रघुगंगामा कुकुरको प्रजनन रोक्न बन्ध्याकरण शिविर
- २८ चैत्र २०८१, शुक्रबार
- 457 पटक पढिएको
म्याग्दीको रघुगंगा गाउँपालिकाले कुकुरको प्रजनन रोक्नका लागि बन्ध्याकरण शिविर सञ्चालन गरेको छ । गाउँपालिकाले भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र म्याग्दीको समन्वयमा एनिमल केयर सेन्टरबाट पशु चिकित्सकहरुको टोली ल्याएर घरपालुवा र सामुदायिक कुकुरहरुको बध्याकरण गर्न सुरु गरिएको हो ।
शुक्रवार गाउँपालिकाको केन्द्र मौवाफाँटमा आयोजित शिविरमा २० वटा घरपालुवा सहित करिब ५५ वटा कुकुरको बन्ध्याकरण गरिएको गाउँपालिकाका पशु सेवा शाखा प्रमुख स्तुत् िपौडेलले जानकारी दिनुभयो ।
उहाँका अनुसार, गाउँपालिकाको वडा नम्बर २ भगवतीमा उक्त शिविर सञ्चालन हुनेछ । शिविरमा पशु चिकित्सक विकास श्रेष्ठ, सुनिल थापा लगायतका डाक्टर सहित पशु प्राविधिकहरुको टोलीले कुकुरहरुलाई बन्ध्याकरण सेवा प्रदान गर्नुभएको छ ।
पछिल्लो समय छाडा कुकुरहरुको संख्या बृद्धि भएसंगै कुकुरहरुले टोक्ने र सवारी साधनहरु आवत जावत गर्दा समेत समस्या उत्पन्न भएपछि गाउँपालिकाले कुकुरको सख्ंया घटाउनका लागि प्रजनन रोक्ने लक्ष्य सहित शिविर सञ्चालन गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चेतनारायण भण्डारीले जानकारी दिनुभयो ।