको मालिका गाउँपालिका–४,स्थित छाप्सीबाङ घर भई हाल पोखरा निवासी समाजसेवी दलबहादुर घर्ती मगर पुन र उहाँकी श्रीमति भानुदेबी दम्पति परिवारले चौरासी पुजाको अवसरमा सोही वडाको एक विद्यालयलाई ६ लाख बढी आर्थिक सहयोग गर्नुभएको छ । चौरासी पुजाको अवसरमा दलबहादुर दम्पति परिवारले सोही वडाको च्युरिबोट स्थित... पुरा पढ्नुहोस

प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्डमा पदक जित्ने म्याग्देली खेलाडीलाई सम्मान

म्याग्दी । गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा म्याग्दीबाट सहभागी खेलाडीलाई आइतबार जिल्ला खेलकुद विकास समितिले एक कार्यक्रम गरी सम्मान गरेको छ । जिल्लाको इतिहासमै पहिलोपटक प्रदेशस्तरीय सम्रग प्रतियोगितामा तेस्रो स्थानमा आएको म्याग्दीबाट सहभागी खेलाडीलाई आइतबार सम्मान गरिएको हो । गण्डकी प्रदेशस्तरीय प्रतियोगितामा एकल र समुह इभेन्टमा स्वर्णपदक जितेपनि पहिलोपटक... पुरा पढ्नुहोस

जलजलामा जनप्रतिनिधि र कर्मचारीलाई क्षमता विकास तालिम सञ्चालन

पर्वतको जलजला गाउँपालिकामा शनिवा देखि जनप्रतिनिधि र कर्मचारीहरुको क्षमता विकास सम्बन्धी तालिम सञ्चालन भएको छ । प्रभावकारी सेवा प्रवाहको लागि जलजला गाउँपालिकाका जनप्रतिनिधिहरु र कर्मचारीहरुको क्षमता विकास गर्न तालिम सञ्चालन गरिएको हो । स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान र जलजला गाउँपालिका लामाखेत पर्वतको संयुक्त आयोजनामा सुरु भएको तालिमको जिल्ला समन्वय समिति... पुरा पढ्नुहोस

एमाले बेनी नगरको अधिवेशन फागुन ३० गते

नेपाल कम्युनिष्ट पार्टी (एमाले) बेनी नगरपालिका कमिटीको अधिवेशन यही फागुन ३० गते बेनीमा हुने भएको छ । शनिवार एमाले म्याग्दीको पार्टी कार्यालय शहिद स्मृति भवनमा सम्पन्न बेनी नगर कमिटीको १२औं पूर्ण वैठकले अधिवेशन ३० गते गर्ने निर्णय गरेको हो । ‘दक्षिणपन्थ अवसरवाद र सङ्गठनात्मक अराजकतालाई पराजित गरौं, जबजको मार्गदर्शनमा समाजवादको... पुरा पढ्नुहोस

पश्चिम नेपाल सहकारीको आयोजनामा स्वास्थ्य शिविर

दरवाङ, १२ फागुन । पश्चिम नेपाल बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा म्याग्दीको मालिका गाउँपालिका–६ दरवाङमा निशूल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । ग्रामिण क्षेत्रका सर्वसाधारणलाई लक्षित गरेर शिविर आयोजना गरेको सहकारीले जनाएको छ । सहकारीको केन्द्रिय कार्यालयका आर्थिक प्रशासन प्रमुख तथा सूचना अधिकारी मेघराज शर्माले फिस्टेल अस्पताल पोखराको प्राविधिक... पुरा पढ्नुहोस

सहकारी लेखा सम्बन्धित दुई दिने तालिम समापन 

  राष्ट्रिय सहकारी बैंकको आयोजनामा म्याग्दीको सदरमुकाम बेनीमा आयोजित दुई दिने सहकारी लेखा व्यवस्थापन तालिम शुक्रबार सम्पन्न भएको छ । म्याग्दी र पर्वत जिल्लाको जलजला गाउँपालिकामा सञ्चालित सहकारीको लेखा समितिका पदाधिकारी र प्रबन्धकलाई लक्षित गरी आयोजित तालिममा तालिममा लेखाको परिचय, आन्तरिक लेखा परिक्षण, बाह्य लेखा परीक्षण, संस्थागत शुसासन,, कानुनी पालना,... पुरा पढ्नुहोस

‘म्याग्दी हिमाली जिल्ला’ घोषणा भएको पाँच बर्ष पुरा हुँदा पनि आएन सुविधा

  म्याग्दी (बेनी), ११ फागुन । म्याग्दीले हिमाली जिल्लाको मान्यता पाएको पाँच बर्ष पुगेपनि हिमाली जिल्लाको सुविधा पाउन सकेको छैन् । धौलागिरि, अन्नपूर्ण, गुर्जा, चुरेन, पुठा, बराहशिखरलगायतका आधादर्जन बढी हिमाल र चार दर्जन बढी हिमचुचुराले समेटिएको म्याग्दीलाई सरकारले २०७५ फागुन १९ मा राजपत्र प्रकाशित गरी २१ औं हिमाली जिल्ला घोषणा... पुरा पढ्नुहोस

बेनीमा दादुरा रुबेला खोप सम्बन्धी अभिमुखीकरण

म्याग्दीको बेनी नगरापलिकामा दादुरा र रुबेला खोप संचलनका लागि अभिमुखीकरण गरिएको छ । बेनी नगरपालिकाको सभाहलमा भएको दादुरा रुबेला खेपा अभियान सम्बन्धी स्थानीय तह स्तरीय खोप समन्वय समिति तथा संचारकर्मीहरुको अभिमुखीकरण बहस परैवी गोष्ठी सम्पन्न भएको हो । बेनी नगरपालिकाको आयोजनामा भएको उक्त अभिमूखीकरणमा दादुरा र रुबेला गएको वर्ष र... पुरा पढ्नुहोस

मोना क्रोएसियाद्वारा निवन्ध लेखन प्रतियोगिता आयोजना 

  म्याग्दी । म्याग्दी प्रवासी नेपाली संघ (मोना) राष्ट्रिय कार्यकारी समिति क्रोएसियाले निवन्ध लेखन प्रतियोगिता आयोजना गर्ने भएको छ । बिहिबार बेनी स्थित मोनाको सचिवालयमा आयोजित पत्रकार सम्मेलनमा मोना क्रोएसियाका अध्यक्ष रुपेश सुन्दासले प्रवासी म्याग्देलीको साझा नारा “प्रवासी म्याग्देली दृष्टि, समृद्ध म्याग्दीको सृष्टि” विषयमा निबन्ध लेखन प्रतियोगिता आयोजना गरिएको जानकारी... पुरा पढ्नुहोस

भीम मावि भवन उद्घाटन (फोटो फिचर)

बेनी । म्याग्दीको मालिका गाउँपालिका–५,पन्थोक स्थित भीम माविको नवनिर्मित भवन उद्घाटन गरिएको छ । समाजसेवी क्याप्टेन जितबहादुर घर्तीको पहलमा गैरसरकारी संस्था पाहार ट्रष्ट नेपाल पोखराको ५० प्रतिशत,गाउँपालिकाको ४० प्रतिशत र स्थानीयबासीको दश प्रतिशत आर्थिक साझेदारीमा निर्माण भएको दश कोठे भवनको बुधबार विद्यालयमा आयोजित एक कार्यक्रमका विच पाहार ट्रष्ट युकेका प्रेसिडेन्ट... पुरा पढ्नुहोस