ताजा अपडेट

समस्याका परेका विपन्नलाई जिसस म्याग्दीले खाद्यान्नको व्यवस्था मिलाउने

बेनी, १४ चैत । जिल्ला समन्वय समिति, म्याग्दीले कोरोना रोकथामका लागि सरकारले गरेको लकडाउनका कारण समस्यामा परेका विपन्न र मजदुर बर्गलाई खाद्यान्नको व्यवस्था मिलाउने भएको छ । जिसस म्याग्दीका प्रमुख देवेन्द्रबहादुर केसीको अध्यक्षतामा शुक्रबार बेनीमा बसेको समितिको बैठकले वडा र पालिकाको सिफारिसमा जिल्ला विपद् व्यवस्थापन समितिसंगको सहकार्यमा रोजगारी गुमेपछि बिहान... पुरा पढ्नुहोस

कोरोना रोकथाम गर्न बेनी नगरपालिकामा ५० लाखको कोष स्थापना

बेनी, १४ चैत । विश्वब्यापी महामारीको समस्या बनेको कोरोना भाइरसको संक्रमण रोकथामको लागि म्याग्दीको बेनी नगरपालिकाले रु ५० लाखको कोष स्थापना गरेको छ । शुक्रवार बसेको नगरपालिका स्तरीय कोरोना भाइरस नियन्त्रण समन्वय समितिको बैठकले कोरोनाको संक्रमण रोक्न, जनचेतनामुलक कार्यक्रम सञ्चालन र आबश्यक बन्दोबस्तको लागि नगर स्तरीय दैवी प्रकोप उद्धार कोष... पुरा पढ्नुहोस

कोरोनाको उपचार बन्दोबस्तमा विपद व्यवस्थापन समितिबाट रु ५ लाख विनियोजन

बेनी, १३ चैत । विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण रोक्न र उपचार बन्दोबस्तमा जिल्ला विपद् ब्यवस्थापन समिति म्याग्दील रु ५ लाख बजेट विनियोजन गरेको छ । समितिको विहिवार बसेको बैठकले बेनी अस्पतालमा कोरोना विशेष उपचारको लागि आबश्यक सामाग्री खरिद, आईसोलेसन वार्ड र क्वारेन्टाइन व्यवस्थापनको लागि सो बजेट विनियोजन... पुरा पढ्नुहोस

रघुगंगा गाउँपालिकामा कोरोना विरुद्धको आकस्मीक कोषमा रु ३४ लाख बजेट, सबै वडामा क्वारेनटाइन

म्याग्दी १३ चैत । म्याग्दीको रघुगंगा गाउँपालिकाले कोरोना विरुद्धको आकस्मीक कोष खडा गरेको छ । विहिवार गाउँपालिका स्तरीय विपद् व्यवस्थापन समितिको बैठकबाट गाउँपालिकाले रु ३४ लाखको कोषको स्थापना गरेको हो । गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीको अध्यक्षतामा बसेको समितिको आकस्मिक बैठकले गाउँपालिकाबाट रु ३० लाख र अध्यक्ष भण्डारीको व्यक्तिगत रु ४... पुरा पढ्नुहोस

घारमा कोरोना विरुद्ध सचेतनामुलक कार्यक्रम, साबुन वितरण

म्याग्दी, १३ चैत । म्याग्दीको अन्नपूर्ण गाउपालिका–६ घारमा जनप्रतिनिधिहरुको अगुवाईमा विस्वब्यापी महामारीको समस्या बनेको कोरोना भाइरस विरुद्धको सचेतनामुलक कार्यक्रम गरिएको छ । वडा अध्यक्ष कृष्णप्रसाद बरुवालको नेतृत्वमा वडा सदस्य, स्वास्थ्य चौकीका कर्मचारी, शिक्षक र घार प्रहरी चौकीका टोलीले विभिन्न बस्तिमा पुगेर कोरोना भाइरस विरुद्धको सचेतना मुलक सन्देशहरुलाई माइकीङ गरि जनचेतना... पुरा पढ्नुहोस

