कर्तव्य ज्यान मुद्दामा फरार रहेका ५ जना व्यक्तिहरु ११ बर्षपछि पक्राउ

  • १७ भाद्र २०७७, बुधबार
  • 705 पटक पढिएको

म्याग्दी, १७ भदौ । कर्तव्य ज्यान मुद्दामा फरार रहेको ५ जना ब्यक्तिहरुलाई ११ बर्षपछि जिल्ला प्रहरी कार्यालय म्याग्दीले प्रक्राउ गरेको छ। २०६६ साल ११ महिना ११ गते म्याग्दीको ओखरबोटस्थित चिउरीबोटमा महाशिव रात्रीको अवसरमा आयोजित भलिबल खेलमा पराजित भएपछि बागलुङ तमाङका २१ बर्षिय नारायण छन्त्याल हत्या गर्ने उनीहरुलाई प्रक्राउ गरेको हो ।

दार्जिङखोला युवा क्लव ओखरबोट म्याग्दीले आयोजना गरेको भलिबल खेल हारेपछी बागलुङ तमानका २१ बर्षिय नारायण छन्त्याललाई हत्या गरी फरार रहेका उनीहरुलाई जिल्ला अदालते दोषी ठहर गरेको थियो । अदालतले सजाय तोकेर फरार रहेका मालिका गाउँपालिका– ४ का २८ बर्षिय बलमान घर्ती २९ बर्षिय तिर्थेन्द्र घर्ती मगर, ३३ बर्षिय जिवन घर्ती मगरलाई २० बर्ष र २६ बर्षिय दुर्गा बहादुर घर्ती र २७ बर्षिय दल प्रसाद पुनलाई १० बर्ष कैद सजाय रहेका उनीहरुलाई कास्की जिल्लास्थित पोखरामा लुकेर रहेको अवस्थामा प्रक्राउ गरेको हो ।

पक्राउन परेका उनीहरुलाई जिल्ला अदालतको आदेशअनुसार बुधबारदेखि कैद भुक्तानको लागि जिल्ला कारागार म्याग्दीमा चलान गरेको छ । प्रहरीले पछिल्लो दुई महिनामा अदालतले दोषी ठहर गरेर फरार रहेका १९ जनालाई पक्राउ गरेको छ ।