ताजा अपडेट

अर्थमन्त्री खतिवडाले दिए राजीनामा

काठमाडौ, १९ भदौ । अर्थ तथा सञ्चारमन्त्री डा. युवराज खतिवडाले राजीनामा दिएका छन्। शुक्रबार साँझ प्रधानमन्त्री केपी ओलीलाई राजीनामा दिएका हुन्। राष्ट्रियसभाको रिक्त एक पदमा नेकपा उपाध्यक्ष वामदेव गौतमलाई सिफारिस गर्ने निर्णय गरेपछि सरकार पुगेको प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् बैठकमा जानकारी गराएका थिए। तत्काल मन्त्रिपरिषद् पुनर्गठन हुँदैन : प्रधानमन्त्री ओली सत्तारुढ... पुरा पढ्नुहोस

‘असफल’ अर्थमन्त्री खतिवडा बाहिरिने

    अढाई वर्षपछि अर्थमन्त्रीको कुर्सीबाट डा। युवराज खतिवडा बाहिरिने भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले रुचाए पनि पार्टीभित्रको राजनीतिक सन्तुलन मिलाउन नसक्दा ओलीले खतिवडा जोगाउन सकेनन् । बिहीबार बसेको नेकपा सचिवालय बैठकले बर्दियाबाट संसदीय निर्वाचनमा पराजीत वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा पठाउने निर्णय गरेसँगै खतिवडाको ‘च्याप्टर क्लोज’ भएको हो... पुरा पढ्नुहोस

कोरोनाबाट ज्यान गुमाउने संख्या २७१ पुग्यो

काठमाडौं, १९ भदौ । पछिल्लो २४ घण्टामा कोरोनाभाइरसबाट थप १४ जनाले ज्यान गुमाएका छन् । शुक्रबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले थप १४ जनाको मृत्यु भएसँगै मृतकको कुल संख्या २७१ पुगेको जानकारी दिए । यस्तै पछिल्लो २४ घण्टामा देशभर थप १३ सय ५९ जनामा कोरोनाभाइरस संक्रमण... पुरा पढ्नुहोस

ढोरपाटन बाढी अपडेट : १२ को मृत्यु, ४२ बेपत्ता (नामावलीसहित)

बागलुङ, १८ भदाै । ढोरपाटन नगरपालिकाको भुजीखोलामा बुधबार राती आएको बाढीमा परेर मृत्यु हुनेको संख्या १२ पुगेको छ । बाढीमा परि बेपत्ता हुनेको संख्या ४२ जना पुगेको छ । जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार दिउँसो सम्ममा ४२ जना बेपत्ता भएको र यो संख्या अझै थपिन सक्ने देखिएको छ । बिहीबार... पुरा पढ्नुहोस

म्याग्दीमा पहिराे पीडितकाे स्थानान्तरणकाे यर्थाथ : पहिरो पीडित पहिरोमै फर्किए – (इन्साइड स्टाेरी)

म्याग्दी १८ भदौ । २०७२ सालको महाभूकम्पको कारण पहाडै भत्किएर पुरिएको म्याग्दीको रघुगंगा गाउँपालिका–२ र अन्नपूर्ण गाउँपालिका–८ बैँसरीका पहिरो पीडित पुनः पहिरोमै फर्किएका छन् । भूकम्पले चर्किएको काफलडाँडा नजिकैको पहाड सोही बर्षको जेठ १० गते खसेर भिषण पहिरो जाँदा बैँसरीका २७ घर पूर्ण रुपमा पुरिएका थिए । पहिरोको कारण बस्ती... पुरा पढ्नुहोस

बामदेवलाई राष्ट्रियसभामा लैजाने नेकपाको निर्णय

काठमाण्डौ १८ भदौ । नेकपा उपाध्यक्ष बामदेव गौतम राष्ट्रियसभामा लैजाने निर्णय भएको छ । बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष वामदेव गौतमलाई पार्टी निर्णयअनुरूप राष्ट्रिय सभामा लैजाने निर्णय भएको हो । बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले प्रधानमन्त्रीले राष्ट्रियसभाको रिक्त एक सदस्यमा गौतमलाई मनोनयन गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने... पुरा पढ्नुहोस

बागलुङमा भिषण बाढी : ४ को मृत्यु, दर्जन बढी मानिस बेपत्ता

म्याग्दी, १८ भदौ । बागलुङमा भिषण बाढीले ठुलो जनधनको क्षति पु¥याएको छ । भारी वर्षा सँगै जिल्लाको ढोरपाटन नगरपालिकाको भुजीखोलामा गए राति आएको बाढीका कारण ४ जनाको मृतु भएको छ भने १३ जना भन्दा बढी बेपत्ता भएको प्रारम्भिक रिपोट प्राप्त भएको छ । जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार ४ जनाको... पुरा पढ्नुहोस

अन्नपूर्णमा गाउँपालिकाकै नजिक ‘भिरकाटे महभिरमा कालिगण्डकीको अबैध’ दोहन

म्याग्दी १७ भदौ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित भिरकाटे महभिर खण्डको कालिगण्डकी नदीमा बालुवाको अबैध दोहन भएको छ । गाउँपालिकाको केन्द्र नजीकैको क्षेत्रमा लुकिछिपी मेसिन लगाएर बालुवा झिक्ने काम भएको हो । गाउँपालिकाले वालुवा उत्खनन्को लागि इआइए गरि ठेक्का लगाउने तयारी गरिरहेको अबस्थामा अबैध रुपमा ठुलो परिमाणमा बालुका उत्खनन भएको... पुरा पढ्नुहोस

कर्तव्य ज्यान मुद्दामा फरार रहेका ५ जना व्यक्तिहरु ११ बर्षपछि पक्राउ

म्याग्दी, १७ भदौ । कर्तव्य ज्यान मुद्दामा फरार रहेको ५ जना ब्यक्तिहरुलाई ११ बर्षपछि जिल्ला प्रहरी कार्यालय म्याग्दीले प्रक्राउ गरेको छ। २०६६ साल ११ महिना ११ गते म्याग्दीको ओखरबोटस्थित चिउरीबोटमा महाशिव रात्रीको अवसरमा आयोजित भलिबल खेलमा पराजित भएपछि बागलुङ तमाङका २१ बर्षिय नारायण छन्त्याल हत्या गर्ने उनीहरुलाई प्रक्राउ गरेको हो ।... पुरा पढ्नुहोस

शहरको कोरोना त्रासले नछोएको भेडीगोठको दैनिकी (फिचर)

कमल खत्री म्याग्दी १७ भदौ । अग्लो डाँडामाथिको समथर टापुमा गोठ बनाइको छ । गोठबाट धवलागिरि हिमाल आँखै अगाडी उभ्यिए जस्तै देखिन्छ । गोठ वरिपरिको हरियो बुकी भेडाबाख्राको बथानले सेताम्मे छ । बिगत दुई बर्षदेखि भेडापालनमा होमिएका हिमबहादुर छन्त्याल (देवान) यसै गोठलाई सम्हालेर बसेका छन् । यो दृष्य धवलागिरि आधार... पुरा पढ्नुहोस