कोरोना आशंका गरिएका बागलुङका युवाको रिर्पोट नेगेटिभ

बागलुङ १३ चैत । कोरोना भाइरसको संक्रमण भएको आशंकामा धौलागिरी अञ्चल अस्पताल बागलुङको आइसोलेशन वार्डमा भर्ना गरिएका एक युवाको रिपोर्ट नेगेटिभ आएको छ । भारतको पटनाबाट आएका बागलुङ नगरपालिकाका ती बिरामीको कोरोना भाइरससँग मिल्दो लक्षण सहित अस्पताल पुगेपछि चिकित्सकले तत्कालै उनलाई आइसोलेशनमा राखिएको थियो । लगत्तै उनको थ्रोर्ट स्वाब निकालेर... पुरा पढ्नुहोस

मुस्ताङबाट १ सय २१ जना विदेशी पर्यटक काठमाण्डौ पठाइयो

म्याग्दी १३ चैत । कोरोना भाइरसको संक्रमण रोक्नका लागि नेपाल सरकारले देशलाई नै लकडाउन गरेसंगै मुस्ताङमा रोकिएका पर्यटकहरुको उद्धार गरिएको छ । अन्नपूर्ण चक्रिय पदमार्ग हूँदै हिमाल पारिको जिल्ला मुस्ताङमा पुगेका विभिन्न २१ मुलुकका १२१ जना पर्यटकहरुलाई उद्धार गरि काठमाण्डौ पठाईएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । तीन दिनको अवधिमा... पुरा पढ्नुहोस

गुर्जाका वडा अध्यक्षका अनुरोध : अहिलेलाई भ्रमणमा नआउनुहोस

बेनी, १३ चैत । लामो बिदाको समयमा म्याग्दीका विभिन्न पर्यटकीय स्थलमा आन्तरिक पर्यटकहरु भ्रमणमा आउने गर्छन् । घोडेपानी, पुनहिल, मोहरेडाडा, नागी, टिकोट, खोप्रा, रुइसे, टोड्के, गुर्जा, मुदी बगर, रुप्से, नारच्याङ, तातोपानी लगायत ठाउँहरु भ्रमणका लागि आन्तरिक पर्यटकहरुको रोजाइमा पर्छन् । सरकारले कोरोना संक्रमण रोकथामका लागि लकडाउन घोषणा गरेपछि सहरबजार र... पुरा पढ्नुहोस

म्याग्दी मिडिया सोसाइटीले वितरण ग¥यो स्यानीटाइजर

चैत १२ गते । म्याग्दी मिडिया सोसाइटीले जिल्लाका सञ्चारमाध्यमहरुलाई मंगलबार स्यानीटाइजर वितरण गरेको छ । बेनीमा कार्यालय सञ्चालन गरेका १० मिडिया हाउसलाई सेनिटाइजर वितरण गरेको हो । विश्व्वमा फैलिएको कोरोना भाइरसको जोखिमबाट जोगिन जिल्लामा रहेका १० वटा सञ्चारमाध्यमका कार्यालयमा कार्यरत पत्रकार तथा सञ्चारकर्मीहरुले प्रयोग गर्ने गरी स्यानीटाइजर वितरण गरेको सोसाइटीका... पुरा पढ्नुहोस

मंगला गाउँपालिकामा विदेशबाट आएका नागरिकको सूचना दिनेलाई नगद पुरस्कार

बेनी, १३ चैत । विश्वब्यापी महामारी बनेको कोरोना भाइरसको संक्रमणबाट जोगिन म्याग्दीको मंगला गाउँपालिकाले विदेशबाट आएका नागरिकहरुलाई होम क्वारेनटाइनमा बस्न आग्रह गरेको छ । कोरोनाको संक्रमण फैलिएको देशबाट आएका व्यक्तिहरुमा त्यसको संक्रमण हुनसक्ने भएकाले सम्बन्धित व्यक्तिले कम्तीमा दुई साता सम्म सजगता अपनाउनुपर्ने गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले बताउनुभयो । उहाँका अनुसार,... पुरा पढ्नुहोस